फागुन २२, काठमाडौं । दिनमा कुन समयमा कफी पिउनु सबैभन्दा अधिक लाभदायक हुन्छ रु एउटा पछिल्लो अध्ययनले कुन समयमा कफी पिउनाले मानिसमा मुटुरोगबाट हुने मृत्युको जोखिम कम हुन्छ भन्ने तथ्य पत्ता लगाएको छ ।
उक्त शोध अनुसार बिहान कफी पिउने मानिसहरुमा दिनभर कफी पिउने मानिसहरुको तुलनामा मुटु सम्बन्धी रोगहरुबाट मृत्यु हुने जोखिम कम पाइएको छ ।
साथै दिनको अन्य समयमा भन्दा बिहान कफी पिउने मानिसहरुमा मृत्युको जोखिम कम पाइएको शोधकर्ताहको भनाइ छ । यद्यपि हृदयरोगबाट हुने मृत्युको जोखिम घट्नुको एकमात्र कारक बिहानको कफी नै हो भन्ने कुरा यस अध्ययनमा साबित हुन सकेको छैन ।
टूलेन विश्वविद्यालय ओबेसिटी रिसर्च सेन्टरका निर्देशक तथा यस अध्ययनका प्रमुख शोधकर्ता डाक्टर लूचीका अनुसार बिहानको कफीले मृत्युको जोखिम घटाए पनि यसको कारण के हो रु भन्ने चाहीँ पत्ता लागेको छैन ।
उनका अनुसार दिउँसो कफी पिउनाले व्यक्तिको आन्तरिक शारीरिक घडीमा बाधा उत्पन्न हुने भएकाले पनि यस्तो हुनसक्ने उनले बताए ।
यो अध्ययन युरोपियन हार्ट जर्नलमा प्रकाशित छ ।
डाक्टर ची का अुनसार बिहानको कफीले मुटुरोगबाट हुने मृत्युको जोखिम घटाउने विषयको कारण पहिल्याउनका लागि थप अध्ययनको आवश्यकता छ ताकि यसका निष्कर्षहरु सबै मानिसमा पनि लागू होउन् ।
उनी भन्छन्-हामीले कफी पिउने समयलाई परिवर्तन गर्दाको सम्भावित प्रभाव बुझ्नका लागि चिकित्सा ट्रायल गर्नु आवश्यक छ ।
उनका अनुसार बिहानको कफीले मुटुरोगबाट हुने मृत्युको जोखिम किन कम हुन्छ भन्ने विषयको सम्भावित व्याख्या यो पनि हुनसक्छ कि दिउँसो वा बेलुकीको समयमा कफी पिउनाले सर्केडियन रिदम (हाम्रो शरीरको शारीरिक, मानसिक तथा व्यवहारिक परिवर्तनको २४ घण्टे चक्र) तथा मेलाटोनिन जस्ता हर्मोनको स्तरमा बाधा उत्पन्न हुनसक्छ ।
यसबाट शरीर सुन्निने तथा रक्तचाप जस्ता मुटुसँग सम्बन्धित रोगको जोखिमका कारकहरुमा परिवर्तन हुन्छ ।
कसरी गरियो अध्ययन ?
न्यु ओर्लियन्सस्थित टुलेन विश्वविद्यालयका शोधकर्ताहरुले ४० हजार ७२५ वयस्कहरुमा अध्ययन गरेका थिए, जसले सन् १९९९ देखि २०१८ को बीचमा अमेरिकामा नेशनल हेल्थ एण्ड न्युट्रिसन परीक्षा सर्भेमा भाग लिएका थिए ।
त्यसमा उनीहरुको दैनिक खानपिनका चिजका बारेमा सोधियो । उनीहरुले कफी पिउने नपिउने तथा कहिले र कति पिउने भन्ने बारेमा सोधिएको थियो ।
डाक्टर ची भन्छन् – क्याफिनले हाम्रो शरीरमा पर्ने प्रभावहरुलाई हेर्ने क्रममा हामीले दिनमा जुन समयमा कफी पिइन्छ, त्यसले मृटुको स्वास्थ्यमा पार्छ कि पार्दैन भन्ने कुरा हेर्न चाहेका थियौं ।
यसअघिका अध्ययनले मध्यम मात्रामा कफी पिउनु स्वास्थ्य लागि फाइदाजनक हुनसक्ने देखाएका थिए । तर, पछिल्लो अध्ययन चाहीँ कफी पिउने समय र त्यसले स्वास्थ्यमा पार्ने प्रभावको विषयमा केन्द्रित थियो ।
अध्ययनका अनुसार यस शोधमा सहभागी हुनेमध्ये ३६ प्रतिशतले बिहान कफी पिउने गरेका थिए भने १४ प्रतिशतले बिहानको साटो दिउसो कुनैपनि समयमा कफी पिउने गरेका थिए ।
शोधकर्ताहरुले करिब एक दशकसम्म सहभागीहरुको निगरानी गरे । त्यसक्रममा सहभागीहरुको सूचना रेकर्ड तथा मृत्युको कारणलाई हेरियो ।
करिब १० वर्षपछि ४ हजार २९५ जना मानिसको मृत्यु भयो, जसमा १ हजार २६८ जनाको मृत्यु मुटुसँग सम्बन्धित रोगका कारण भएको थियो ।
शोधकर्ताका अनुसार बिहान कफी पिउने मानिसमा मृत्युको जोखिम कफी नपिउने मानिसको तुलनामा १६ प्रतिशतले कम थियो र मुटुरोगबाट मर्ने आशंका ३१ प्रतिशत कम थियो ।
तर कफी नपिउने मानिसको तुलनामा दिनभर कफी पिउने मानिसहरुमा मृत्युको जोखिममा कुनै कम आएको पाइएन ।
त्यसैले कफीको अधिक सेवनले मृत्युको जोखिम कम गर्ने भएपनि केवल बिहानको कफी मात्रै त्यसका लागि लाभदायी हुने ठहर शोधकर्ताको छ ।
कफी पिउने समयले किन अर्थ राख्छ ?
लण्डनमा रोयल ब्रम्पटन एण्ड हेफिल्ड हस्पिटलका प्राध्यापक थोमस एफ लशरले अध्ययनका विषयमा लेखेका छन् – दिनको समयले किन अर्थ राख्छ रु बिहानको समयमा आमरुपमा यस्ता क्रियाकलपाहरु अधिक हुन्छन् जसले शरीर सक्रिय हुन्छ । जब हामी जाग्दछौँ र ओछ्यानबाट बाहिर निस्कन्छौँ यो प्रभाव दिउँसोको समयमा कम हुन्छ र निद्राको क्रममा यो न्यूनतम स्तरमा पुग्दछ ।
प्राध्यापक लशरका अनुसार दिनमा अबेर कफी पिउँदा हाम्रो शरीरको आन्तरिक घडी त्यसबेला बाधित हुनसक्छ जब हामीलाई आराम चाहिएको हुन्छ ।
उनी भन्छन् – पूरै दिन कफी पिउने कैयन् मानिसहरु निद्राको गडबडीबाट पीडित हुन्छन् । कफीले मस्तिष्कमा निद्रा ल्याउने मेलाटोनिनलाई दबाउँछ ।
अध्ययनमा यो पनि सुझाव दिइएको छ कि कफी पिउने मानिसहरुमध्ये जसले बिहान कफी पिउँछन् उनीहरुमा चिया तथा क्याफिनयुक्त सोडा सेवन गर्ने सभ्भावना अधिक थियो । यस्ता मानिसहरुले दिनभर कफी पिउने मानिसहरुको तुलनामा कम कफी पिउने गर्दछन् ।
वैशाख ६ काठमाडौं । अनुहारको हेरचाहमा सबैभन्दा महत्त्वपूर्ण कुरा यसको सफाइ हो । हामीमध्ये...
चैत ३१ काठमाडौं । यौन चाहाना कम हुनु हर्मोनल परिवर्तन, निद्राको कमी, खानपान र केही औषधिको...
चैत २७ काठमाडौं । पाचन प्रणाली मानव शरीरको एक जटिल र महत्त्वपूर्ण प्रणाली हो, जसले खानालाई...
चैत १८ काठमाडौं । आजकल कपाल झर्ने समस्याले जो कोहीलाई पनि सताएको देखिन्छ । कतिपयको कपाल यति...
March 30,Kathmandu.Office coffee acts as fuel for long meetings and long working hours in the office. Now coffee has become the lifeline of people in every office. But do you know that this coffee is not only taking away your sleep but is also...
चैत १२ काठमाडौं । आजभोली आँखालाई सुन्दर देखाउन वा आँखा कमजोर भएमा लेन्सको प्रयोग गर्न सकिन्छ ।...
March 25,Kathmandu.A 19-year-old girl from Kannur district of Kerala was influenced by an online portal and fasted to lose weight. She was doing water fasting. She did not eat properly for almost a year. Due to this, she developed the eating disorder...
March 24,Kathmandu.More than half of the month of March has passed. Now the temperature will increase every day. With the increase in heat, problems like heat stroke, dehydration and fatigue will become common. Keeping yourself healthy and energetic...
चैत ७ काठमाडौं ।सुखी हुने इच्छा सबैमा हुन्छ, तर चाहना भएर मात्र सुख प्राप्त हुँदैन । सुख...