चैत २८, काठमाडौं । शिक्षा मन्त्रालयले निजी विद्यालयहरूलाई आफूखुसी शुल्क नबढाउन चेतावनी दिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० को विद्यार्थीका सम्बन्धनमा केही निजी लगानीका विद्यालयहरूले आफूखुसी जथाभाबी ढंगले शुल्क उठाएको भन्दै सचेत गराएका हुन् ।
स्थानीय तहले स्वीकृति गरिदिएको सीमाभित्र रहेर मात्र शुल्क लिन पाउने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ । कुनै पनि विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा पारदर्शी ढङ्गले सबै अभिभावकहरूलाई जानकारी गराउनुपर्छ । अभिभावकहरूले समेत तोकिएको शुल्कको स्वीकृतिको विषयमा प्रश्न गर्न पाउँछन् । त्यो विषयमा विद्यालय रहेको स्थानीय तहमा गुनासो गर्न पाउने व्यवस्था समेत रहेको भन्दै मन्त्रालयले केही गुनासा भएमा स्थानीय तहमा जानकारी गराउन मन्त्रालयले अनुरोध गरेको छ ।
निजी लगानीका विद्यालयले शुल्क, सार्वजनिक विद्यालयको भर्नासँग सम्बन्धित विषय तथा विद्यालयहरूमा पाठ्यपुस्तकको उपलब्धता र ब्रिकी वितरणका विषयमा जिल्ला तहमा आवश्यक परामर्श र सहजीकरण समेत गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत नियमित रूपमा जानकारी पठाउन समेत भनेको छ ।
चैत १८ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा...
मंसिर ८, काठमाडौं । सामान्यतया कम्तिमा आम्दानीको २० प्रतिशत बचत गर्नुपर्ने कुरा बचतको नियमले...
असार ३१,काठमाडौं। शहरी विकासमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले देशको तस्बिर...
बैशाख २४, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम...
बैशाख २१, काठमाडौं । फिनल्यान्डमा नेपाली रेस्टुरेन्ट प्रवर्द्धनमा सक्रिय र गैरआवासीय नेपाली...
पुष २०, पर्वत । कुश्मा नगरपालिकाले नगरभित्रका १३ विद्यार्थीका लागि छात्रवृत्तिस्वरूप झण्डै...
मंसिर २३, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा १० हजार भन्दा बढी...
साउन १, नवलपुर । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाभित्रका विद्यालयमा गरिएको अध्ययनले यहाँ...
►मीना घोरसाइने चैत २०, काठमाडौँ–१६ का कक्षा ६ मा अध्ययनरत प्रविन चापागाईं टिभि र मोबाइल...