Advertisement
Advertisement
Advertisement
Advertisement

बन्दाबन्दीमा सुत्केरीलाई पोषिला खानेकुरा वितरण

  |      11:36:00   |  
बन्दाबन्दीमा सुत्केरीलाई पोषिला खानेकुरा वितरण

वैशाख १५, म्याग्दी । कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा सुत्केरीलाई पोषणको अभाव हुन नदिन म्याग्दीको मालिका गाउँपालिकाले सुत्केरीलाई पोषिला खानेकुरा वितरण गरेको छ ।  

‘उपाध्यक्षसँग सुत्केरी भेटघाट’ कार्यक्रमअन्तर्गत पोषण सुधारका लागि २०७६ साउनयता सुत्केरी भएकालाई घ्यु, अण्डा, ज्वानो र मेथी उपलब्ध गराएको हो । सुत्केरीलाई शरीर न्यानो हुने, शक्ति बढ्ने र दूध आउने भएकाले ज्वानो र मेथीको झोल बनाएर खुवाउने गरिन्छ । “पोषण सुधारका लागि सुत्केरीलाई घ्यु र अण्डा लिएर भेट्न जाने कार्यक्रम बनाएका थियौँ”, उपाध्यक्ष खरमाया बिटालुले भन्नुभयो, “लकडाउनका कारण पोषिला खानेकुराको अभाव हुन सक्ने भएकाले वितरण गर्न थालेका छौँ ।” 

गर्भवती र प्रसूति अवस्थाका साथै बच्चा दुई वर्षको हुँदासम्म दूध, घ्यु, मासु, अण्डा, सागलगायत पोषिला खानेकुरा खानुपर्ने सन्देश पु¥याउन उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गरेको छ ।  

मालिका–३ डाँडागाउँका २० सुत्केरीलाई आइतबार घ्यु र अण्डा वितरण गरेर कार्यक्रम शुरु गरिएको थियो । प्रतिव्यक्ति आधा लिटर घ्यु र एक क्रेट अण्डा उपलब्ध गराइने उपाध्यक्ष बिटालुले बताउनुभयो । विसं २०७७ असार मसान्तसम्म सुत्केरी हुनेले यो सुविधा पाउनेछन् । साउनदेखि असारसम्म सुत्केरी हुने ४०० जनाको अभिलेख तयार पारिएको छ । 

पहिलो चरणमा गर्भावस्थाको जोखिम न्यूनीकरण र पोषण सुधारका लागि ‘घरघरमा झण्डा, हातहातमा अण्डा’ अभियान सञ्चालन गरिएको थियो । गर्भवती पहिचान, आमा र बच्चाको स्वास्थ्यमा परिवारले ध्यान दिउन भन्ने उद्देश्यले घरमा हरियो रङ्गको झण्डा राखेर एक÷एक क्रेट अण्डा दिइएको छ । 

गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि परामर्श दिने गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तु कार्कीले बताउनुभयो । बच्चाको ७५ प्रतिशत मानसिक तथा वौद्धिक विकास गर्भमै हुन्छ ।  

यसैगरी संस्थागत र सुरक्षित प्रसूति सेवामा पहुँच बढाउन सुत्केरी हुन बर्थिङ सेन्टर जानेलाई प्रोत्साहन भत्ता र पालिका बाहिर जानुपर्ने अवस्थामा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । 

मालिका गाउँपालिकाको सातवटै वडामा सञ्चालन हुने यो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको छ । यस्तै अन्नपूर्ण गाउँपालिकाले लकडाउनबाट प्रभावित भएकालाई राहत वितरणका क्रममा चामल, दाल, नून, तेलसँगै अण्डासमेत उपलब्ध गराएको थियो ।

रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement