Advertisement
Advertisement
Advertisement
Advertisement

मासिक ३ हजार जम्मा गर्दा ३० वर्षमा यसरी बन्न सकिन्छ करोडपति, कति खर्च गर्ने, कति बचत गर्ने ?

  |      13:15:00   |  
web image
web image
मंसिर ८, काठमाडौं । सामान्यतया कम्तिमा आम्दानीको २० प्रतिशत बचत गर्नुपर्ने कुरा बचतको नियमले भन्ने गर्दछ । तर तपाईंको परिस्थितिले संधैभर यसरी बचत भइरहेको हुँदैन । त्यसो भए के गर्ने त ?
 
आजभोलि धेरै सर्वसाधारणहरु कति खर्च गर्ने, कति बचत गर्ने ? भन्ने अन्यौलमा परिरहेका हुन्छन् । अधिकांशले भन्ने गर्छन्, ‘ कमाई त हुन्छ तर बचत नै हुँदैन ।’हो, आज यसबारे जानकारी दिन वित्तीय सचेतना श्रृंखलामा चार ओट टिप्स दिने प्रयास गरेका छौं ।यदि तपाईं भविष्य सुरक्षित गर्न चाहनुहुन्छ भने आजैदेखि बचत र लगानीतर्फ लाग्नुहोस । बचत नै भोलिको सबैभन्दा महत्त्वपूर्ण र सुरक्षित भविष्य हो । लगानी नै एकमात्र माध्यम हो जसले तपाईको सम्पत्तिलाई छिटोछिटो बलियो बनाउँछ ।
 
विज्ञहरूका अनुसार यसका लागि प्रत्येक व्यक्तिले आफ्नो आम्दानीको कम्तीमा २० प्रतिशत बचत गर्नुपर्छ । तर जसको तलब पहिले नै थोरै छ र जसको काँधमा ठूलो जिम्मेवारी छ, उनीहरूले कति खर्च गर्ने र कति बचत गर्ने भन्ने यक्ष प्रश्नको सामना गरिरहेका हुन्छन् ।
 
यदि तपाईं पनि यस्तै परिस्थितिको सामना गर्दै हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन। तपाईले २० प्रतिशत बचत गर्न सक्नुहुन्न भने पनि केहि त बचत पक्कै गर्न सक्नुहुन्छ । अव यो सानो बचतलाई लगानी गर्ने तर्फ लाग्नुहोस् । हुन त बचत अनुपात पनि परिस्थिति अनुसार फरक हुन सक्छ। यदि लामो समयसम्म निरन्तर बचत र लगानी गरिरहनु हुन्छभने, तपाईंले सानो बचतबाट पनि ठूलो पैसा कमाउन सक्नुहुन्छ।
 
त्यसो भए कसरी गर्ने त ?सर्वप्रथम तलका चार ओटा प्रमुख पक्षहरुसँग आफ्नो स्थितिको मुल्यांकन गरौं । 
१.यदि तपाईको तलब  मासिक ३० हजार रुपैयाँ मात्र छ र तपाई नै परिवारको कमाउने प्रमुख व्यक्ति हुनुहुन्छ। यसमा पनि तपाईंको काँधमा ४ देखि ५ जना व्यक्तिको जिम्मेवारी छ भने, यो अवस्थामा  त्यति तलबले २० प्रतिशत बचत गर्न पक्कै पनि धेरै गाह्रो छ  । किन कि दिनप्रतिदिन बढ्दै गएको मंहगी र सहरिया जिवनयापनले गर्दा सर्वसाधारणको ढाड सेक्दै गएको छ । महंगीको यो युगमा यो तलब धेरै हुँदै होइन । 
 
२. तपाईं बस्ने ठाउँले पनि बचत निर्धारण गर्दछ। यसमा तपाई अनि परिवारका सदस्यको खर्च गर्ने बानीमा पनि भर पर्छ। गाउँभन्दा शहर महँगो हुन्छ । शहर जति ठूलो हुन्छ, तपाईंको खर्च पनि त्यति नै ठूलो हुन्छ। यस्तो अवस्थामा, तपाईंको बचत पनि यसमा निर्भर हुन्छ नै।
 
३. बचत परिवारको आवश्यकतामा भर पर्छ। तपाईको घरमा कति जना बुढापाका वा बालबालिका छन्, उनीहरुको उपचार वा पढाइ आदि खर्च पनि धेरै हुन सक्छन् । यसबाहेक घरमा कसैको विवाह आदिको जिम्मेवारी छ भने त त्यसको खर्च पनि ठूलो हुन्छ । यी जिम्मेवारीहरूको बीचमा बचतको अनुपात घट्न सक्छ।
 
४. बचत पनि घरमा कति जनाले कमाउँछन् भन्ने कुरामा भर पर्छ। यदि सम्पूर्ण परिवारको जिम्मेवारी तपाईंमा छ भने, यसले तपाईंको बचतलाई असर गर्न सक्छ। तर घरमा एकभन्दा बढी मानिस कमाउने भएमा भने जिम्मेवारी बाँडफाँड गरेर राम्रो बचत गर्न सकिन्छ।
 
यस्तो अवस्थामा अब के गर्ने त?
यदि तपाईं यी परिस्थितिहरूमा फस्नु भएको छ भने, कुनै पनि हालतमा बचत गर्नुपर्छ। यदि तपाई रकमको २० प्रतिशत बचत गर्न सक्नुहुन्न भने, तपाईंले कम्तिमा १०, ७ वा ५ प्रतिशत बचत गर्नुपर्छ।’ तर जसरी पनि बचत गर्नुहोस् र यसलाई कतै लगानी गर्न चाहिं नबिर्सनुहोस। अवस्था र समय कसैको लागि पनि संधै एकनास हुँदैन । समयसँगै तपाईको परिस्थिति पनि परिवर्तन हुन्छ ।तर तपाईको आम्दानी पनि बढ्न सक्छ,आम्दानी बढेमा तपाईले बचत र लगानी पनि बढाउन सक्नुहुन्छ।
 
३० हजार मासिक तलबले पनि करोडौं रुपैयाँ जोडिन्छ 
यदि ३० हजार रुपैयाँको तलबको १० प्रतिशत बचत गरी सिस्टेमेटिक इन्भेष्टमेन्ट प्लान(एसआईपी) मा लगानी  गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले प्रतिमहिना ३ हजार रुपैयाँ लगानी गर्नुपर्नेछ। यदि तपाईं यसमा ३० वर्षसम्म निरन्तर जारी राख्नुहुन्छ भने, औसतमा १२ प्रतिशतले कम्तिमा १ करोड ५ लाख ८९ हजार ७४१ रुपैयाँ प्रतिफल पाउनुहुन्छ। जबकि तलबको ७ प्रतिशत बचत गरेमा महिनामा २ हजार १०० सय लगानी गर्नुपर्नेछ । यसबाट ७४ लाख १२ हजार ८१८ रुपैयाँ प्रतिफल पाउन सकिन्छ ।
 
त्यति पनि बचत गर्न नसके कम्तिमा ५ प्रतिशत अर्थात् १ हजार ५०० रुपैयाँ बचत गर्न सकिन्छ । यदि तपाईंले ३० वर्षसम्म लगातार  १ हजार ५०० रुपैयाँ जम्मा गर्नुभयो भने पनि १२ प्रतिशत रिटर्नमा ५२ लाख ९४ हजार ८७१ रुपैयाँ थपिनेछ। यसरी थोरै तलबमा पनि आफ्नो भविष्य सुरक्षित गर्न सकिन्छ । 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement