Advertisement
Advertisement
Advertisement
Advertisement

बालबालिकाको मानसिक स्वास्थ्यका लागि अभिभावकले अपनाउनुपर्ने चार उपाय

  |      14:14:00   |  
बालबालिकाको मानसिक स्वास्थ्यका लागि अभिभावकले अपनाउनुपर्ने चार उपाय
भदौ १९ , काठमाडौं । बालबालिकाको मानसिक स्वास्थ्य उनीहरूको समग्र विकास र शारीरिक स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। बालबालिकाले जीवनका विभिन्न चुनौती, जटिलता र अनिश्चितताका कारण डर, तनाव तथा असुरक्षा महसुस गर्न सक्छन्। यस्तो अवस्थामा अभिभावकको व्यवहार र सहयोगले उनीहरूको मानसिक स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्ने विशेषज्ञहरूको सुझाव छ।
संयुक्त राष्ट्र बाल कोष ९युनिसेफ०ले बालबालिकाको मानसिक स्वास्थ्य राम्रो राख्न अभिभावकले केही महत्वपूर्ण कुरामा ध्यान दिनुपर्ने बताएको छ।
विवादलाई मिलेर समाधान गर्ने
अभिभावक र बालबालिकाबीच विचार तथा चाहनामा असहमति हुनु सामान्य हो। यस्तो अवस्थामा रिसाउनु वा दबाब दिनुभन्दा धैर्यपूर्वक कुराकानी गरेर समस्या समाधान गर्न अभिभावकले प्रयास गर्नुपर्छ। यसबाट बालबालिकाले असहमति र मतभेदलाई सकारात्मक ढंगले समाधान गर्ने सीप सिक्न सक्छन्।
भावना व्यक्त गर्न प्रोत्साहित गर्ने
बालबालिकालाई आफ्ना भावना खुलेर व्यक्त गर्न प्रोत्साहित गर्नुपर्ने युनिसेफको सुझाव छ। अभिभावकले उनीहरूका लागि समय निकालेर दिन कस्तो रह्यो, के राम्रो वा नराम्रो भयो भन्नेबारे कुराकानी गर्नुपर्छ।
बालबालिकाको मनमा के भइरहेको छ र उनीहरूले कस्तो महसुस गरिरहेका छन् भन्ने बुझ्ने प्रयास गर्नुपर्छ। साथै, जस्तोसुकै समस्या आए पनि आफू उनीहरूको साथमा रहेको विश्वास दिलाउन आवश्यक हुन्छ।
अभिभावकले आफ्नो पनि ख्याल राख्ने
बालबालिकाले धेरै कुरा आफ्ना अभिभावकको व्यवहारबाट सिक्छन्। त्यसैले अभिभावकले आफ्नो मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने सुझाव दिइएको छ।
हरेक दिन केही समय आफ्ना लागि छुट्याउने, तनाव कम गर्ने तथा आराम गर्ने बानीले बालबालिकालाई पनि आत्महेरचाह ९सेल्फ केयर० को महत्व सिकाउन सहयोग पुग्छ।
बालबालिकालाई सहयोग र भावनात्मक साथ दिने
हुर्कने क्रममा अनिश्चितता, विकल्पको अभाव वा आफूले चाहेको कुरा पूरा नहुँदा बालबालिका आत्तिन, डराउन वा रिसाउन सक्छन्। यस्तो अवस्थामा अभिभावकले उनीहरूको कुरा ध्यानपूर्वक सुन्ने र समस्यासँग कसरी सामना गर्ने भन्ने सिकाउनुपर्छ।
जीवनमा सबै कुरा आफूले चाहेअनुसार नहुन सक्छ भन्ने कुरा बालबालिकालाई बुझाउँदै प्रतिकूल परिस्थितिमा नआत्तिन र शान्त रहन सिकाउनुपर्ने युनिसेफको सुझाव छ।
बालबालिकाको मानसिक स्वास्थ्यमा समस्या देखिएपछि मात्र कदम चाल्नुभन्दा सुरुदेखि नै सुरक्षित, सहयोगी र संवादमा आधारित पारिवारिक वातावरण निर्माण गर्नु महत्वपूर्ण मानिन्छ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement