Advertisement
Advertisement
Advertisement
Advertisement

गर्भवती र स्तनपान गराइरहेका महिलालाई तत्काल कोरोना खोप लगाउन माग

  |      12:59:00   |  
web image
web image

साउन ४, काठमाडौं । निजामती सेवामा कार्यरत अनामनगरकी कमला खत्री कोरोनाविरुद्धको खोप लगाउने कि नलगाउने भन्नेबारे अन्योलमा छिन् । तीन महिनाकी छोरीलाई स्तनपान गराउँदै आएकाले पनि खोप लगाउँदा कतै छोरीलाई असर पर्ने त होइन भनेर उनी अन्योलमा परेकी हुन् ।

उनी कार्यरत कार्यालयमा प्रायः सबैले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । उनलाई कोरोनाविरुद्धको खोप लगाउने इच्छा भएर पनि काखे छोरीका कारण असमञ्जसमा परेकी हुन् ।

कमला एक प्रतिनिधि पात्रमात्र हुन्, उनीजस्तै स्तनपान गराउने धेरै आमाहरू खोप नलगाइकन जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका छन् ।

सरकारले प्राथमिकताका आधारमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्दै आएको छ । तर, गर्भवती तथा स्तनपान गराइरहेका महिलालाई खोपको प्राथमिकतामा राखिएको छैन । तत्काल सन्तान जन्माउने योजना बनाएका महिलाहरूले समेत कोरोनाविरुद्धको खोप नलगाएको पाइएको चिकित्सकहरू बताउँछन् ।

जोखिम समूह तथा प्राथमिकताको आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप अभियान सञ्चालन गरे पनि उच्च जोखिममा रहेका गर्भवती, सुत्केरी, तथा तत्काल परिवार विस्तारको योजना बनाएका महिलाहरू खोप लगाउनबाट वञ्चित भएको स्त्रीरोग विशेषज्ञहरूको भनाइ छ ।

कतिपय देशले स्तनपान गराइरहेका आमा र गर्भवतीलाई समेत खोप अभियानमा सहभागी गराएका छन् । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी निर्देशक डा. सङ्गीता मिश्र गर्भवती महिला जोखिम समूहमा पर्ने भएकाले उनीहरूलाई खोपको व्यवस्था मिलाउन अति आवश्यक रहेको बताउँछिन् ।

नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज नेपाल (नेसोग)ले गर्भवती र स्तनपान गराइरहेका महिलाहरूलाई पनि तत्काल कोरोना खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

नेपालमा पछिल्लो समय गर्भवती महिलाहरूमा समेत कोरोना सङ्क्रमणले गम्भीर असर गरिरहेको दाबी गर्दै नेसोगले तत्काल कोरोना खोप उपलब्ध गराउन माग गरेको हो ।

स्त्री रोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदी गर्भवती महिलाहरूलाई कोरोनाविरुद्धको खोप लगाउनेबारे कुनै निर्देशिका नबनाइए पनि विभिन्न रूपमा गरिएका स—साना अध्ययनहरूले गर्भवती महिलाले खोप प्रयोग गर्न सक्ने देखाएको बताउँछन् ।

हालसम्म गरिएका अध्ययनहरूले कोरोना खोपले गर्भमा रहेका शिशुलाई कुनै असर नगर्ने नदेखिएकाले गर्भवतीका लागि समेत सरकारले खोपको व्यवस्था मिलाउनु पर्ने उनको भनाइ छ ।

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले पनि अन्तर्राष्ट्रिय स्तरमा यसबारे ठुलो अध्ययन नभए पनि हालसम्म गरिएका अध्ययनहरूले खोपले गर्भमा रहेको शिशुलाई कुनै असर नगर्ने देखाएको बताए ।

कोरोना सङ्क्रमणको जोखिममा सबै उमेर समूहका नागरिक परेझैँ गर्भवती, स्तनपान गराइरहेका आमा, तत्काल परिवार विस्तारको योजना बनाएका महिला पनि उच्च जोखिममा रहेको भन्दै उनले त्यस्ता महिलालाई पनि कोरोनाविरुद्धको खोप दिन उपयुक्त हुने बताए ।

आजको दिनसम्म उपलब्ध भएका कोरोनाविरुद्धको खोप गर्भवती, स्तनपान गराइरहेका महिलाहरूले समेत लगाउन मिल्ने विभिन्न अध्ययनहरूले देखाएको डा. पुन बताउँछन् ।

भारत, अमेरिका र बेलायतमा पनि प्रसूति सम्बन्धी चिकित्सकहरूका विभिन्न संस्थाले गर्भवती महिलालाई खोप दिन माग गर्दै आएका छन् । गर्भवती महिलाहरूको जीवन रक्षाका लागि खोप अपरिहार्य रहेकोले उनीहरूलाई खोपको प्राथमिकतामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरूले माग गर्दै आएका छन् ।

- रातोपाटी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement