असार २५, ललितपुर । लकडाउनको वेलामा पनि निरन्तर स्वास्थ्यकर्मिको नजरमा रहनुपर्ने गर्भवती तथा सुत्केरीहरुका लागि कोभिड १९ कारण चैत ११ गतेदेखि शुरु भएको 'आमाको माया'एप्स अत्यन्तै प्रभावकारी सावित भएको छ ।
देशमा बन्दाबन्दी शुरु भएपछि उचित समयमा सजिलै स्वास्थ्य उपचार पाउन नसकेका गर्भवती तथा सुत्केरीहरुले मोबाइलमै 'आमाको माया' एप्स डाउनलोड गरेर आफ्नो समस्या, अवस्था र जिज्ञासा मेटाउन सकिने आमाको माया कार्यक्रमका संस्थापक अध्यक्ष राजेन्द्र पौडेलले जानकारि दिएका छन् । यस्तै, बन्दाबन्दीका कारण गर्भवती, सुत्केरी तथा नवजात शिशुहरुको अवस्था अति नै जोखिममा पर्ने देखिएपछि 'आमाको माया' कार्यक्रम संचालनमा ल्याएको पौडेल बताउँछन् ।
कोभिड १९ का कारण बढ्ने अन्योल र एकान्तवासको समस्यालाई समाधान गर्न र २४ सै घण्टा जोखिमको स्थितिमा रहेका आमाहरुलाई स्वास्थ्यकर्मिको निगरानिमा राख्न 'आमाको माया' एप्स शुरु भएको हो । बन्दाबन्दीले बढाएको अहिलेको असहज स्थितिमा गर्भवती तथा सुत्केरीहरुले आफ्नो स्वास्थका लागि यो एप्स मार्फत अधिक लाभ लिन सक्छन् ।