बैशाख २१, काठमाडौं । फिनल्यान्डमा नेपाली रेस्टुरेन्ट प्रवर्द्धनमा सक्रिय र गैरआवासीय नेपाली संघ संस्थापकको हैसियतमा रहेका रेस्टुराँ हिमालयका सञ्चालक देवीदत्त शर्मा खरेल र उनकी श्रीमती मञ्जुविरुद्ध दर्ता भएको मुद्दामा अदालतले शुक्रबार पीडितका पक्षमा फैसला सुनाएको हो । वर्षौंसम्म तोकिएको तलब सुविधा नदिइएको, मानसिक–शारीरिक प्रताडना र अमानवीय व्यवहार गरिएको भन्दै दोलखा मैनापोखरीकी तारा थापा र गुल्मी आँपचौरका दिल खरेलले मुद्दा दायर गरेका थिए ।
अदालतले शर्मा दम्पतीलाई २० महिना ऐच्छिक जेलको सजाय सुनाएको छ । तर, यसको हकमा ऐच्छिक भन्दै शर्मा दम्पतीको अबको गतिविधि हेरेर ठगी तथा मानव तस्करीका अरू प्रकरण बाहिर नआएको खण्डमा ‘पुनर्विचार’ हुन सक्ने भनिएको छ ।
अदालतले पीडित थापालाई झन्डै २ करोड ४० लाख रुपैयाँ ९१ लाख ६५ हजार ६ सय ५८ युरो० र खरेललाई झन्डै १ करोड ८२ लाख रुपैयाँ ९१ लाख २५ हजार ६ सय ९१ युरो० क्षतिपूर्ति रकम भराउन आदेश दिएको छ । यसबाहेक अपमान, मनोवैज्ञानिक क्षति र जरिवानाबापत दुवै कामदारलाई झन्डै ४० लाख रुपैयाँ तिर्नुपर्ने फैसलामा उल्लेख छ ।