Advertisement
Advertisement
Advertisement
Advertisement

थुम्कावासीको खानेपानी सपना पूरा हुँदै

  |      13:45:00   |  
web image
web image

असार २९, बागलुङ । एक समय थियो तिर्खा मेट्न बागलुङको थुम्कावासी कुवा धाउँथे । पानी जोहो गर्दैमा बिहान बित्थ्यो । सबैभन्दा ठूलो सास्ती गृहिणीले व्यहोर्थे ।   अहिले त घरघरै धारा, चाहिएजति पानी । थुम्काको मात्र होइन, गलकोट नगरपालिका–२ नरेठाँटीका सबै गाउँबस्तीको खानेपानी सपना अब पूरा हुँदैछ । गाउँलेको दैनिकी बदलिँदै छ ।

‘एक घर, एक धारा’को लक्ष्यसहित चार वर्षअघि शुरु भएको ‘जसपुर–घामपानी–मसरा’ खानेपानी तथा सरसफाइ आयोजनाले नरेठाँटीको खानेपानी समस्या सधैंका लागि अन्त्य गर्ने भएको हो ।

घरघरै खानेपानी आएपछि सुविस्ता भएको थुम्काकी दुर्गादेवी भण्डारीले बताइन् । ‘पानीको साह्रै दुःख थियो, अहिले त धेरै सहज भएको छ,’ उनले भनिन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, बेनी, म्याग्दीअन्तर्गत २१ करोड ५२ लाख रुपैयाँको लागतमा उक्त आयोजनाको काम भइरहेको छ ।

आयोजनाका इञ्जिनियर प्रदीप रेग्मीले आगामी आर्थिक वर्षभित्र काम सक्ने लक्ष्य लिइएको बताए । ‘आयोजनाको भौतिक प्रगति राम्रो छ, सरासर काम भए एक वर्षमा सबै घरधुरीमा खानेपानी पुग्छ,’ उनले भने ।

ट्याङ्की निर्माणको काम लगभग सकिएकाले अहिले पाइप विछ्याउने र खानेपानी वितरणमा आयोजनाको काम केन्द्रित छ । आयोजनाका सुपरभाइजर मणि कँडेलले ठूलासाना गरी २६ वटा ट्याङ्की निर्माण भइसकेको जानकारी दिए । १० देखि ५० घनमिटरसम्मका ट्याङ्की बनाएर खानेपानी वितरणको प्रबन्ध मिलाइएको छ । नरेठाँटी बजार र आकाशे पानीमा ५० घनमिटरको ट्याङ्की निर्माण गरिएको छ ।

भूगोल र जनसंख्याको अवस्थिति हेरेर ट्याङ्की निर्माण गरिएको हो । आयोजनाबाट लाभ पाउने ६५० घरधुरीमध्ये दुई सय बढीमा खानेपानी वितरण भइसकेको सुपरभाइजर कँडेलले बताए । ‘अब पाँच(सातवटा ट्याङ्की निर्माण गर्न बाँकी छ, अहिले मुख्य रुपमा पाइप बिछ्याउने र खानेपानी वितरणको काम भइरहेको छ,’ उनले भने ।

उपभोक्ताले मिटर प्रणालीबाट खानेपानीको उपभोग गरिहेको आयोजनाले जनाएको छ । छिट्टै ठाना, बहेली र घरघरमा खानेपानी वितरणको काम शुरु हुँदैछ । यसअघि नरेठाँटी बजार, पैंयूडाँडा, थुम्का, जस्कुरलगायतका बस्तीमा खानेपानी पुगिसकेको छ । हालसम्म झण्डै दश करोड बराबरको काम सकिएको उपभोक्ता समितिले जनाएको छ । समितिमार्फत बाँस्तोला निर्माण सेवाले कामको जिम्मा लिएको छ ।

- रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement