Advertisement
Advertisement
Advertisement
Advertisement

गरिमा हत्या प्रकरणमा आक्रोश, दोषीमाथि कारबाही माग्दै सिमरामा सडक अवरुद्ध

  |      12:51:00   |  
web image
web image

भदौ ४ , काठमाडौं । बाराको सिमरामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयले प्रदर्शन गर्दै वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध गरेका छन्। बुधबार दिउँसोदेखि सुरु भएको सडक अवरोध बिहीबार पनि जारी छ।
जीतपुर–सिमरा उपमहानगरपालिका–१ की गरिमाको शव मंगलबार साँझ फेला परेको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। तर बालिका हराएको जानकारी समयमै गराउँदा पनि प्रहरीले खोजीमा प्रभावकारी पहल नगरेको भन्दै स्थानीयले प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाएका छन्।
परिवारले यसअघि नै केही व्यक्तिको नाम उल्लेख गरेर प्रहरीमा उजुरी दिएको भए पनि उनीहरूमाथि तत्काल अनुसन्धान नगरिएको प्रदर्शनकारीको आरोप छ। उनीहरूले बालिकाको खोजीमा तीन दिनसम्म प्रभावकारी पहल नभएको दाबी गरेका छन्।
प्रदर्शनकारीले घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने र इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप क्षेत्रीलाई निलम्बन गर्नुपर्ने माग राखेका छन्।
सडक खुलाउने विषयमा बुधबार स्थानीय प्रशासन र प्रदर्शनकारीबीच पटक–पटक वार्ता भए पनि सहमति जुट्न सकेन। बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले डीएसपी निलम्बनको माग स्थानीय प्रशासनको अधिकार क्षेत्रभन्दा बाहिर रहेको बताएका छन्।
प्रहरीको भूमिकाको छानबिन, घटनामा दोषीमाथि कारबाही र जिम्मेवार अधिकारीमाथि जवाफदेहिता सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने प्रदर्शनकारीले बताएका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement