Advertisement
Advertisement
Advertisement
Advertisement

टोंगामा महिला नेतृत्व प्रवर्द्धनका लागि अस्ट्रेलियाको नयाँ पहल

  |      14:05:00   |  
web image
web image

भदौ ४ , काठमाडौं । अस्ट्रेलियाकी लैंगिक समानता राजदूत मिशेल ओ’बर्नले टोंगामा महिला नेतृत्व र लैंगिक समानता प्रवर्द्धनका लागि पाँचदिने भ्रमण सुरु गरेकी छन्। उनी अगस्ट १८ देखि २२ सम्म टोंगाको भाभाउ र टोंगाटापुमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदैछिन्।
अस्ट्रेलियाली उच्च आयोगका अनुसार भ्रमणको मुख्य उद्देश्य महिला नेतृत्व, सामाजिक समावेशीकरण र समानताका क्षेत्रमा टोंगा–अस्ट्रेलिया सहकार्यलाई थप मजबुत बनाउनु हो।
भ्रमणका क्रममा ओ’बर्नले महिला नेतृ, नागरिक समाज, युवा, अस्ट्रेलिया अवार्डका पूर्वविद्यार्थी तथा सरकारी प्रतिनिधिसँग भेटघाट गर्नेछिन्। भाभाउमा उनले महिला फोना समितिसँग छलफल गर्नुका साथै नागरिक शिक्षा कार्यक्रमको शुभारम्भमा सहभागी हुने कार्यक्रम छ।
टोंगाटापुमा वर्तमान तथा भावी महिला नेतृ, पूर्वराजनीतिक उम्मेदवार र विद्यार्थीहरूसँग अन्तरक्रिया गरिनेछ। साथै महिला नेतृत्व, अपांगता समावेशीकरण र सामाजिक समावेशिताका विषयमा काम गरिरहेका संस्थासँग पनि छलफल हुनेछ।
ओ’बर्नले महिला, शान्ति तथा सुरक्षासम्बन्धी छलफलमा टोंगा प्रहरी, टोंगा सशस्त्र बल र नागरिक समाजका प्रतिनिधिसँग समेत सहभागिता जनाउनेछिन्।
भ्रमणको अन्त्यमा आयोजना हुने कार्यक्रममा टोंगामा स्थानीय नेतृत्वमा हुने विकास कार्यक्रमलाई सहयोग गर्ने नयाँ अस्ट्रेलियाली लगानी घोषणा गरिने जनाइएको छ।
ओ’बर्नले टोंगाली महिला तथा नेतृबाट सिक्दै महिला अधिकार, समानता र समावेशीकरणलाई बलियो बनाउन अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने बताएकी छन्। उनी सन् २०२५ मा अस्ट्रेलियाकी लैंगिक समानता राजदूत नियुक्त भएकी हुन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement