Advertisement
Advertisement
Advertisement
Advertisement

खेतबारीबाटै तरकारी बिक्री भएपछि किसान खुशी

  |      14:47:00   |  
खेतबारीबाटै तरकारी बिक्री भएपछि किसान खुशी

वैशाख १५, वालिङ ।  तरकारी तथा कृषिजन्य उत्पादन खेतबारीबाटै बिक्री भएपछि यहाँका किसान खुशी भएका छन् । 

‘लकडाउन’का कारण उत्पादित तरकारी बजारमा लैजान नपाएका यहाँका किसानको तरकारी वालिङ नगरपालिकाले खेतबारीबाटै खरिद गरेपछि किसान खुशी भएका हुन् ।

लकडाउनका बेला अन्य जिल्लाबाट तरकारी ल्याउन नदिने र नगरपालिकाभित्रै उत्पादन भएका तरकारीलाई पहिलो प्राथमिकता दिएसँगै नगरभित्र उत्पादित तरकारीले बजार पाएको वालिङ कृषि शाखा प्रमुख केशबहादुर थापाले बताउनुभयो । “नगरपालिकाका १४ वटै वडामा व्यावसायिकरुपमा उत्पादन भएका तरकारीजन्य वस्तुको फार्ममै पुगेर तथ्याङ्क सङ्कलन ग¥र्यौं”, उहाँले भन्नुभयो, “उत्पादित तरकारी खरिद गरेर राहत वितरणको प्याकेजमा समावेश ग¥र्यौं भने अन्य वालिङ कृषि बजारमार्फत बिक्री वितरण भइरहेको छ ।”

बाहिरबाट तरकारी ल्याउँदा सङ्क्रमण फैलन सक्ने भएकाले पनि वालिङभित्रै उत्पादित तरकारीको बिक्री वितरणमा प्राथमिकता दिइएको छ । जसले गर्दा फाइदा यहीँका किसानलाई भएको शाखा प्रमुख थापाको भनाइ छ । 

नगरपालिकाले नगरभित्रका तरकारी उत्पादक फार्मसँग तरकारी खरिद गरेसँगै आफ्नो फार्मबाट झण्डै १२ क्विन्टल बन्दागोपी बिक्री भएको वालिङ– १२ को पनियारे कृषि फार्मका सञ्चालक युवा व्यवसायी पीताम्बर डुम्रेले बताउनुभयो । “फार्ममा धेरैमात्रामा बन्दागोपीसहित अन्य बोडीलगायतका तरकारी उत्पादन भएको थियो”, उहाँले भन्नुभयो, “नगरपालिकाले खेतबारीमै आएर १२ क्विन्टल बन्दागोपी लगेको छ ।” उत्पादित तरकारी कहाँ बेच्ने होला भनेर चिन्तित भइरहेका बेला नगरपालिकाले तरकारी खरिद गरिदिएर सहयोग गरेकामा खुशी लागेको व्यवसायी डुम्रेको भनाइ छ । 

आफूले लगाएको बन्दा तथा अन्य उत्पादित तरकारी बिक्री गर्ने बेलामा लकडाउन शुरु भएकाले बिक्री गर्न नपाएर खेतमै रहेको तरकारी नगरपालिकाले खरिद गरेकामा वालिङ– ६ लालुपातेकी व्यवसायी पार्वती अर्यालले पनि खुशी व्यक्त गर्नुभयो । “विगतका वर्षमा यहाँ उत्पादन भएको तरकारी नजिकैको जगत तथा वालिङ बजारमा लगेर बिक्री गर्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “बिक्री नभई खेर फाल्नपर्छ कि भन्ने पिरलोले सताइरहेका बेला नगरपालिकाले बन्दालगायतका अन्य बकुल्ला, सिमी, साग र मटरकोसा खरिद गरिदियो ।” यहाँ उत्पादन भएको तरकारी बिक्री गरेरै घर खर्च चलाउने गरेको व्यवसायी अर्यालले बताउनुभयो । 

वालिङ– ४ एलादीमा ‘रोहित कृषि तथा पशुपालन फार्म’ सञ्चालन गर्नुभएका रोहित गुरुङले उत्पादन गर्नुभएको बन्दागोपी नगरपालिका र वडा कार्यालयले झण्डै तीन क्विन्टल खरिद गरेर राहत वितरणको प्याकेजमा समावेश गरी वितरण गरेको छ । “कडा परिश्रम र लगानी गरेर तरकारी उत्पादन त गरियो तर बिक्री गर्ने बेलामा भने लकडाउनका कारण मर्कामा परियो”, उहाँले भन्नुभयो, “नगरपालिका र वडा कार्यालयले वितरण गर्ने राहतको प्याकेजमा तरकारी पनि समावेश गरिदिएकाले बिक्री सम्भव भयो ।” 

नगरपालिकाले जिल्ला बाहिर तथा अन्य पालिकाबाट वालिङमा तरकारी आयातमा रोक लगाएसँगै यहीँको उत्पादनले बजार पाएको हो । 
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement