कात्तिक २४, काठमाडौं। राति सुत्नुभन्दा पहिले टाउकोसंग जोडिएका धेरै समस्याहरु हुन्छन् । राति सुत्नुभन्दा पहिले कपालमा तेल लगाएर सुत्दा दिनभरिको थकान र तनाबाटमुक्त हुन सकिन्छ । तर यसलाई उपयोग गर्नको लागी सहि तरिका अपनाउनु पर्दछ
तेलले मालिस गर्ने सहि तरिका
सबैभन्दा पहिले तेल मालिस राम्रोसंग भयो भने मात्रै शरीरमा यसको फाइदा हुन्छ र तनाव बाट मुक्त रहन सकिन्छ । तेल मालिस गर्नको लागी सबैभन्दा पहिला आफुलाई मन परेको तेललाई हल्का तताउनु पर्दछ ।
यस्तो गर्दा तेल कपालमा राम्ररी पस्दछ । तेल लाई थोरुै तताएपछि त्यस्लाई टाउको देखी खुट्टा सम्म राम्ररी लगाउनुपर्दछ । यसपछि सर्कुलेशन मोडमा करिब १० देखि १५ मिनेटसम्म हलुका हातले मालीस गर्नुपर्दछु र यसपछी कपाललाई लुज बांधेर बिहान स्याम्फुले नुहाउन पर्दछ ।
मालिसले हराउंछ तनाब
-टाउकोमा दैनिक तेलले मालिस गर्नाले कपाल झर्नबाट रोक्दछ ।
-कपालको राुक्खोपनलाई हटाएर कपाललाई नरम बनाउछ ।
-तेलले मालिस गर्नाले कपालको चाया पनि हटदछ ।
-तेलले मालिस गर्नाले समय अथावा व्यक्तिको उमेरभन्दा अगाडि फुल्न बाट यसले जोगाउंदछ ।