Advertisement
Advertisement
Advertisement
Advertisement

श्रीलंकाबाट महिला च्याम्पियन्स ट्रफी आयोजनाको अधिकार खोसियो

  |      12:16:00   |  
web image
web image

भदौ १२ , काठमाडौं । श्रीलंकाले पहिलोपटक आयोजना हुन लागेको आईसीसी महिला च्याम्पियन्स ट्रफी २०२७ आयोजना गर्ने अधिकार गुमाएको छ। श्रीलंका क्रिकेट ९एसएलसी० को प्रशासनमा सरकारी हस्तक्षेप जारी रहेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले प्रतियोगिता श्रीलंकाबाट अन्यत्र सार्ने निर्णय गरेको सन्डे टाइम्सले जनाएको छ।

छ टोली सहभागी हुने प्रतियोगिता सन् २०२७ को फेब्रुअरी १४ देखि २८ सम्म श्रीलंकामा आयोजना गर्ने तयारी थियो। तर आईसीसीले प्रतियोगिता अर्को देशमा सार्ने निर्णय गरेको एसएलसी ट्रान्सफर्मेसन कमिटीका सचिव प्रकाश साफ्टरले पुष्टि गरेका छन्।

उनका अनुसार प्रतियोगिताका लागि नयाँ आयोजक तय हुन बाँकी छ। नयाँ आयोजकबारे आईसीसी बोर्डको आगामी बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ।

हाल एसएलसीको व्यवस्थापन सरकारले गठन गरेको ट्रान्सफर्मेसन कमिटीले गरिरहेको छ। उक्त समितिलाई क्रिकेट बोर्डमा सुधार, संविधान संशोधन तथा शासन प्रणालीमा परिवर्तनलगायतका जिम्मेवारी दिइएको छ।

ट्रान्सफर्मेसन कमिटी गठन भएपछि आईसीसीले एसएलसीका प्रतिनिधिलाई आफ्नो बोर्ड बैठकमा सहभागी हुनसमेत अनुमति दिएको छैन। आईसीसीले यसअघि एसएलसीमा यथाशीघ्र निर्वाचन गराउनुपर्नेमा जोड दिँदै आएको थियो।

प्रतियोगिता श्रीलंकाबाट सारिँदा श्रीलंका क्रिकेट र देशको पर्यटन क्षेत्रले समेत आर्थिक क्षति व्यहोर्नुपर्ने देखिएको छ। प्रतियोगितामा सहभागी टोली, अधिकारी, प्रसारण, दर्शक तथा पर्यटन गतिविधिबाट हुने आम्दानी गुम्ने सम्भावना छ।

प्रतियोगिताको नयाँ आयोजकले श्रीलंकाको सहभागितामा समेत असर पार्न सक्नेछ। पहिलो महिला च्याम्पियन्स ट्रफीमा आयोजक राष्ट्रसहित विश्व वरीयताका शीर्ष पाँच टोली सहभागी हुने अपेक्षा गरिएको छ। हाल श्रीलंका छैटौँ स्थानमा रहेकाले नयाँ आयोजक शीर्ष ६ बाहिरको देश बनेमा श्रीलंकाको सहभागिता जोखिममा पर्न सक्ने सन्डे टाइम्सले जनाएको छ।

यसअघि सन् २०२३ मा आईसीसीले एसएलसीलाई निलम्बन गरेपछि श्रीलंकाले २०२४ आईसीसी यू–१९ पुरुष विश्वकप आयोजना गर्ने अधिकार पनि गुमाएको थियो। उक्त प्रतियोगिता पछि दक्षिण अफ्रिकामा सारिएको थियो।

यद्यपि, आईसीसीले हालसम्म श्रीलंकाबाट २०२७ महिला च्याम्पियन्स ट्रफी सारिएको विषयमा औपचारिक घोषणा गरेको छैन। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement