Advertisement
Advertisement
Advertisement
Advertisement

खोटाङको दिक्तेलमा छात्रालाई निःशुल्क सेनेटरी प्याड

  |      16:26:00   |  
खोटाङको दिक्तेलमा छात्रालाई निःशुल्क सेनेटरी प्याड

चैत २, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण सुरु गरेको छ । महिनावारी भएको अवस्थामा विद्यालय छाड्न बाध्य किशोरीलाई ध्यानमा राखेर नगरपालिकाले ८ देखी १० कक्षामा अध्ययनरत छात्रालाई निःशुल्क सेनेठरी प्याड उपलब्ध गराउन सुरु गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – ६ नेर्पास्थित कालिका माविबाट छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण सुरु गरिएको हो । नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर विणादेवी राईले कालिका माविका छात्रालाई सेनेटरी प्याड वितरण गर्दै अभियानको सुरु गरेका हुन् । 

१५ वटा वडा रहेको नगरपालिकाले २१ वटा मावि र १४ वटा आधारभुत विद्यालयमा पढ्ने ३ हजार ३ सय १० छात्रालाई सेनेटरी प्याड वितरण गरिने नगरपालिकाले जनाएको छ । सम्बन्धित विद्यालयका सम्पर्क व्यतिmको रुपमा शिक्षिकालाई सेनेटरी प्याड वितरण, भण्डारण, डिस्पोजलगायतका अभिमुखीकरण तालिम दिएपछि प्याड वितरण सुरु गरिएको हो।

महिनावारी भएको समयमा पनि किशोरीले नियमित विद्यालयमा पुगेर पढ्न सहज होस् भन्ने उद्घेश्यले विद्यालयमै प्याडको व्यवस्था गरिएको नगरपालिकाका शिक्षिा शाखा संयोजक तिर्थ विश्वकर्माले बताए । नगरपालिकाको २९ लाख बजेटमध्येबाट पहिलो चरणमा १६ लाखको सेनेटरी प्याड खरीद गरिएको र बाँकी बजेटको पनि प्याड खरिद गरिने नगरपालिकाले जनाएको छ । 

गाउँघरमा महिनावारी भएको समयमा कतिपय किशोरी ३र४ दिनसम्म विद्यालय नआउने, आए पनि कक्षामा पछाडी बस्ने, लजाउने,अन्ततः कक्षा नै छाडेर घर जाने समस्या रहँदै आएको छ । महिनावारी भएको समयमा सेनेटरी प्याडकै अभावमा कक्षा छाड्न बाध्य छात्रालाई विद्यालयमा नियमित उपस्थित हुने वातावरण निर्माणका लागि निःशुल्क प्याड वितरण सुरु गरिएको उपमेयर राईले बताइन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement