Advertisement
Advertisement
Advertisement
Advertisement

नाइजेरियाका साठी लाख गर्भवती तथा बालबालिकालाई मानवीय सहयाता आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घको भनाई

  |      18:07:00   |  
नाइजेरियाका  साठी लाख गर्भवती तथा बालबालिकालाई मानवीय सहयाता आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घको भनाई

मंसिर १५, काठमाडौं। संयुक्त राष्ट्रसङ्घले विगत लामो समयदेखि हिंसा जारी रहेको नाइजेरियाका महिला तथा बालबालिकाका लागि मानवीय सहयताको आवश्यकता रहेको बताएको छ ।

यहाँका बालबालिका र खासगरी पछिल्लो समयमा गर्भवती महिलाहरुमा खाद्यान्न तथा आवश्यक पोषण पुग्न नसकेकोले उनीहरुको अवस्था निकै नै नाजुक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घले बुधबार यहाँका कम्तीमा पनि ६० लाख महिला र बालबालिकामा यस्तो समस्या रहेकाले यसका लागि आवश्यक रकम सहयोग गर्नुपर्ने पनि बताएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले नाइजेरियाका हिंसाग्रस्त क्षेत्रहरुका महिला, गर्भवती महिला र बालबालिकाको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको बताए ।

उनले यहाँका पाँच लाख भन्दा बढी गर्भवतीले आवश्यक पोषणयुक्त खाद्यान्न नै खान नपाएको बताए । उनीहरुका साथै बालबालिकाका लागि नाइजेरिया सरकार, विश्वका अन्य देश र दाता संस्थाहरुसँग आवश्यक सहयोग रकमका लागि आग्रह गरिएको प्रमुख प्रवक्ता डुजारिकले बताए ।

विशेषगरी उत्तरी नाइजेरियाली क्षेत्रमा यस वर्षको मनसुनी वर्षाका कारण खेतीयोग्य जमिन पनि नष्ट हुन पुगेको तथा यहाँ हिंसाका कारण समेत नागरिकहरु प्रभावित भएकाले उनीहरुलाई अहिलोका लागि खाद्यान्नकै समस्या उत्पन्न भएको उनले बताए ।

सन् २०२२ को मे महिनादेखि नै ती उत्तरी क्षेत्रमा खाद्यान्न अभाव रहेको र यहाँका बालबालिकाले कुपोषणको समस्या झेल्दै आएका पनि उनले बताए । संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमले केही रकमको व्यवस्था गरी हाललाई यहाँका दश हजार घरपरिवारका मानिसलाई खाद्यान्नको जोहो गरिरहेको भए पनि यो पर्याप्त नरहेकाले थप सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको हो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement