Advertisement
Advertisement
Advertisement
Advertisement

चुनौतीबिनाको जीवन जिउनुको मज्जा हुँदैन

  |      07:01:00   |  
चुनौतीबिनाको जीवन जिउनुको मज्जा हुँदैन

काठमाडौं। जीवनमा हरेक पल सबै कुरा सम्भव हुन्छ भन्ने छैन । साना–ठूला बाधा हरेक क्षणक्षणमा आइलाग्छन् । हुन पनि चुनौतीबिनाको जीवन जिउनुको मज्जा हुँदैन । जीवनलाई चुनौतीसँगै रमणीय र सफल बनाउन केही कुरा सिक्नु आवश्यक छ । हरेकको जीवनमा यस्ता मोडहरू आइरहन्छन् जतिबेला अब जीवन सकियो भन्ने लाग्छ तर यस्ता समय र समस्या बिस्तारै आफै हट्दै जान्छन् ।


हरेक मानिस करियरको सुरुवाती दिनमा संघर्षरत हुन्छन् । उक्त समयमा जीवन दु:खले भरिपूर्ण छ भन्ने लाग्छ । सुखका दिन कहिल्यै आउँदैनन् जस्तो हुन्छ । कसैले यस्तो बेला सहयोग गरिदिए हुन्थ्यो जस्तो लाग्छ । कतिपय मानिस जागिरका लागि कयौं  ठाउँमा भौंतारिन्छन् त कोही कुन विषय पढेर के भइन्छ भन्ने थाहा नपाएर रुचिबाहिरका विषय अध्ययन गर्न पुग्छन् । करियरको सुरुवातका दिनमा हरेकका आ–आफ्ना दु:खदायी कथा–व्यथा हुन्छन् । आफ्नो यात्रामा विचलित नभै निरन्तर लागिरहने हो भने हरेकको जीवनमा सुखका दिन आउँछन् । त्यसैले लक्ष्य हासिल गर्न हरेक कठिनाइको सामना गर्नसक्ने क्षमता विकास गर्नुपर्छ ।

 

मेहनत कठिन कुरा हो । आफूले चाहेको क्षेत्रमा सफल हुन सानोतिनो संघर्षले सफल हुन कठिन छ । सामान्य परिवारमा जन्मिएर भविष्य खोज्न सहर पस्ने मानिसहरूका लागि त यो अझ कठिन कुरा हो । यस्तो अवस्थामा आफूमाथि विश्वास र इच्छाशक्तिको बढी आवश्यकता हुन्छ । मेहनत यसका लागि मुख्य अस्त्र हो । करियरको बीच–बीचमा आउने समस्या र चुनौतीलाई चिर्दै अघि बढ्न सके अवश्य सफल भइन्छ । जीवनलाई सहज बनाउँदै अघि बढ्न सके लक्ष्य टाढा हुँदैन ।


करियर बनाउन चाहने हरेक मानिसको जीवनमा बिर्सनै नसकिने संघर्षका कथाहरू हुन्छन् । तिनै कथा नै कालान्तरमा गएर सफलताका सूत्र बन्छन् । गाउँबाट आएका कतिपयका सुरुवाती दिन चोक र सडकमा समेत बित्छन् भने कतिपयले बाटो पत्ता लगाउन नसकी अलमलिएका कथा सुनाउँछन् । यस्ता संघर्षले मानिसलाई बाँच्न र अघि बढ्न सिकाउँछन् । यस्ता समस्या धेरैले झेल्नुपर्छ तर मन बलियो छ र आत्मैदेखि इच्छाशक्ति छ भने चुनौतीको सहज सामना गर्न सकिन्छ जसले हामीलाई सही जीवन दिन्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement