Advertisement
Advertisement
Advertisement
Advertisement

बालबालिकामा कोरोनाको डरः अभिभावकले समय दिनुपर्ने सुझाव

  |      17:36:00   |  
बालबालिकामा कोरोनाको डरः अभिभावकले समय दिनुपर्ने सुझाव

असार ६, घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका–६ का कक्षा ७ मा अध्ययनरत १४ वर्षीय साजन विक एक महिनादेखि चिन्तित हुनुहुन्थ्यो । साजनका मनमा  एक किसिमको डर थियो  कोरोना । 
लामो समय घरमै बसिरहँदा तथा कोरोनासम्बन्धी रेडियोमा आएका  विभिन्न समाचार सुनेर मनमा लागेको डरका कारण सबैको जिन्दगी सकिन्छ भन्ने मनोभाव लिएर करीब एक महिना चिन्तामा बस्नुभएका उहाँका अभिभावकले अनेक प्रयासले सम्झाएपछि बल्ल उहाँ निडर बन्न थाल्नुभएको छ  । कोरोना अरू रोग जस्तै सामान्य भएको र  मानिस सञ्चो  भएको कुरा सुनेर अहिले साजन त्यत्ति चिन्ता लिनुहुँदैन । 
भारतबाट अभिभावकसँगै फर्किनुभएकी घोडाघोडी नगरपालिका–५ की १२ वर्षीया चौधरीले क्वारेन्टिनमा अभिभावकसँगै दुई हप्ता बसेर घर फर्कँदा कैदी थुनिने कारागार बसेर आएझैँ लागेको बताउनुभयो । क्वारेन्टिनमा बस्दा सँगै बसेकाहरूले कोरोनाले सबैलाई सिध्याउँछ के गर्ने होला भनेको सुनेदेखि चौधरीलाई कोरोना एकदमै खतरनाक रहेछ भन्ने लागेको थियो । कोरोना लागेकै कारण आफूहरूलाई क्वारेन्टिनमा राखेको होला भन्ने सोचले पिरोलिने चौधरी अभिभावक र स्वास्थ्यकर्मीले सम्झाएपछि चिन्ता कम बनाएको बताउनुहुन्छ ।    
  कोरोनाका कारण बालबालिकाको मानसपटलमा परेको असरबारे यी दुई घटना उदाहरण मात्र हुन् । नेपालमा पछिल्लो समय आक्रामक रूपमा बढ्दै गइरहेको कोरोना भाइरस सङ्क्रमणका कारण लामो समय बन्दाबन्दीले विद्यालय बन्द भई घरभित्रको बास तथा क्वारेन्टिनमा बस्नुपर्दा बालबालिकाको मनोविज्ञानमा असर पर्ने भएकाले यसतर्फ सचेत रहन सरोकार भएकाहरुले आग्रह गरेका छन् । 
कोरोनाको त्रासले बालबालिकामा विभिन्न किसिमका समस्या उत्पन्न हुन सक्ने मनोविमर्शकर्ता सीता भण्डारी बताउनुहुन्छ । सङ्क्रमण जोखिमका कारण  शैक्षिक संस्था अझै  केही समय बन्द हुने  भएको, लकडाउनका कारण असहज बन्दै गएको जनजीवन आगामी केही महिनासम्म पूर्णरुपमा सहज नहुने  भएको, यसबीच बालबालिकाको दैनिक जीवन सामान्यावस्थामा फर्कने अवस्था नदेखिएको  तथा ती लामो समय क्वारेन्टिन र आइसोलेशनमा रहँदाको तनावसमेत थपिँदा गम्भीर परिणाम देखिन सक्ने भण्डारीको भनाइ छ  । 
लामो समय विद्यालय बिदा भई घरमै बसिरहँदा र क्वारेन्टिनको तनावपूर्ण वातावरणले बालबालिकाको व्यावहारिक, भावनात्मक र सामाजिक विकासमा नकारात्मक असर पु¥याउने हुँदा उनीहरूसँग मित्रवत् व्यवहारका साथै अभिभावकले बढी समय दिनुपर्ने मनेविमर्शकर्ता भण्डारीको तर्क छ । बालबालिकामा  कोरोनाका कारण सबै बर्वाद हुन्छ, सबै सकियो खत्तमै भयो भन्ने सोच पर्न नदिन अभिभावकको महत्वपूर्ण भूमिका रहने भण्डारी बताउनुहुन्छ ।  
 विद्यालय बन्द हुनाले सबैभन्दा ठूलो प्रत्यक्ष असर तिनमा परेको एसओएस बालग्राममा बालबालिकामा देखिने मानसिक समस्या सम्बन्धी परामर्श दिइरहनुभएका सहजकर्ता दिनेश भट्टराईको भनाइ छ । ‘बालबालिकाको विद्यालय कहिले खुल्छ, ठेगान छैन, उनीहरूको मनमा  विद्यालय नखुलेका कारण अनेक किसिमका भावना खेलिरहेका हुन्छन् र त्यसले  मनोविज्ञानमा असर पर्न सक्ने भएकाले उनीहरूलाई बढीभन्दा बढी सिर्जनशील काममा सक्रिय बनाउन अभिभावकले ध्यान दिनुपर्छ’,  भट्टराई सुझाव दिनुहुन्छ । 
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement