Advertisement
Advertisement
Advertisement
Advertisement

सुत्केरीलाई आधा किलो गुँदपाक

  |      17:44:00   |  
सुत्केरीलाई आधा किलो   गुँदपाक
जेठ ११, ललितपुर । गोदावरी नगरपालिका वडा नं १० मा अवस्थित बज्रबाराही चापागाउँ अस्पतालले सोमबारदेखि बहिरङ्ग सेवा सञ्चालनमा ल्याउने जनाएको छ । 
 
गत आइतबार र सोमबार ¥यापिड परीक्षण गर्दा चार जनामा पोजेटिभ देखिएपछि सो अस्पतालले आकस्मिकबाहेक अन्य सेवा बन्द गरेको थियो । 
 
“चारैजनाको स्वाब परीक्षणको नतिजा नआएसम्म उहाँहरुलाई अस्पतालभित्र राख्याँै । अहिले उहाँहरु चारैजनाको नतिजा नेगेटिभ आएपछि भोलिदेखि अस्पताल सञ्चालन गर्ने योजना बनाएका छौँ ।” व्यवस्थापक मधुराम केसीले भन्नुभयो । 
 
उहाँले दुई हप्तासम्म  उनीहरुलाई सेल्फ क्वारेन्टिनमा घरभित्र बस्न आग्रह गरेको बताउनुभयो । गत आइतबार  ९६ र सोमबार ६४ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आइसकेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख शत्रुघन शाहले जानकारी दिनुभयो ।  “गत मङ्गलबार हामीले सातजनाको स्वाब सङ्कलन गरेको नतिजा भने आउन बाँकी छ”, उहाँले थप्नुभयो, “जोखिमलाई ध्यानमा राखी चापागाउँ अस्पतालभित्र हामीले १० श्ययाको आइसोलेशन वार्ड तयार गरेका छाँै ।” दक्षिण ललितपुरको तीन गाउँपालिकाको केन्द्रका रुपमा सो अस्पताल रहेको छ । सो अस्पतालले दैनिक १२आँै घण्टे सेवा दिने गरेको उहाँले जानकारी दिनुभयो । 
 
१५ श्यया रहेको सो अस्पतालमा प्रसूति तथा गर्भपतन सेवा सेवा समेत रहेको निमित सुपरटेन्डेण्ट डा किसन नेपालीले बताउनुभयो ।  
 
लकडाउन हुनुपूर्व दैनिक ४० देखि ५० जना बिरामी सेवा लिन आउने गरेका थिए ।  नगरपालिकाभित्र १८ स्वास्थ्य संस्था रहेका छन् । नगरपालिकामा १६ सामुदायिक र दुई आयुर्वेदिक स्वास्थ्य संस्था रहेका छन् । सो अस्पताल पहिलोपटक सञ्चालनमा आउँदा दातृ निकायको सहयोगमा बज्रबाराही सामुदायिक अस्पतालका रुपमा रहेको  उहाँले जानकारी दिनुभयो । 
 
सुत्केरीलाई आधा किलो गँुदपाक 
 
 
गोदावरी नगरपालिकाले कोरोनाको सम्भावित जोखिमलाई ध्यान दिँदै रु ५१ लाखको आकस्मिक कोष स्थापना गरेको छ ।  यहाँको ६ स्थान वडा नं ३ गोदावरी, ५ लेले, ६ आनन्दवन अस्पताल, ८ डुकुछाप ११ बज्रबाराही र १२ ठेचोबाट एम्बुलेन्स सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ । 
 
बन्दाबन्दीमा श्रमिक, एकल, अशक्त र मजदुरलाई राहत वितरण गर्नाका साथै ५५३ सुत्केरीलाई  आधा किलोका दरले गुँदपाक वितरण गरिसकेको छ । नगरपालिकाको आकस्मिक बैठकले कोभिड–१९ उपचारका क्रममा कोही कर्मचारी वा स्वास्थ्यकर्मी यसबाट सङ्क्रमित भई मृत्यु भएमा निजको परिवारलाई रु १० लाख उपलब्ध गराउनाका साथै निःशुल्क उपचार गरिदिनेसमेत निर्णय गरेको छ । 
 
बन्दाबन्दी अवधिभर स्वास्थ्य चौकीमा कर्तव्य निर्वाह गर्ने स्वास्थ्यकर्मी र टोल टोलमा खटाइएका स्वास्थ्यकर्मीलाई एक महिनाको २५ लिटरका दरले इन्धन र प्रतिदिन रु ५०० का दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णयसमेत गरिसकेको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो । “बन्दाबन्दीमा जनतालाई परेको मुख्य समस्या समाधान गर्न हामीले ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ वितरण गरिरहेका छाँै ।” 
 
यसैगरी नगरपालिकाले २०४६ सालदेखि राम्रोसँग सञ्चालनमा नआएको पुरानो राजकुलो मर्मत तथा सम्भारको काम धमाधम अघि बढिरहेको छ । वडा नं ५ तिलेश्वर र वडा नं ६ तिनपाने भञ्ज्याङमा हेल्थ डेस्कको शुरुआत भएको जनाइएको छ । तिनपाने भञ्ज्याङको सडक कान्ति लोकपथअन्तर्गत पर्ने र यहाँबाट मानिस पैदल यात्रा गरी प्रवेश गर्न सक्ने भएकाले  सो काम अघि बढाएको जनाइएको छ ।
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement