Advertisement
Advertisement
Advertisement
Advertisement

काठमाण्डौमा लकडाउन खुकुलो हुने, निजी सवारी जोरविजोर प्रणालीमा चल्ने

  |      11:36:00   |  
काठमाण्डौमा लकडाउन खुकुलो हुने, निजी सवारी जोरविजोर प्रणालीमा चल्ने

बैशाख २०, काठमाण्डौ । भारतले लकडाउन २ हप्ताले लम्ब्याएसँगै नेपालमा के हुन्छ भन्ने उत्सुकता बढेको छ । कोरोनाको संक्रमण नदेखिएका काठमाण्डौ लगायतका क्षेत्रका बासिन्दाका लागि नेपाल सरकारले खुशीको खबर ल्याउँदैछ । त्यो हो लकडाउनलाई क्रमशः खोल्दै जाने।


नेपाल सरकारले समेत स्वास्थ्य विज्ञहरुको सहयोगमा जोखिमका आधारमा विभिन्न क्षेत्रहरुको मार्किङ थालेको छ । जसअनुसार नेपालमा समेत अब कोरोना जोखिमका आधारमा ग्रीन, एल्लो र रेड जोड निर्धारण गरिनेछ । 

यी तीन खालका क्षेत्रमध्ये ग्रीन जोनमा पर्ने क्षेत्रहरुमा बैशाख २६ गतेदेखि नै लकडाउन खुकुलो पार्न थालिने ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर९सिसीएमसी०’का एक सदस्यले जानकारी दिएका छन् । 


उनकाअनुसार अहिलेसम्मको अवस्थामा परिवर्तन भएन भने काठमाण्डौ उपत्यका पनि ग्रीन जोनमा पर्नेछ । किनभने यहाँ कोरोना संक्रमितको संख्या शून्य छ । यहाँको अस्पतालमा उपचार गराइरहेका विभिन्न क्षेत्रका कोरोना संक्रमितमध्ये अधिकांश यसअघि नै निको भएर घर फर्किसकेका छन् । 

‘काठमाण्डौ उपत्यका लगायत ग्रीन जोनमा पर्ने क्षेत्रहरुमा बैशाख २६ गतेपछि निजी यातायात खुल्ला गर्न सकिनेछ ।’ ती सदस्यले भने–‘एकैपटक सबै निजी सवारीलाई चल्न दिइन्न, जोरविजोर प्रणाली लागू गरेर निजी सवारीलाई चल्न दिइनेछ ।’ 

स्वास्थ्यविज्ञ समेत रहेका ती सदस्यका अनुसार निजी सवारीलाई जोरविजोर प्रणाली लागू गरेर चल्न दिइए पनि सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय उडान चाहि तत्काल खुल्ने छैन । 


यस्तै, सरकारले नेपालका ग्रीन जोनमै पर्ने क्षेत्रहरुमा समेत आन्तरिक लकडाउन मात्र खुकुलो पार्नेछ । उदाहरणका लागि काठमाण्डौ उपत्यकाबाट मानिसहरु तत्काल बाहिर जान पाउने  छैनन् भने बाहिरबाट समेत काठमाण्डौ उपत्यकामा मान्छेलाई प्रवेश गर्न दिइनेछैन । ग्रीन जोनमा पर्ने अन्य क्षेत्रमा समेत यस्तै प्रणाली अपनाइनेछ । 

यस्तै, जोखिम सबैभन्दा कम रहेका ग्रीन जोनमा पर्ने क्षेत्रहरुका अत्यावश्यक बाहेकका पसलहरु समेत खुल्ला गर्न दिइनेछ । तर, त्यस्ता ठाउँहरुमा सामाजिक दूरी कायम गर्नुपर्नेछ ।

यसैगरी, बैंक तथा वित्तीय संस्था यो क्षेत्रमा पूर्ण रुपमा खुल्नेछन् भने इकमर्स, उद्योग कलकारखानाहरु समेत शर्तसहित खुलाउन दिइनेछ।

त्यसपछि अवस्थाको विश्लेषण गरेर थप क्षेत्रहरु खुलाइने बताइएको छ । 

काठमाण्डौ बाहेक गण्डकी प्रदेशका अधिकांश क्षेत्र समेत ग्रीन जोनमा पर्नेछन् । यस्तै, कर्णाली प्रदेश, अधिकांश हिमाली तथा पहाडी जिल्ला समेत ग्रीन जोनमा पर्नसक्ने देखिएको ती विज्ञले जानकारी दिए। 

भारतसँग सीमा जोडिएका तराई क्षेत्रका प्रदेश तथा जिल्लाहरुमा भने तत्काल लकडाउन खुकुलो हुनेछैन । सो क्षेत्रमा बरु केही हप्ता अझै कडाई गरिनेछ । भारतसँग सीमा जोडिएका क्षेत्रहरुको लकडाउन भारतसँगको समन्वयमा मात्र खोलिनेछ, अर्थात भारतले जहिलेसम्म बढाउँछ, त्यो बेलासम्म नेपालले समेत बढाउनुपर्ने बाध्यता रहेको ती विज्ञले जानकारी दिए । 

प्रदेशका कुनै जिल्ला विशेषलाई ग्रीन जोनमा राख्ने जिम्मा प्रदेशस्तरमा गठित सिसीएमसीलाई दिइनेछ । त्यहाँका जिल्लाहरुको मार्किङ गरी केन्द्रको निर्देशनअनुसार लकडाउन खुकुलो बनाउने वा कडाई गर्ने भन्ने विषयमा निर्णय लिन प्रदेशहरु स्वतन्त्र हुनेछन् ।

एल्लो जोनमा रहेका क्षेत्रहरुमा भने निश्चित समय तोकेर पसलहरु संचालन गर्न दिने, केही घण्टा तोकेर सो अवधिमा मात्र आन्तरिक रुपमा निजी सवारीलाई चल्न दिने लगायतका रणनीति अपनाउन सकिने ती सदस्यले जानकारी दिए । 

सरकारको निर्देशनमा सिसीएमसी र स्वास्थ्य मन्त्रालयका विज्ञहरुले लकडाउनको मोडालिटीको विषयमा धमाधम गृहकार्य गरिरहेका छन्। 

कतिपय विज्ञले सरकारलाई बैशाख १६ गतेदेखि नै काठमाण्डौ लगायतका क्षेत्रको लकडाउन खुकुलो बनाउन सुझाव दिएका थिए । तर, सरकारले भने ती सुझावको उपेक्षा गर्दै १० दिनले लकडाउन लम्ब्याएको थियो । सरकारको पछिल्लो कदमलाई कतिपय विज्ञहरुले भने कोरोनाभन्दा पनि सत्तासँग जोडेर गरिएको निर्णय पनि भन्ने गरेका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement