फागुन २०, काठमाडौं । अबेरसम्म काम गर्ने र ढिला खाना खानु सामान्य भइसकेको छ । यस्तो बानीले अधिकांशमा मोटोपन, अनिन्द्रा र पेटसम्बन्धी समस्या बढिरहेको छ । यी समस्याबाट छुट्कारा पाउन उपयुक्त समय हो, साँझ सात बजे अघि ।
स्वस्थ पाचनको लागि
रातमा छिटो खाना खाँदा पाचन प्रणालीले राम्रोसंग काम गर्न सक्छ । किनकी, जति रात पर्दै गयो त्यति पाचनक्रिया सुस्त हुँदै जान्छ । जसले खानेकुरा राम्रोसँग पच्न सक्दैन ।
तौल नियन्त्रणका लागि
स्वस्थ रहन तौल नियन्त्रण गर्ने पर्छ । यसको लागि रातको खाना सकेसम्म छिटो खान पर्छ । छिटो खाँदा शरीरमा भएको क्यलारी खपत गर्ने समय पाउँछ । जसले अनावश्यक बोसो जम्न दिदैंन ।
ब्लड सुगर नियन्त्रण
रातमा अवेर खाँदा शरीरमा ब्लड सुगरको स्तर बढ्छ । जसले मधुमेह हुने जोखिम हुन्छ । पहिले नै छ भने यसको स्तर बढ्न सक्छ । छिटो खाना खाँदा ब्लड सुगर सन्तुलित रहन्छ ।
मुटुको लागि
मुटुको लागिढिला खाना खाँदा कोलेस्ट्रोल र उच्च रक्तचाप बढ्न सक्छ । किनकि, आराम गर्ने समयमा मुटुलाई बढी काम गर्नु पर्ने हुनसक्छ । जबकी, छिटो खाँदा मुटुमा थप दबाब पर्दैन ।
निद्राको गुणस्तर सुधार
अवेर खाँदा पेट रातभर डम्म हुन्छ । जसले निद्रा आउनमा समस्या हुन्छ । छिटो खाँदा खानेकुरा छिटो पच्ने गर्छ । शरीरले आराम पाउँछ । जसले निद्रा राम्रो लाग्छ ।
एसिडीटीबाट छुट्कारा
सांझको समय खाना खाँदा पेटको एसिड लेभल सन्तुलित रहन्छ । जसले ग्यास वा एसिडीटीको समस्या हुन दिंदैन ।
उर्जाको लागि
पाचन राम्रो, पर्याप्त निद्रा शरीरले पाउने हो भने बिहान शरीर उर्जाले भरिएको चंगा जस्तै हुन्छ । छिटो खाँदा शरीर विषाक्त पदार्थ छिटो बाहिरिन्छ । जसले उर्जा शरीरमा भर्छ ।