Advertisement
Advertisement
Advertisement
Advertisement

अध्ययन गर्ने कुरामा छोरा भन्दा छोरी अगाडी

  |      16:01:00   |  
web image
web image

साउन १, नवलपुर । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाभित्रका विद्यालयमा गरिएको अध्ययनले यहाँ छात्रामा सिकाइ उपलब्धि बढी भएको पाइएको छ । नगर शिक्षा शाखाले गरेको अध्ययनमा छात्रमा भन्दा छात्रामा सिकाइ उपलब्धि बढी भएको पाइएको हो । शिक्षा शाखा प्रमुख उपसचिव बालकृष्ण चापागाईंका अनुसार नगरभित्रका कक्षा ५ मा अध्ययन गर्ने ११ सामुदायिक र सात संस्थागत विद्यालयका ५१६ छात्रछात्रालाई नमूना सर्वेक्षणका लागि लिइएको थियो । यहाँ ३० सामुदायिक र १६ संस्थागत विद्यालयमा एक हजार ५३४ विद्यार्थी छन् । गणित र विज्ञान विषयको सिकाइ उपलब्धिका बारेमा सर्वेक्षणमा सामुदायिक विद्यालयमा भन्दा संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको नतिजा राम्रो देखिएको चापागाईले बताउनुभयो । 

अध्ययनका क्रममा गणितमा ३९।७ प्रतिशत र विज्ञान विषयमा ४५।१७ प्रतिशत सिकाइ उपलब्धि हासिल भएको चापागाईले बताउनुभयो । प्राप्त सिकाइ उपलब्धिमा सामुदायिकतर्फ गणित विषयमा ३५/७ प्रतिशत तथा संस्थागततर्फ ४३/२ प्रतिशत पाइएको छ । त्यस्तै विज्ञान विषयमा सामुदायिकतर्फका विद्यार्थीको सिकाइ उपलब्धि ३४/८ प्रतिशत रहँदा संस्थागततर्फ ५४/४५ प्रतिशत सिकाइ उपलब्धी हासिल भएको शाखा प्रमुख उपसचिव चापागाईले बताउनुभयो । 

गैँडाकोट नगरपालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यसहित शिक्षा युवा तथा खेलकूद शाखाको आयोजनामा भएको सार्वजनिक शिक्षा सवलीकरण कार्यशालामा वडाध्यक्ष सामुदायिक विद्यालयको नजिता सुधारका लागि लाग्नुपर्नेमा जोड दिइएको छ । नगर प्रमुख छत्रराज पौडेलले वडाध्यक्षलाई नै सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बनाउने गरी शिक्षा विधेयक पास भएको भन्दै सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा काम गर्न आग्रह गर्नुभयो । सो छलफलका क्रममा गैँडाकोट–५ का वडाध्यक्ष नवराज कँडेलले वडाका सामुदायिक विद्यालयबाट प्रदान गरिने शिक्षालाई थप गुणस्तरीय बनाउनका लागि विद्यालयमा राम्रो विद्यार्थी उत्तीर्ण हुने विषय शिक्षकलाई प्रोत्साहन गर्न सम्मान तथा पुरस्कारको व्यवस्था गर्ने बताउनुभयो । पछिल्लो समय लामो समयको बन्दाबन्दीका कारण विद्यार्थीको पढाइमा नै प्रभाव परेकाले यसतर्फ अभिभावकले ध्यान दिनुपर्ने पूर्व जिल्ला शिक्षा अधिकारी खड्ग कमालले बताउनुभयो । यो खबर राससले प्रकाशित गरेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement