Advertisement
Advertisement
Advertisement
Advertisement

एमिली एटाक : के नग्न तस्बिर र अश्लील सन्देश प्राप्त हुनुमा मेरो दोष छ ?

  |      14:31:00   |  
web image
web image

फागुन २, काठमाडौं । चर्चित ब्रिटिश टेलिभिजन प्रस्तोता एमिली एटाकलाई दैनिक जसो सयौँ नग्न तस्बिर र अश्लील सन्देश आउँछन्।

पुरुषलाई के कुराले यस्तो गर्न प्रेरित गर्छ र के गरेर त्यसलाई रोक्न सकिन्छ भन्ने प्रश्न उनले सोधिरहेकी छन्। 

 

'हरेक बिहान जब म उठ्छु, मैले नचाहेरै कुनै पुरुषको नग्न तस्बिर देख्न पर्छ।'

अभिनेत्री, प्रस्तोता र हास्य व्यङ्ग्यकार एमिली एटाक (३३) लाई दैनिक सयौँ पटक नग्न तस्बिरहरू देख्न बाध्य पारिन्छ- तर सडकमा होइन अनलाइनमा। 

 

"यो अपमानको उच्चतम रूप हो," उनी भन्छिन्। 

"यो उनीहरूका निम्ति जाने अन्तिम ठाउँ हो, मलाई लाग्छ तिनीहरू ठान्छन् की "तिमी सहज पहुँचमा छौ र यसका लागि तयार छौु।"

 

यस विषयमा बीबीसीका लागि वृत्तचित्र बनाएकी एमिलीले आफ्ना सामाजिक सञ्जालहका एकाउन्टहरूमा वर्षौँदेखि यस्ता सन्देशहरू पाइन्। 

तर कोभिड महामारीका बेला यस्ता गतिविधि झन् चर्का भए  र यौनिक रूपमा थप आक्रामक देखिन थाले।  

 

"मलाई यस कुराले विस्तारै-विस्तारै कमजोर बनाइरहे जस्तो अनुभव हुन थाल्यो," उनी भन्छिन्। 

शार्लट हिन्चक्लिफका रूपमा टेलिभिजनमा देखिँदा उनी १७ वर्षकी थिइन्। 

उनी चर्चित च्यानल फोर टेलिभिजनको नवयुवायुवतीहरूको विषयवस्तुमा केन्द्रित कमेडी 'द इनबिट्विनर्सु मा प्रस्तुत हुन्थिन्। 

 

'उनी विद्यालयकी चर्चित युवती थिइन्,' एमिलीले भनिन्। 'तर खास कुरा के हो भने उनी आख्यानकी पात्र हुन्, तर स्वाभाविक रूपमा मैले उक्त भूमिका निर्वाह गर्ने हुँदा मानिसहरूले त्यसलाई मसँगै जोडेर हेर्ने भए।'

दोषी भाव

किशोरावस्थाको सुरुवाती उमेरदेखि नै केही पुरुषहरूबाट अनावश्यक चासो पाउने गरेको एमिली बताउँछिन्। 


उनको सुरक्षाका लागि प्रियजनहरूले एमिलीलाई केही व्यवहारहरू नै परिवर्तन गर्न सुझाउँथे। जस्तो, शृङ्गार नगर्न वा विद्यालयमा स्कर्ट नलगाउन।

'तपाईँलाई माया गर्नेहरूले स्थितिलाई नियन्त्रणमा लिन सक्नु भनेको तपाईँलाई परिवर्तन गरेर नै हो भन्ने हुन्छ,' उनले भनिन्। 

 

'त्यसले अन्यत्रै लैजान्छ, त्यसैले मैले आफैभित्र हेर्न थालेँ। त्यसकै कारण पूरा जीवन मैले आफूलाई मात्र दोष दिइरहेँ।'
एमिलीले आफ्नो वयस्क जीवनसम्मै यस 'आत्मदोषको भावु बोकिन्।  

 

'म सार्वजनिक रूपमा प्रस्तुत हुन डराउँछु किनकि मैले इन्स्टाग्राममा बिकिनी लगाएको तस्बिरहरू राखेकी छु, म मेरो कार्यक्रममा यौनका कुरा गर्छु र म निकै मुखर र जिस्कने खालकी छु,' उनले भनिन्। 

'मानिसहरूले भन्नेछन्, 'तर तपाईँले नकारात्मक आकर्षण खोजिरहनु भएको छ, तपाईँले के आशा गर्नुहुन्छ ?

त्यस्ता सन्देशहरूका हकमा एमिलीले सधैँ हास्य भावलाई आफ्नो रक्षात्मक शैलीका रूपमा प्रयोग गरेकी छन्। 

 

तर उनले अब त्यो मजाक गर्ने विषय नभएको बताएकी छन्। 

'यदि हामीले अब यसको गम्भीर पक्षमा गएर हेर्‍यौँ भने किशोरीहरूले इन्स्टाग्राममा यस्तो सन्देश पाइरहेका छन्,' उनले भनिन्। 

 

'यदि उनी हाम्री छोरी वा भान्जीरभतिजी भएको भए के हुन्थ्योरु ठट्टा सकिएपछि यो गर्नुपर्ने गम्भीर छलफल हो।'

 

सन् २०२० को एक अध्ययनका अनुसार १२ देखि १८ वर्ष बीचका ७६ प्रतिशत किशोरीहरूलाई उनीहरूको चाहनाबिनै केटा वा केटीका नग्न तस्बिरहरू पठाइन्छ। 

 

जब एमिलीले माध्यमिक तहका किशोरीहरूसँग कुरा गरिन् ती सबैले अनलाइनमा त्यस्ता तस्बिरहरू पाउने गरेको थाहा पाएर अचम्मित भइन्।  

 

उनले भनिन्, 'मलाई सबैभन्दा आश्चर्यमा पारेको कुरा चाहिँ ती किशोरीहरूले - विद्यालयकै केटाहरू सीमाबाहिर गएर त्यसो गरेका हुन् भन्लान् भन्ने लागेकोमा अनलाइनमा त्यसो गर्ने जेठो उमेर समूहका मानिसहरू थिए।'

 

एमिलीले आफ्नो सोसल मिडियामा त्यसरी अश्लील सन्देश पठाउने पुरुषहरूलाई उनीहरूले किन त्यसो गरेका हुन् भनेर सोधेकी थिइन्।  

 

'त्यसपछि मैले आफ्नो इमेल जाँचेँ - शून्य, कुनै कुराको पनि जवाफ आएन,' उनले भनिन्। 

 

'ती मानिसहरूले आफ्नो जीवन नै मलाई दुर्व्यवहारयुक्त कुरा गर्नमा खर्चँदै सबैभन्दा नराम्रा कुराहरू गरेका छन् र पनि म जवाफ दिएर', 'मैले तपाईँको कुरा सुन्न चाहन्छु, कुरा गरौँ'भनिरहेको छु - त्यै पनि केही आउँदैन।'

'तर मलाई त्यस्तो दुर्व्यवहार भोगेका थुप्रै महिलाहरूले आफ्नो अनुभवहरूका बारेमा भने बताएका छन्।'

 

एमिलीकी आमाले छोरीमा पर्ने मनोवैज्ञानिक असर र उनको भौतिक सुरक्षाबारे चिन्ता व्यक्त गरेकी छन्। 

 

एमिलीकी आमाले छोरीमा पर्ने मनोवैज्ञानिक असर र उनको भौतिक सुरक्षाबारे चिन्ता व्यक्त गरेकी छन्। 

 

एमिलीले यस्तो अनलाइन दुर्व्यवहारका विषयमा यसअघि आफ्ना अभिभावकसँग कुरा नगरेको बताउँछिन्। 

जब उनले केही सन्देशहरू देखाइन् तब उनकी आमा हास्यव्यङ्ग्यकार केट रोबिन्स निकै दुःखी भइन्। 

 

उनकी आमाले छोरीमा पर्ने मनोवैज्ञानिक असर र उनको भौतिक सुरक्षाबारे चिन्ता व्यक्त गरेकी छन्। 

त्यस्ता सन्देशहरू विभिन्न पुरुषहरूबाट आए तापनि एमिलीका बुवा किथले त्यो एकै खाले व्यक्तित्वबाट आएकोजस्तो अनुभव गरे। 

 

ती व्यक्तिहरूको चरित्रबारे बुझ्ने प्रयास स्वरूप उनले आफूलाई निरन्तर नग्न तस्बिर र अश्लील सन्देशहरू पठाउने दुई जनालाई सम्पर्क गरी त्यसो किन गरेको भनेर सोधिन्। 

उक्त सन्देश हेरेपछि एकजनाले तत्काल एमिलिलाई ब्लक गरे। 


अर्कोले उनलाई नै दोष दिँदै जवाफ फर्काए जसमा उनले एमिलीको ध्यान तान्न खोजेको र त्यो उनको 'प्रसिद्धिुका कारण भएको बताए।

एमिलीले 'रिक्लेम दिज स्ट्रीटस्की'  सहसंस्थापक जेमी क्लिङ्गलरसँग कुरा गर्दै त्यस्ता पुरुषहरूका मनोवृत्ति बुझ्न खोजिन्।  

 

जेमीले सबैभन्दा पहिले अनलाइनमा नग्न तस्बिर, बलात्कार र ज्यान मार्ने धम्की पाउन थालेको भनेको सारा इभअर्डको हत्यापछि एक जागरण कार्यक्रम सञ्चालन गरेपछि हो। 

 

'यो दुर्व्यवहार हामीले के लगाउँछौँ भन्नेबारे होइन, यो हामीले के गर्छौँ भन्नेबारे पनि होइन,' उनले भनिन्। 

'यो तिनीहरूले तपाईँलाई चुप लगाउने र नियन्त्रणमा राख्ने अनि तपाईँ उनीहरूको अधिनमा हो भनेर अनुभव गराउन खोज्ने चाहनाको परिणाम हो।'

 

प्राध्यापक जेन मोन्कटन- स्मिथ ज्यान मार्ने गतिविधि रोक्ने उपायका सम्बन्धमा केन्द्रित भएर अनुसन्धान गर्दैछिन्।  

उनका अनुसार महिलाविरूद्धको हिंसाको प्रवृत्ति पहिला केही सामान्यजस्तो देखिने गतिविधिबाट आरम्भ भएर गम्भीर यौन दुर्व्यवहारसम्म पुग्ने गर्छ।

 

त्यसैले उनी अनलाइनमा हुने दुर्व्यवहारहरूकाबारे सधैँ प्रहरीमा उजुरी गर्न सुझाउँछिन्। किनकी त्यसो गर्दा त्यस्ता व्यक्तिको नाम अभिलेखमा रहिरहन्छ।

 

'बलात्कार सामान्यस्तरको अपराध होइन, मानिसको हत्या सामान्यस्तरको अपराध होइन,'प्राध्यापक जेन मोन्कटन-स्मिथले एमिलीलाई भनिन्।

 

'स्थितिले गम्भीर अवस्थामा पुग्नु अघि त्यसका विभिन्न सङ्केत, व्यवहार र प्रवृत्तिहरू देखिने गर्छन्, तर प्रायः त्यस्ता सङ्केत र गलत प्रवृत्तिहरूको प्रतिरक्षा गर्ने गरिन्छ, माफी माग्ने गरिन्छ, र त्यस्को औचित्य पुष्टी गर्ने प्रयास गरिन्छ र दोष पीडितकै पनि हो की भन्ने देखाउन खोजिन्छ।'

 

परिवर्तित व्यवहार
उनीहरूबीचको संवादपछि एमिलीले अनलाइनमा आफू विरुद्ध भएका दुर्व्यवहारबारे प्रहरीमा उजुरी दिइन्। 

 

र आफ्नो भोगाइबारे बताइरहँदा अनपेक्षित रूपमा आफू विचलित हुन पुगेको अनुभव पनि गरिन्।

एमिलीले आफ्नो कार्यक्रममा कुरा गरेका सबै स्कूले छात्राहरूले अनलाइनमा आफूलाई नग्न तस्बिर र अश्लील सन्देशहरू पठाइने गरेको बताए । 

 

एकजना प्रहरीले अधिकृतले अन्य मानिसहरूले पनि त्यस्तो दुर्व्यवहारबारे उजुरी दिएका ति दुर्व्यवहार गर्ने पुरुषहरूलाई पत्ता लगाउन सकिने बताए। 

र त्यस्ता उजुरीमा कसैलाई पछ्याउर हैरान पार्दै दुःख दिएको भन्ने देखिएमा त्यस्तालाई कारबाही गर्न सकिने पनि उनीहरूले बताए। 

 

तर ती प्रहरी अधिकृतहरूबाट छुट्टिएपछि उनले के आफूले साँच्चिकै कोही पक्राउ परुन् भन्ने चाहेको हो त भन्ने द्विविधाको अवस्थामा आफू रहेको अनुभव गरिन्।  

 

उनले भनिन्, 'मैले उनीहरूले आफूहरूले गल्ती गरेको हो भन्ने महसुस गरून् भन्ने मात्र चाहेकी थिएँ जसले गर्दा म यो सबैबाट पार पाउन सक्ने थिएँ।'

सन् २०२१ मा एमिलीले संसद्‌मा दुर्व्यवहारको अनुभव सुनाउँदै भाषण दिएकी थिइन्।  

 

र अनलाइन सुरक्षा सम्बन्धी विधेयकमा इन्टरनेट मार्फत पिडितलाई नग्न तस्बिर देखाउने व्यवहारलाई नयाँ अपराधका रूपमा समेटिएको छ र त्यसकालागि अधिकतम दुई वर्षको जेल सजाय हुने व्यवस्था गरेको छ। 

 

तल्लो सदनका सांसदहरूले स्वीकृत गरिसकेको उक्त विधेयक अब माथिल्लो सदनमा जानेछ। 

एमिलीले यसबारे अभियान चलाए तापनि अहिले उनले के कानुन फेरिनु मात्र समाधान हो त भन्ने सोचिरहेकी छन्।

 

अनलाइन सुरक्षा सम्बन्धी अभियानकर्मी सेयी अकिवोवो भन्छिन् कानुनले सघाउने भए तापनि शिक्षाले महत्वपूर्ण भूमिका खेल्छ र सामाजिक मूल्य मान्यतामा आउने परिवर्तनले पनि।

 

'हामीले एक कदम पछाडि हटेर 'यसको स्रोत कहाँ छरुु भनी सोच्नुपर्छ। र यो पुरुषहरूको व्यवहार परिवर्तनसँग सम्बन्धित कुरा हो। यो स्वस्थ सम्बन्ध के हो भनेर उनीहरूलाई बुझाउने कुरा हो। र यो पूर्वस्वीकृति के हो भनेर उनीहरूलाई बुझाउने कुरा हो,' उनले भनिन्। 

 

महिला विरुद्धको हिंसा रोक्ने अभियनामा सक्रिय एक समूह 'एन्ड भायोलेन्स अगेन्स्ट विमिन' की निर्देशक एन्ड्रिया साइमनले महिलामा दोष पोख्ने अवस्थाबाट समाज अघि बढ्नुपर्ने बताए। 

 

'सबैकुरा महिलामा र उनको व्यवहारमा केन्द्रित छ र परिवर्तन हुनुपर्ने ठूलो कुरा त्यही हो,' उनले भनिन्। 

एमिलीले आफूले अनलाइनमा बेहोरेका दुर्व्यवहारसँग जुध्ने कुरा आफूले जीवनमा गरेका कठिनमध्येको काम भएको बताउँछिन्। 

 

यस क्रममा उनले पुराना खराब अनुभवको मानसिक असरसँग जुझ्नु पर्ने भएकाले मनोवैज्ञानिक परामर्शहरू पनि लिइन्। 

 

'मैले झेलेका कुरा मैले जीवनको पाटोको रूपमा लिएँ, मैले जति बढ्ता त्यसबारे कुरा गरेँ त्यति धेरै मैले त्यो बोझ - त्यस बेला वा अहिले- बोकेर बस्नु हुन्न भन्ने आत्मसात गरेँ,' उनले भनिन्। 

 

'मैले अझै त्यो कुरा सिक्दैछु र आफैमा मेहनत गरिरहेकी छु र सधैँ गरिरहनेछु। सधैँ यौन दुर्व्यवहारमा परेँ भनेर अहिले जे मैले गरिरहेको छु त्यो छाड्नेवाला छैन। परिवर्तन हुनुपर्ने हाम्रो व्यवहार होइन, उनीहरूको हो। मैले आफूलाई दोष दिनु हुँदैन।'

 

यस लेखमा उठाइएका कुनै कुराबाट तपाईँ प्रभावित हुनुहुन्छ भने सहायता र सल्लाह बीबीसीको एक्सन लाइन मार्फत् उपलब्ध छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement