काठमाडौं। मोडल, फेसन ब्लगर र अब अभिनेत्रीका रुपमा पनि परिचय थपिएको छ, अदिति बुढाथोकीको । फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा पनि उनको लोकप्रियता उक्तिकै छ । उनले नेपाली रजतपटमा चलचित्र ‘कृ’ मार्फत् डेब्यु गर्दैछिन् र देखिने छिन् सिल्भर स्क्रिनमा अहिलेका युवापुस्ताका सर्वाधीक लोकप्रिय अभिनेता अनमोल के.सी.संग । मोडलिङको सिलसिलामा काठमाडौंदेखि मुम्बईको यात्रा तय गरेकी अदितिले मुम्बईमा आफ्नो प्रभाव राम्ररी जमाउन थालिसकेकी छिन् । हालै मात्र उनी अभिनीत गायक सन्दीप ब्रारको स्टेप कट् बोलको पन्जाबी म्युजिक भिडियो अहिले हटकेक बन्न पुगेको छ । युट्युबमा ख्याति कमाउँदै यो भिडियो रिलिजको छोटो समयमै दुई लाख भन्दा बढी पटक हेरिएको म्युजिक भिडियो बन्न सफल भएको छ र यसको दर्शक संख्या बढ्दो क्रममा रहेको छ ।
सुन्दर एवं चार्मिङ मुहार, ५ फिट ५ इन्च उँचाईको शरीरमा चिटिक्क मिलेको जिउडाल, सिम्पल शालीनदेखि स्टनिङ ग्ल्यामरस लुकमा उत्तिकै प्रभावकारी देखिन सकिने उनको क्षमता र प्रस्तुतिले उनलाई नेपाली र मुम्बईमा रहेका थुप्रै फेसन फोटोग्राफरहरुको लेन्समा कैद हुने अवसर प्रदान गरेको छ । जसमा उनी सफल र प्रभावकारी देखिएकी छिन् । महेश प्रधान, अन्जिल मास्के, शैसब किशोर श्रेष्ठ, ब्रायन राई, हेमंग फोटोग्राफीदेखि हितेश कनरिया, अमित अग्रवाल, अद्वेत वैद्य, फैजी अली, सर्दुल नवारे लगायतका भारतीय फेसन फोटोग्राफरका फोटोग्राफी कलाको शोभा बन्न सफल भएकी २४ वर्षिया अदिति आफ्नो फेसन ब्लग अदितिज् क्लोजेट मार्फत् फेसन सम्बन्धी लेखनमा र त्यसमार्फत् धेरैलाई पछिल्लो फेसन शैली बारे सजग गराउनमा पनि सक्रिय रहँदै आएकी छिन् ।
मुम्बईमा मोडलिङ गतिविधिमा प्रभावकारी बन्दै गएकी अदितिले जाबोङ डटकम, अमेजन डटकम जस्तो कहलिएको अनलाइन शपिङ देखि भायलेट फेसन, सिल्कभिल्ला, नवदुर्गा साडी लगायतको फेसन ब्रान्ड, जडाउ ज्वेलरी, ब्लिङ, श्री कल्पतारु ग्रुप लगायत विभिन्न ब्रान्डका लागि मोडलिङ गरिसकेकी छिन् । उनी सुनन्दा नामक भारतीय पत्रिकाको कभर गर्ल पनि बनिसकेकी छिन् । मोडल म्यानेजमेन्ट एजेन्सी टिएफएम इन्डियाकी मोडल पनि रहेकी अदिति भारतको चर्चित म्युजिक कम्पनी सोनी म्युजिकको तीन वटा म्युजिक भिडियोका लागि पनि अनुबन्धीत भइसकेकी छिन् ।
त्यसो त काठमाडौंमै पनि अदिति चिरपरिचित मोडलकै रुपमा गनिन्छिन् । केही फेसन शो र म्युजिक भिडियोमा देखिसकेकी अदिति नारी, नभ्यता, एम एण्ड एस लगायतका म्यागाजिनको कभर गर्ल बनिसकेकी छिन् भने साप्ताहिकको ब्लो अपको शोभा भइसकेकी हुन् । साप्ताहक जोय पपया सन ग्लाम हन्ट २०१३ की प्रतिस्पर्धी रहेकी अदिति सो प्रतियोगितामा वेष्ट स्कीन अवार्ड विजेता पनि हुन् । नेपाल फेसन सप्ताहको २०१५ प्रोमोसनल अभियानमा मुख्य मोडल बनेकी अदितिले कुवेर ज्वेलरी, द डानियल वेलिङटन नामक स्टाइलिस घडीका लागि पनि मोडलिङ गरिसकेकी छिन् ।
आईटीमा स्नातक डिग्री प्राप्त अदिति ईद सीरान, वन् डिरेक्सन सुन्न रुचाउँछिन् भने डिस्नी मुभीप्रति उनी बढी झुकाव राख्छिन् । घर पालुवा जनावरमा कुकुर मनपराउने अदिति शपिङका पनि उत्तिकै शौखिन हुन् । रातो र गोल्डेन उनको मनपर्ने कलर शेड्स हो उनको पहिरन चयनमा ब्ल्याक ड्रेस, जिन्स, व्हाइट शर्ट र भिन्टेज ड्रेस पर्दछ ।
पुस २५, काठमाडौं।काठमाण्डौको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले २०२५ फेब्रुअरी १ मा...
असार २९,काठमाडौं । मन्त्रिपरिषद्ले काभ्रेको बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो...
फागुन १०, काठमाडौं । यस वर्षको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डको ग्राण्ड फिनाले...
माघ २७, इटहरी । मिस नेपाल–२०२३ को देशव्यापी अडिसनको सुरुवात सुनसरीको इटहरीबाट हुने भएको छ ।...
माघ १९, काठमाडौं । मिस नेपाल-२०२३ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बिहीबार पत्रकार सम्मेलन...
मंसीर १२, काठमाडौँ। मिस सुनार २०२०ुको ताज सिसम रामदामले जितेकी छन् । प्रतीक इन्भेन्ट्सले...
कात्तिक १, काठमाडौं। बाङ्ग्लादेशको सरकारले राजधानी ढाकामा हुन लागेको एकजना बलिवुड अभिनेत्री...
भदौ १६, काठमाडौं । चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ । मोडल...
साउन ३, काठमाडौं । हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा...