साउन २५, काठमाडौं । पछिल्लो समय आधुनिक खानाका लागि देशबाहिर नै जानुपर्ने बाध्यता राजधानीमा खुलेका आधुनिक क्याफे तथा रेस्टुराँहरुले टारिदिएका छन् । विभिन्न देशका स्वाद आफ्नै मुलुकमा पस्किन सफल गन्तव्य खुल्ने क्रम पनि पछिल्लो समय निकै बढेको छ । यस्तै, जापानिज स्वादका विभिन्न परिकारका आयाम लिएर भर्खरै बालुवाटारमा ‘मिदोरी’ नामक क्याफे संचालनमा आएको छ । मिदोरीको अर्थ जापानिज भाषामा हरियाली हो ।
हरियाली क्यानभास तथा डिजाइनका साथ खुलेको मिदोरी छोटो अवधिमै लोकप्रियता कमाउन सफल भएको छ । सामान्यदेखि उच्च वर्गका मानिसहरुको खानपान तथा भलाकुसारी गर्ने उपयुक्त गन्तव्य बनेको मिदोरी बालुवाटारको निकै व्यस्त हुनेमध्येको एक उत्कृष्ट क्याफे हो । शान्त र सफा वातावरणमा संचालित मिदोरीमा विभिन्न स्वादका परिकार पाउनुका साथै ग्राहकको माग बमोजिमका खानेकुरा समयमै टेवलमा आइपुग्छन् ।
काठमाडौंको व्यस्त वातावरणलाई मध्यनजर राखी मिदोरीले पार्टी, झेला, जन्मदिन आयोजन गर्न सकिने शान्त वातावरणको समेत व्यवस्था गरेको छ । मिदोरीको अर्काे आकर्षक पाटो भनेको ग्राहकलाई हरियाली वातावरणमा आकर्षक ढंगले स्वागत गर्नु हो र ग्राहकका लागि भने जस्तै जापानिज खानाका परिकार तयार गर्नु हो ।
दिनभरको कामको थकान र मध्यान्ह लाग्ने भोकलाई उत्कृष्ट सत्कारका साथ मिदोरीमा स्पेशल खानका परिकारको मज्जा लिन सकिन्छ । यहाँ विभिन्न किसिमका उत्कृष्ट बेभरेज तथा पेय पदार्थ पनि भने जस्तै पाइन्छन् ।
मिदोरीको विशेष जापानिज खानाको अलावा यहाँ राजधानीका अन्य क्याफेमा बिरलै पाइने फ्राइ आइसक्रिम लोकप्रिय आइटममा पर्ने मिदोरी क्याफेका प्रबन्ध निर्देशक राजेन्द्र श्रेष्ठले बताए । उनले भने, ‘ चिकेन तेर्याकी सेट, चिकेन सेकुवा सेट पनि मिदोरीका लोकप्रिय आइटममा पर्छन् । प्राय ग्रहाकलाई मिदोरीका यी खानाले लोभ्याएको छ ।’ राजधानीको व्यस्त तथा देशका माथिल्लो वर्गका मानिसहरुको विशेष चहलपहल हुने ठाउँमा संचालित मिदोरीले निकट भविष्यमै अन्य सेवा सुविधा थप्ने योजना बनाएको छ । अहिले मिदोरीले विभिन्न कार्यक्रम तथा समारोहका लागि क्याटरिङको सेवा पनि प्रदान गर्दै आइरहेको छ ।
भदौ १ गतेदेखि विदेशी ग्राहकलाई केन्द्रीत गरी क्याफे भित्रको वाल(पर्खाल)मा नेपाललाई चिनाउने विभिन्न क्यानभास प्रदर्शन गर्ने लगायतका नयाँ आकर्षक योजना थप्दै जाने मिदोरीको प्रबन्ध निर्देशक गोविन्द ओझाले जानकारी दिए ।