Advertisement
Advertisement
Advertisement
Advertisement

ओलम्पिकमा चार महिलासहित पाँच सहभागी हुँदै

  |      16:55:00   |  
ओलम्पिकमा चार महिलासहित पाँच सहभागी हुँदै

असार २३, । जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२ औँ गृष्मकालीन ओलम्पिक प्रतियोगितामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फहराउने अवसर प्राप्त भएको छ । खेलकूद क्षेत्रको विश्वकै सबैभन्दा ठूलो कुम्भ मेलाका रूपमा रहेको ओलम्पिकमा यस पटक सुटिङ विधाकी कल्पना परियार, एथ्लेटिक्सका सरस्वती चौधरी, पौडीमा गौरीका सिंह र अलेक्सजङ्ग शाह  र जुुडोमा सोनिया भट्टले यस पटक नेपालको प्रतिनिधित्व गर्नेछन् ।
नेपालको अनुरोधमा आ–आफ्नो खेल विधामा पुर्याउनुभएको योगदानका आधारमा उनीहरू पाँचैजना वाइल्ड कार्डमार्फत छनोटमा परेका हुन् । छनोट हुनेमध्ये १० मिटर एयर राइफलकी अब्बल परियार र १०० मिटर एथेलेटिक्समा राष्ट्रिय कीर्तिमानधारी चौधरी नेपाली सेनाका खेलाडी हुन् ।

सेनाद्वारा खेलाडी सम्मान

सैनिक मुख्यालय जङ्गी अड्डाले ओलम्पिकका लागि छनोट भएका विभागीय टिम त्रिभुवन आर्मी क्लबका खेलाडीको सम्मानमा आज बधाई तथा शुभकामना कार्यक्रम गर्यो । प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यक्रममा ती दुवै खेलाडीलाई सम्मान स्वरुप खेल सामग्रीसहितको झोला हस्तान्तरण गरे ।

सो अवसरमा प्रधानसेनापति थापाले मुलुकको खेलकूद क्षेत्रको विकासमा सेनाले गौरव गर्न लायक रूपमा दिँदै आएको योगदान र निरन्तरका आधारमा हालसम्म सङ्गठनका २४ खेलाडीले  ओलम्पिकमा आफ्नो कौशल प्रस्तुत गर्न सफल भएको बताए ।

उनले भने, “ओलम्पिकमा सहभागी हुन पाउनु सेना र राष्ट्रका लागि महत्वपूर्ण अवसर हो । सैनिक खेलाडीलाई खेलविधामार्फत नेपाल र नेपालीको प्रतिष्ठा बढाउने अवसर प्राप्त भएको छ ।” जापानको टोकियोमै आजभन्दा ५६ वर्षअघि अर्थात् सन् १९६४ मा भएको ओलम्पिकमा नेपालले पहिलो पटक सहभागिताको मौका पाएको थियो ।  

उक्त ओलम्पिकमा भूपेन्द्र सिलवालले म्याराथनमा भाग लिएका थिए । पहिलो प्रवेशको करीब ५६ वर्षपछि  टोकियोमा नेपाली खेलाडीलाई चार खेल विधामा मैदानमा उत्रने अवसर मिलेको छ । संसारकै सबैभन्दा ठूलो खेलकूद कुम्भ मेलामा सहभागिता पाउनु नै पनि राष्ट्रका लागि ठूला प्रतिष्ठा हो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेल क्षेत्रमा लागेका सबैको सपनाका रुपमा रहेको ओलम्पिकमा छनोट हुन पाउनु खेलाडीका लागि निकै ठूलो गौरवको विषय भएको बताए ।    उनले भने, “ओलम्पिकका लागि १२ जना प्रशिक्षार्थीलाई छात्रवृत्ति प्रदान गरेकामा पाँचजना ‘वाइल्डकार्ड’ मार्फत छनोटमा पर्न सफल भएका छन् ।

नेपाल खेलकूद परिषद्का सदस्यसचिव रमेश सिलवालले सहभागिताको दृष्टिकोणबाट दीपक विष्ट र सङ्गीना वैद्यको प्रतिस्पर्धाका आधारमा भए पनि अरू बेला वाइल्डकार्ड मार्फत प्रतिनिधित्व हुँदै आएको बताए । उनले भने, “विगतमा पौडी र एथेलेटिक्समा दुई–दुईजना खेलाडीको अनिवार्य गरेकामा यस पटक भने एथेलेटिक्समा एकजना कटाएको छ, अरू खेलमा हाम्रो प्रदर्शन र ओलम्पिकको खाली रहेको ठाउँमा चार विधामा पाँच खेलाडी पठाउने अवसर पाएका छौं ।”

नेपाली सेना सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख  शशीकिरण रायमाझीले सेनामा खेलकुदका लागि संस्थापक रुपमा त्रिभुवन आर्मी क्लब स्थापनाबाट शुरु भएपछि तल्लो तहबाट खेलाडी छनोट गरी प्रतियोगिता सञ्चालन गर्दै आएको आधार र निरन्तरताले हाम्रा खेलाडी ओलम्पिक छनोटमा योग्य ठहरिनु निकै खुशीको क्षण भएको प्रतिक्रिया दिए ।

त्रिभुवन आर्मी क्लब मुलुकको खेलकूद क्षेत्रका च्याम्पियन विभागीय टिम हो । नेपालका तर्फबाट सहभागी पाँचमध्ये चार अर्थात् ८० प्रतिशत महिला खेलाडी हुन् । परिषद् र ओलम्पिक कमिटीले पहिलोपटक यस पटक खेलाडीलाई उत्साह र राम्रो प्रदर्शनी होस् भनेर पाँचतारे होटेलमा राखेर प्रशिक्षण दिइएको छ । 
- रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement