Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाभाइरस नेपाल: थप एक जनाको कोभिड-१९ का कारण मृत्यु, सङ्क्रमितको कुल सङ्ख्या ६८२ पुग्यो

  |      17:04:00   |  
कोरोनाभाइरस नेपाल: थप एक जनाको कोभिड-१९ का कारण मृत्यु, सङ्क्रमितको कुल सङ्ख्या ६८२ पुग्यो

जेठ १२, काठमाडौँ । नेपालमा थप एक जनाको कोभिड(१९ का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

यसअघि तीन जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको सरकारले बताएको थियो।

मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार बाराका ७० वर्षीय पुरुषको गत जेठ ४ गते उपचारका क्रममा मृत्यु भएको थियो। पछि उनीबाट सङ्कलित नमुनाको परीक्षण गर्दा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको उनले बताए।

ती व्यक्ति क्षयरोग र श्वासप्रश्वासको सम्सयाबाट पीडित भएको जानकारी पनि डा। देवकोटाले दिए।उनको अन्तिम संस्कार भइसकेको छ।

यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँके तथा र गुल्मीका एक(एक जनाको पनि मृत्यु पनि कोभिड(१९ सँग सम्बन्धित भएको जनाइएको थियो।

थपिए सङ्क्रमित
साथै मन्त्रालयले थप छ जनामा कोभिड(१९ देखिएको सोमवार अपराह्ण पुष्टि गरेको छ। यसअघि बिहान मन्त्रालयले ७२ जनामा कोभिड(१९ पुष्टि गरेको थियो।

सोमवार कोभिड(१९ पुष्टि भएका मृतकसहित अब सङ्क्रमितको कुल सङ्ख्या ६८२ पुगेको छ।

अहिलेसम्म ११२ जना निको भएर अस्पतालबाट बिदा भएका छन्।

डा। देवकोटाका अनुसार विगत २४ घण्टामा २,९०४ वटा परीक्षण पीसीआर विधिबाट गरिएको थियो। सोमवार अपराह्णसम्म कुल ५१,६४२ वटा परीक्षण भएका छन्।

अहिलेसम्मको तथ्याङ्कमा ४६,०२९ जना देशका विभिन्न स्थानमा क्वारन्टीनमा छन्। तीमध्ये सर्वाधिक प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा छन्।

को हुन् नयाँ सङ्क्रमितरु

मन्त्रालयका अनुसार बिहान पुष्टि भएका सङ्क्रमितमध्ये दैलेखमा फेला परेका सात जनामध्ये एक महिलाबाहेक अरू सबै पुरुष हुन्।

रौतहटका २६, बाराका २१, बाँकेका चार तथा धनुषा, कपिलवस्तु र काठमाण्डूका तीन(तीन जनामा पनि कोभिड(१९ पुष्टि भएको छ।

काठमाण्डूमा फेला परेका सङ्क्रमित टोखा र बूढानीलकण्ठ नगरपालिकाका हुन्।

कोरोनाभाइरसबाट कहाँ कति सङ्क्रमणरु कति मृत्युरु ृअन्तर्क्रियात्मक नक्सो
कोरोनाभाइरस परीक्षणका लागि सङ्घीय सरकारले दिएको सामानले ुपुग्दै पुगेनु
त्यसैगरी बारा र सप्तरीमा दुई(दुई जना तथा बर्दियामा एक जनामा पनि सङ्क्रमण देखिएको छ।

उनीहरू १६ देखि ५३ वर्ष उमेरका भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । 
बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement