Advertisement
Advertisement
Advertisement
Advertisement

महिलाले खानैपर्छ यी पौष्टिक तत्त्व

  |      16:44:00   |  
महिलाले खानैपर्छ यी पौष्टिक तत्त्व

फागुन २५, काठमाडौं । महिलाको जैविक संरचना पुरुषको तुलनामा फरक हुने भएकाले स्वस्थ रहनका लागि उनीहरूलाई फरक पोषकतत्त्वको आवश्यकता पर्छ। उमेरका विभिन्न चरणमा उनीहरूको शरीरमा हर्मोनल परिवर्तन हुन्छन्, जसले स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ ।

यस्तो अवस्थामा महिलाहरूले आफ्नो आहारमा केही आवश्यक भिटामिन समावेश गरेमा समस्या कम हुन्छ र आफूलाई स्वस्थ राख्न सक्षम हुन्छन् ।

आइरन

महिनावारीको समयमा रगतको कमी हुनबाट बच्न महिलाहरूलाई आइरन बढी चाहिन्छ । आइरनको कमीले रक्त अल्पता (रगतको कमी) हुन सक्छ, जसले थकान, कमजोरी र चक्कर लाग्ने जस्ता समस्या निम्त्याउन सक्छ । आइरनको सही मात्रामा सेवन गर्नाले शरीरमा रगतको मात्रा सही रहन्छ र शारीरिक स्फूर्ति पनि ठिक रहन्छ ।

आइरनको स्रोतमा हरियो सागसब्जी, रातो मासु, दाल र नटहरू पर्छन् । दिनहुँ यी खानेकुरा खाँदा आइरनको कमीबाट बच्न सकिन्छ ।

क्याल्सियम

विशेष गरी गर्भावस्था र रजनोवृत्तिको समयमा महिलाका लागि क्याल्सियम धेरै महत्त्वपूर्ण छ ।  यसले हड्डीलाई बलियो बनाउन मद्दत गर्छ र ओस्टियोपोरोसिस (हड्डी खिईने) जस्ता रोगहरूबाट बचाउँछ ।गर्भावस्थामा क्याल्सियम भ्रूणको हड्डीको विकासका लागि पनि आवश्यक हुन्छ ।

रजनोवृत्तिको समयमा, हर्मोनमा हुने परिवर्तनले हड्डी कमजोर बनाउँछ, जसलाई सही मात्रामा क्याल्सियम सेवन गरेर रोक्न सकिन्छ ।  क्याल्सियमको राम्रो स्रोतमा दूध, दही, पनिर र हरियो सागपात आदि पर्छन् । यी खानेकुराको सेवनले क्याल्सियमको कमीबाट बच्न सकिन्छ ।

म्याग्नेसियम

म्याग्नेसियम महिलाका लागि एक धेरै महत्त्वपूर्ण पोषक तत्त्व हो ।  म्याग्नेसियम शरीरमा ऊर्जा कायम राख्न, स्नायुको कार्य र हड्डीको स्वास्थ्यका लागि आवश्यक हुन्छ ।  महिलाको शरीरमा म्याग्नेसियमको कमी भएमा यसले ब्लड सुगर र ब्लड प्रेसर जस्ता समस्या निम्त्याउन सक्छ । त्यसैले खानामा पर्याप्त मात्रामा म्याग्नेसियम लिनु अति आवश्यक हुन्छ ।

काजु, बदाम, एभोकाडो, सालमोन, माछा, ओक्खर, हरियो सागपात, गेडागुडी, फर्सीको बीउ, भटमास, केरा, कालो सिमी, तिल, तोफु लगायतका खानेकुरा म्याग्नेसियमको प्रमुख स्रोत हुन् ।

भिटामिन डी

भिटामिन डी बलियो हड्डी र दाँतका लागि महत्त्वपूर्ण हुन्छ ।  किनभने यसले शरीरलाई क्याल्सियम अवशोषित गर्न मद्दत गर्छ । यसले प्रतिरक्षामा पनि भूमिका खेल्छ र मल्टिपल स्क्लेरोसिस, मधुमेह र केही प्रकारको क्यान्सर जस्ता गम्भीर रोगहरूको जोखिम कम गर्न सक्छ ।

हाम्रो शरीरले घामको सम्पर्कमा आएर भिटामिन डी बनाउन सक्छ, यस बाहेक भिटामिन डी बोसोयुक्त माछा, अण्डाको पहेँलो भाग र फोर्टिफाइड खानामा पनि पाइन्छ ।

भिटामिन बी १२

भिटामिन बी १२ लाई राम्रो पाचन प्रणाली कायम राख्नका लागि आवश्यक मानिन्छ, जसले शरीरमा रातो रक्त कोषहरूको उत्पादनमा भूमिका खेल्छ । चीज, अण्डा, माछा, मासु, दूध र दहीबाट यसलाई प्राप्त गर्न सकिन्छ ।धेरै महिलामा रगतको कमी अर्थात् रक्तअल्पताको समस्या छ, यस्तो अवस्थामा उनीहरूले आफ्नो आहारमा भिटामिन बी १२  समावेश गर्नुपर्छ ।

बायोटिन

बायोटिन, जसलाई भिटामिन बी ७  पनि भनिन्छ । यो पानीमा घुलनशील भिटामिन हो जुन कपाल, नङ र छाला स्वस्थ राख्न आवश्यक हुन्छ । यो शरीरको धेरै महत्त्वपूर्ण कार्यहरूमा संलग्न हुन्छ जस्तै कोषको वृद्धि, फ्याटी एसिड र एमिनो एसिडको गठन र ऊर्जा उत्पादन आदि  । बायोटिनको कमीले कपाल झर्ने, नङ भाँच्चिने र छालाको समस्या निम्त्याउन सक्छ । बदाम, केरालगायतमा बायोटिन प्रोटिन पाइन्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement