असार २७, काठमाडौं ।राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले डा. प्रकाशशरण महत, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा डा. प्रधानमन्त्री पुष्पकमल दाहालको जिल्लामा गएको बजेटबारे प्रश्न उठाएकी छिन्।
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै एकीकृत समाजवादीकी सांसद राईले तीन जिल्लाको बजेट सच्चिएर आएको हो वा होइन भन्दै प्रश्न गरिन्। उनले बजेट जनताका लागि नभई आत्मकेन्द्रित भएर ल्याइएको बताइन्।
‘जनताका लागि भन्दा पनि आत्मकेन्द्रित हुने नै बजेट छ। हामीले बजेट पहुँचका आधारमा नभई आवश्यकताका आधारमा विनियोजन हुनुपर्छ भनेका छौँ। प्रधानमन्त्री, निवर्तमान प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा गएको बजेट सच्चिएर आयो कि आएन ?’ सांसद राईले प्रश्न गरिन्।
तीन जिल्लामा केन्द्रित रहेको बजेट सच्चिएर नआएसम्म आगामी आर्थिक वर्षको बजेट सन्तुलित नहुने उनको दाबी छ। बजेट निर्वाचन क्षेत्रकेन्द्रित रहेको र अर्कोपटक आफैँलाई चुनाव जित्ने र मन्त्री बन्ने दाउमा मात्रै आएकाले बजेटबाट आशा गर्न नसकिने उनले प्रस्ट पारिन्।