Advertisement
Advertisement
Advertisement
Advertisement

कुवेतमा बन्धक बनाइएकी नेपाली महिलाको उद्धार, ‘एक दिनमा एक टुक्रा रोटी मात्रै दिइन्थ्यो’

  |      11:24:00   |  
web image
web image

भदौ ४ , काठमाडौं । राम्रो रोजगारी र आम्दानीको आशामा कुवेत पुगेकी ३६ वर्षीया नेपाली महिला बन्धकजस्तै अवस्थामा परेपछि उद्धार गरी नेपाल फर्काइएको छ। बागमती नाम परिवर्तन गरिएकी ती महिलाले आफूलाई कुवेतमा करिब १८–१९ दिनसम्म बन्द कोठामा राखिएको, पर्याप्त खाना र पानी नदिइएको तथा काम गर्न दबाब दिइएको बताएकी छन्।
गाउँ र आफन्तमार्फत चिनजान भएका व्यक्तिमाथि विश्वास गरेर उनी कुवेत गएकी थिइन्। काठमाडौंमा मेडिकल परीक्षण गराएपछि उनलाई श्रम स्वीकृति र म्यानपावर प्रक्रियाबिना नै पठाइएको थियो। उनलाई राम्रो काम र तलब हुने आश्वासन दिइएको थियो।
कुवेत पुगेपछि सुरुका करिब १६ दिन एउटा घरमा सरसफाइ र कपडा इस्त्री गर्ने काम गरिन्। त्यसपछि उनलाई अर्को घरमा लगियो, जहाँ काम निकै कठिन भएको उनले बताइन्। करिब ५० डिग्री सेल्सियस तापक्रममा बाहिर सामान बोक्नुपर्ने, खाना र आराम गर्ने उचित समयसमेत नपाउने अवस्था आएको उनको भनाइ छ।
स्वास्थ्य बिग्रिएपछि काम गर्न नसक्ने बताएपछि उनलाई अर्को स्थानमा लगिएको थियो। त्यहाँ उनलाई बन्द कोठामा राखिएको र १८–१९ दिनसम्म दिनमा एकपटक मात्र एउटा रोटी तथा बिग्रिएको खाना दिने गरेको उनले बताइन्। पानीमा समेत किरा भेटिने गरेको र बिरामी हुँदा तातो पानीसमेत नदिइएको उनको दाबी छ।
मोबाइल फोन खोसिएपछि परिवारसँग सम्पर्क गर्न नसकेकी उनले मौका पाएपछि गोप्य रूपमा भाइलाई सन्देश पठाएर उद्धारका लागि आग्रह गरिन्। भाइले सरकारी निकायसँग सम्पर्क गरेपछि राष्ट्रिय अनुसन्धान विभागलगायतका निकायको सहयोगमा उनको अवस्था पत्ता लगाइएको थियो।
उनीहरूलाई नियमित वैदेशिक रोजगारी प्रक्रियाबाट नभई भिजिट भिसामार्फत कुवेत पठाइएको खुलेको थियो। उद्धारका क्रममा एजेन्टले रकम मागेको र सरकारी निकायको सक्रियतापछि उनलाई नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको परिवारले जनाएको छ।
नेपाल फर्किनुअघि कुवेतमा आफूलाई राम्रो खाना र व्यवहार गरिएको भन्दै झुटो भिडियो बनाउनसमेत दबाब दिइएको बागमतीको आरोप छ। उनले आफूलाई नेपाल फर्कन नदिने डर देखाएर त्यस्तो भिडियो बनाउन बाध्य पारिएको बताएकी छन्।
नेपाल फर्किएपछि उनले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कागजात, भिसा, रोजगारदाता र कामको प्रकृति राम्रोसँग जाँच गर्न तथा चिनजानकै व्यक्तिमाथि मात्र विश्वास नगर्न आग्रह गरेकी छन्। उनले विशेषगरी भिजिट भिसामा रोजगारीका लागि विदेश नजान सुझाव दिएकी छन्।
उनको घटनाले वैदेशिक रोजगारीका नाममा नेपाली महिलालाई हुन सक्ने मानव बेचबिखन, श्रम शोषण र बन्धक बनाउने जोखिमबारे पुनः प्रश्न उठाएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement