Advertisement
Advertisement
Advertisement
Advertisement

बालबालिकाबाट कोरोनाभाइरस फैलिन्छ ?

  |      11:16:00   |  
बालबालिकाबाट कोरोनाभाइरस फैलिन्छ ?

जेठ १६, काठमाण्डौ । के बालबालिकाले कोरोनाभाइरस फैलाउन सक्छन् रु उनीहरु स्वयंलाई यसको कति खतरा हुन्छ ?


यी प्रश्न यसकारण पनि महत्वपूर्ण हुुन्छन् कि लकडाउनपछि स्कुुलहरु पुनः सञ्चालन हुनेछन्। त्यसैले पहिलेदेखि नै यसबारे तयारी गर्नु बुद्धिमतापूर्ण हुन्छ। जसका कारण बालबालिकाले खतराको सामना गर्नु नपरोस्। 

अहिलेसम्म सार्वजनिक भएका अनुसन्धानहरुका अनुसार बालबालिकाको तुलनामा वयस्य र वृद्धवृद्धा सबैभन्दा बढी कोरोनाबाट प्रभावित भएका छन्। बेलायत, वेल्स् र उत्तरी आयरल्यान्डमा २४ अप्रिलसम्म आईसीयूमा भर्ना भएका कोरोना संक्रमितको औसत आयु ६० वर्ष थियो। 


वेल्स युुनिर्भसिटीका प्राध्यापक आडिल्या वारेस भन्छन्, “कोरोना संक्रमितहरु कुुल संख्यामा बालबालिकाको हिस्सा १ देखि ५ प्रतिशत रहेको छ। वयस्कको तुुलनामा बालबालिकामा कोरोनाको लक्ष्यण हल्का हुुने गर्दछ र मृत्युुको प्रतिशत पनि कम देखिएको छ।” 

अक्सफोर्ड युुनिर्भसिटीका प्राध्यापक म्याथ्यु सनिप बालबालिका र कम उमेरका मानिसहरुमा कोरोनाभाइरसको प्रभाव कस्तो हुुन्छ भनेर अध्ययन गरिरहेका छन्। उनका अनुुसार बालबालिकाले कोरोनाभाइरस फैलाउन सक्छन कि सक्दैनन् भन्नेबारेमा अहिलेसम्म एकदमै कममात्रै जानकारी प्राप्त भएको छ। 

साउथ ह्यामिल्टन युनिर्भसिटीमा महामारी रोग विशेषज्ञका रुपमा कार्यरत प्राध्यापक सिविल फास्ट भन्छन्, “अहिलेसम्म देखिएका आँकडाअनुसार बालबालिकामा कोरोनाभाइरसको लक्षण कम हुने गर्दछ।” 

फास्टका अनुुसार बालबालिकामा कोरोनाभाइरस फैलनुुको कारण फरक–फरक हुुन सक्छ। यस्ता रिपोर्टहरु पनि अगाडि आएका छन् कि केही बालबालिका यसबाट बढी प्रभावित भएको देखिएका छन् तर पछि उनीहरुको शरीरमा प्रतिरोधात्मक क्षमता विकास पनि भएको पाइएको छ। 

बेलायत, अमेरिका र युुरोपका धेरै जसो बालबालिका कोरोनाजस्तै कावासाकी भन्ने रोगबाट प्रभावित बनेको देखिएको छ। कावासाकी र कोरोनाको लक्षण एउटै जस्तै हुने गर्दछ। यो रोगबाट प्रभावित बालबालिकामा तीव्र ज्वरो, कम रक्तचाप र सास फेर्नमा समस्या आउने गर्दछ। 

विशेषज्ञहरुका अनुुसार बालबालिकामा कोरोना संक्रमण देखिने त गर्दछ तर यसबाट बालबालिका गम्भीर हुुने सम्भावना भने कममात्रै हुने गर्दछ। यदि बालबालिका बिरामी छन् भने अन्य कारणले पनि हुन सक्छ। 

रोयल कलेजका अनुुसार बालबालिकामा केही लक्ष्यण देखिँदा डाक्टहरुको परामर्श लिनुु पर्दछ। जस्तै कि बालबालिकाको शरीरको रङ पहेँलो हुँदा, छुँदा उनीहरुको शरीर चिसो महसुस हुँदा, सास लिन गाह्रो हुँदा, ओठ नीलो हुँुदा र उनीहरुमा बेचैनी देखिँदा तरुन्तै मेडिकल सहायता लिनुपर्दछ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement