web image
साउन २७ ,काठमाडौं । दिल्ली उच्च अदालतले बलिउड अभिनेत्री जाह्नवी कपुरसँग सम्बन्धित इन्टरनेटमा रहेका अश्लील तथा पोर्नोग्राफिक सामग्री हटाउन आदेश दिएको छ। तर अदालतले उनको नाममा सञ्चालित सबै फ्यान पेज वा अनधिकृत सामग्री हटाउन भने दबिलपभत आदेश दिन अस्वीकार गरेको छ।
अदालतले सार्वजनिक व्यक्तित्वको व्यक्तिगत अधिकारको संरक्षण आवश्यक भए पनि त्यसलाई अभिव्यक्ति स्वतन्त्रता सीमित गर्ने गरी प्रयोग गर्न नहुने स्पष्ट गरेको छ।
न्यायाधीश अनुप जयराम भम्भानीले कपुरले ५ हजारभन्दा बढी वेबपेज तथा सामाजिक सञ्जाल पोस्टविरुद्ध उजुरी गरेको मुद्दा सुनुवाइ गर्दै अश्लील सामग्रीको स्पष्ट सूची बनाएर मात्र तत्काल हटाउने माग गर्न निर्देशन दिएका छन्।
अदालतले फ्यान पेज बन्द गर्ने माग अस्वीकार गर्दै कलाकारको कामको प्रशंसा वा आलोचना गर्ने सामग्री इन्टरनेटमा अभिव्यक्ति स्वतन्त्रताको दायरामा पर्न सक्ने जनाएको छ।
सुनुवाइका क्रममा अदालतले व्यक्तित्व अधिकार र प्रतिलिपि अधिकारबीचको सीमारेखाबारे पनि प्रश्न उठाएको छ। कुनै कलाकारको तस्बिर प्रयोग गरी सिर्जना गरिएको फोटो, कला वा अन्य सामग्री बिक्री हुँदैमा त्यसलाई स्वतः व्यक्तित्व अधिकारको उल्लंघन मान्न नसकिने अदालतको धारणा छ।
मेटाले पनि हजारौँ विवादित लिंक आफैं जाँचेर हटाउनुपर्ने माग व्यावहारिक रूपमा कठिन हुने तर्क गरेको छ। अदालतले भने सामाजिक सञ्जाल कम्पनीहरूले आफ्नो कानुनी सीमाभित्र रहेर तटस्थ मध्यस्थको भूमिका निर्वाह गर्नुपर्ने बताएको छ।
मुद्दाको अर्को सुनुवाइ अगस्ट १७ मा हुने भएको छ।
Share this with your friends: