Advertisement
Advertisement
Advertisement
Advertisement

सुदूरपश्चिममा ढिलो मनसुन शुरु

  |      12:48:00   |  
web image
web image

–सिद्धराज भट्ट
साउन ४, कञ्चनपुर । सुक्खा मौसमले चिन्तित कैलाली र  कञ्चनपुर जिल्लाका किसान साउन लागेसँगै भएको मनसुनी वर्षाले खुशी भएका छन् ।  ती दुई जिल्लामा असार महिनाभरी पर्याप्तमात्रामा वर्षा हुन नसक्दा खडेरीले धान बालीमा प्रतिकूल असर पुगेको जनाउँदै किसान चिन्तित देखिएका थिए । “पर्याप्त पानी नपर्दा धान रोपाइँ गरिएको खेतमा चिरा परेर बाली बिग्रिन लागेको चिन्ता थियो”, धनगढी उपमहानगरपालिका–१३ किसान मोहन पाण्डेयले भने, “साउन लागेसँगै पर्याप्त वर्षा भएपछि अब बाली सप्रिने आशा जगाएको छ ।”  

 भरपर्दो सिँचाइ सुविधाको अभाव झेल्दै आएका ती जिल्लाका अधिकांश किसान आकासको पानीको भरमा धान रोपाइँ गर्दछन् । पर्याप्त पानी नहुँदा धान खेतमा झारपात उम्रिने र रोग किराको समस्या देखिने चिन्ता तीन दिनयता वर्षा भइरहँदा हटेको किसान अमरबहादुर चौधरीले बताए ।

नेपालमा मनसुन वर्षेनी जुन १० मा प्रवेश गरेर सेप्टेम्बर २३ सम्म रहने गर्छ । सुदूरपश्चिम प्रदेशमा भने केही दिन ढिलो मनसुन प्रवेश गर्ने गर्दछ । यस वर्ष भने जुन १० गते नै मनसुन प्रवेश गरे पनि पर्याप्त वर्षा हुन नसक्दा प्रदेशका तराईका जिल्लामा असार महिनामा सुक्खा र खडेरीको मौसम देखिएको थियो ।

 प्रदेशका पहाडी जिल्लामा भने मनसुनी वर्षाको प्रभाव तराईका जिल्लाको तुलनामा केही बढी देखिएको थियो । तराईमा देखिएको सुक्खा मौसमसँगै भएको उखरमाउलो गर्मीले जनजीवन पनि नराम्रोसँग प्रभावित भएको थियो । अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयले यस वर्ष मनसुन समयमै भित्रिएको भए पनि पश्चिमी वायुको प्रभावका कारण कैलाली र कञ्चनपुरलगायतका क्षेत्रमा जुन १० देखिको एक महिनासम्म ठूलो मनसुनी वर्षा हुन नसकेको जनाएको छ । 

 “मनसुन जुन १० मा भित्रिएको भए पनि पश्चिमी वायुको प्रभावका कारण ठूलो वर्षा हुन सकिरहेको थिएन”, कार्यालयका सूचना अधिकारी सिङ्गल चौधरीले भने, “साउन लागेसँगै ठूलो वर्षा भइरहेको छ ।”  यस वर्ष गएको जुन १० देखि जुलाई १० सम्मको एक महिनामा जम्मा ३८० मिलीमिटर वर्षाको मापन भएको थियो । जबकी पछिल्लो पाँच दिनमै २९४ दशमलव पाँच मिलीमिटर वर्षा मापन भएको छ । गत वर्षको जुलाई १० सम्म पनि ठूलो वर्षा हुन सकेको थिएन । सुदूरपश्चिम प्रदेशको अत्तरिया, डडेलधुरा र दिपायलमा जल तथा मौसम विज्ञान विभागका फिल्ड कार्यालय सञ्चालनमा छन् ।

 वर्षेनी जलवायुमा भइरहेको परिवर्तनका कारण चाहिएको समयमा वर्षा नहुने, वर्षा भइहालेमा बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने बताइएको छ । यसैगरी बेमौसमा चक्रवात र आँधीबेहरीको समस्या देखिने, बालीमा विभिन्न रोगको सङ्क्रमणको समस्याका साथै मित्र जीवभन्दा शत्रु जीवको समस्या बढी हुने जस्ता समस्या देखिन थालेको छ ।

- रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement