Advertisement
Advertisement
Advertisement
Advertisement

सुत्केरीलाई पौष्टिक आहार बाँड्दै पोखरा महानगर

  |      14:00:00   |  
सुत्केरीलाई पौष्टिक आहार बाँड्दै पोखरा महानगर
►जमुनावर्षा शर्मा
वैशाख २२,  चिप्लेढुङ्गा कोभिड–१९ को जोखिम हुन नदिन जारी बन्दाबन्दी समयमा विशेष गरी सुत्केरीलाई पौष्टिक आहारको अभाव  हुन नदिन पोखरा महागरपालिकाले हर्र्लिक्स, घिउ र  रु ५०० प्रदानसहित घरदैलो कार्यक्रम शुरुआत गरेको छ । बन्दाबन्दीका समयमा सुत्केरी भएर घरमै बसेका, माइती जान नपाएका एवं आफन्तको भेटघाटबाट वञ्चित  ती महिलालाई खोजी गर्दै महानगरले अभिभावकीय भूमिका निभाएको हो । 
 
गत चैत ११ गतेपछि सुत्केरी भएका महानगरभित्रका महिलालाई भेट्ने र कोसेलीका रुपमा ती प्याकेज लिएर महानगरका कर्मचारी एवं जनप्रतिनिधि सुत्केरीको घरदैलोमा पुगेका हुन् ।  महानगरले पहिलो दिन आइतबार १८ जनालाई पौष्टिक आहार उपलब्ध गराएको छ । महानगरको हटलाइन नम्बर शनिबारसम्म २६ जनाले नाम टिपाइएको थियो । 
 
 महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले   ती महिलालाई आवश्यक पर्ने पौष्टिक आहारको अभाव भएको गुनासो आएपछि महानगरले रु एक हजार ५०० बराबरको प्याकेजसहित  रु ५०० दिने निर्णय गरी सुत्केरी भेटघाट कार्यक्रम गरेको जानकारी दिनुभयो  । “सुुत्केरी भएको समयमा महिलालाई पौष्टिक आहारको आवश्यक पर्छ, तत्कालका लागि हामीले हर्लिक्स, घिउ, तेल उपलब्ध गराएका हौँ, यसबाहेक केही आवश्यक सामग्री किन्न नगद रु ५०० उपलब्ध गराएका छौँ ।” उहाँले भन्नुभयो । 
 
उहाँले चैत ११ गतेपछि सुत्केरी भएका ४५ दिनसम्मका महिलालाई महानगरले पौष्टिक आहार उपलब्ध गराएको बताउनुभयो  । उहाँले भन्नुभयो,“सुत्केरी प्याकेजमा नाम टिपाउने सबैलाई उपलब्ध गराउने निर्णय भएको छ, यसलाई राहतका रुपमा भन्दा पनि सुत्केरी अवस्थालाई मध्यनजर गरेर वितरण गरेका हौँ ।” 
 
नाम टिपाएका सबैलाई घरघरमै सुत्केरीका लागि पौष्टिक आहार पु¥याउने उपप्रमुख गुरुङले बताउनुभयो । वडाका जनप्रतिनिधिको समन्वयमा महानगरका कर्मचारीसहित सुत्केरीको घरमै सामान पु¥याउन व्यवस्था गरिएको छ । आइतबार पोखरा ९, १० र १५ मा  वडाध्यक्ष, वडा सदस्य र महानगरका कर्मचारी पौष्टिक आहारसहित भेट्न पुगेका थिए ।  बन्दाबन्दी कारण दैनिक ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउने तथा विपन्न ३१ हजारभन्दा बढीलाई महानगरले राहत वितरण गरिसकेको जनाइएको छ ।
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement