साउन ३२, काठमाडौं । दाङमा कुलोमा बगेर एक बालकको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका १२ ज्यामिरे खोलाका आइतराम बुढाथोकीका ५ वर्षीय छोरा आकाशको घर नजिकैको कुलोमा बगेर मृत्यु भएको हो ।
मंगलबार राति नौ बजेतिर बगेका बालकको शव घरदेखि तीन किलोमिटर तल कुलोमा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए ।