असार ८, काठमाडौैं ।वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि बिरामीलाई नि:शुल्क उपलब्ध गराउने निर्णय गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स को कार्यकारी परिषदले सो निर्णय गरेको हो।
यसअघि प्रतिबेड दुई सय रुपैयाँ शुल्क लिने गरिएको थियो। बेड नि:शुल्क गर्दा वार्षिक ५ करोड रुपैयाँ खर्च हुने बताइएको छ। सरकार र आन्तरिक स्रोतबाट उक्त रकम व्यहोरिने बताइएको छ।
'यसअघि बिरामीले प्रतिबेड २०० रुपैयाँ तिर्नुपर्नेमा अब ७०० बेड नि:शुल्क रुपमा उपलब्ध गराएका छौं' न्याम्सका उपकुलति डा भुपेन्द्र बस्नेतले भने, 'उक्त रकम आन्तरिक श्रोत र सरकारसँग सहयोग लिएर व्यवस्थापन गर्छौ।'
अस्पतालका क्याबिन र आइसियूमा भने शुल्क लाग्नेछ। सरकारले बिहिबार उपकुलपतिमा डा भुपेन्द्र बस्नेत, रेक्टारमा डा लोचन कार्की, रजिष्ट्रारमा डा ज्ञानेन्द्र शाह र डिनमा डा अशेष ढुंगानालाई नियुक्त गरेको थियो।