Advertisement
Advertisement
Advertisement
Advertisement

चिसोयाममा छालाको स्याहार कसरी गर्ने ?

  |      13:33:00   |  
व्युटीसियन सोनु श्रेष्ठ
व्युटीसियन सोनु श्रेष्ठ

मङ्सिर ११, काठमाडौं । जाडोमा छालामा बढी सुख्खापन देखापर्छ । यस्तो अवस्थामा विभिन्न समस्या सिर्जना हुन्छन् । चिसोमा छालाको चमकमा कमी देखिन्छ । छाला रुखो, ज्यान नभएको, निस्तेज र कान्तिहीन मात्र हुँदैन यसले आफ्नो आकर्षणसमेत गुमाउँछ । त्यसैले चिसो मौसमको सुरुमै सावधानी अपनाउन सक्यौं भने यसको प्रभावबाट जोगिन सकिन्छ र आफ्नो प्रभावकारी व्यक्तित्वलाई पनि यथावत् राख्न सहयोग पुर्‍याउँछ । चिसा मौसममा छालालाई विशेष सुरक्षा दिनु आवश्यक हुन्छ । नयाँ बानेश्वरस्थित आयना व्युटीपालर एण्ड ट्रेनिङ सेन्टरकी व्युटीसियन सोनु श्रेष्ठसँगको कुराकानीमा आधारित जानकारी । 


जाडोमा ओठ तथा अनुहारको छाला फुट्ने, कुर्कुच्चा फुट्ने, हातखुट्टा फुट्ने आदि समस्याले धेरैलाई सताउँछ । यस्ता समस्याबाट जोगिने विभिन्न उपाय छन् ।


के गर्ने ?

अनुहार र शरीरमा नियमित रूपमा उपयुक्त र गुणस्तरयुक्त क्रिम र मोइस्चराइजर लगाउनुपर्छ । नरमपन छालाको रक्षाकवच हो । पहिले गाउँघरमा चिसोयाममा नुहाउनुअघि जीउमा तेलले मालिस गर्ने सल्लाह दिने गरिन्थ्यो । हाल नुहाएपछि भने बडी आयल लगाउन बिर्सनुहुन्न । विज्ञहरुका  अनुसार नुहाएको तीन मिनेटभित्रै शरीरमा मोइस्चराइजर लगाउनुपर्छ । यसो गर्दा छालामा भएको पानीलाई मोइस्चराइजरले सुक्न दिँदैन ।

 

यस्तै, नुहाएपछि भने तौलियाले जीउ कस्सेर पुछ्नु हुन्न । यसले गर्दा छालाको नरमपन र प्राकृतिक तेल दुवै बाहिर निस्किन्छ । बढी तातो पानीले नुहाउँदा छाला अझ बढी सुख्खा हुने गरेको छ । तातो पानीले छालाको प्राकृतिक तेललाई विस्थापन गर्छ । यसैले मनतातो पानीले कम समय अर्थात् पाँचदेखि १० मिनेटमै नुहाइसक्नुपर्छ । नुहाउने क्रममा बढी समय तातो पानीमा बिताउनाले शरीरमा सुख्खापन बढ्न जान्छ । बाथरुम बन्द गरेर नुहाउँदा यसले शरीरलाई चाहिने आद्रतालाई जोगाएर राख्छ ।

 

यस्तै, साबुनले छाला रुखो हुने भएको नरम प्रकृतिको साबुन प्रयोग गर्नुपर्छ । चिसोयाममा साबुनको कम प्रयोग गर्नुपर्छ । साबुनको सट्टा फेसवास, बडी वास वा सावर जेल राम्रो मानिन्छ । बास्नायुक्त साबुन वा यस्ता उत्पादनको प्रयोग नगर्नुस् । यस्ता उत्पादनमा रसायनको मात्रा बढी हुन्छ । यस्तो साबुन लगाउनुस् जसमा न्युट्रल पीएच भ्याल्यु होस् ।

 

अनुहारलाई हातले हल्कासँग सफा गर्नुस् । चिसोयाममा छालाको मृत कोषलाई हटाउनका लागि बलपूर्वक छिटोछिटो नदल्नुस् । मुख्यतः रुखो छाला भएकाहरूले यसो गर्नु हुँदैन । यसो गर्दा अनुहारमा छिट्टै चाउरीपन देखिन्छ ।

 

छालाको स्याहारसँगै खुट्टा र हातको स्याहार पनि त्यत्तिकै आवश्यक छ । समयसमयमा हातको सफाइ अर्थात् मेनिक्योर र खुट्टाको सफाइ अर्थात् पेडिक्योर गर्नुपर्छ । छालासँगै टाँस्सिने गरी ऊनजन्य कपडा लगाउनु हुँदैन । पहिले सुती कपडाको गन्जी जस्तो लुगा लगाएर मात्र ऊनका कपडा लगाउनुपर्छ।


घरेलु उपाय 

  • दूधको तरमा मह मिसाएर राति सुत्नुअघि ओठमा लगाउँदा फुटेको ओठ ठीक हुन्छ । 
  • दिनभरिको कामको थकानपछि बेलुका मनतातो पानीमा खुट्टा डुबाएर केहीबेरपछि सफा टाबलले पुछ्ने । सुख्खा भएपछि ग्लिसरिनले हल्का मसाज गर्ने । यसो गर्दा कुर्कुच्चा फुट्दैन ।
  • राति सुत्नुअघि हातखुट्टा धोएर ग्लिसरिनमा कागतीको रस मिसाएर लगाउँदा खुट्टा फुटेको बिसेक हुन्छ ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement