Advertisement
Advertisement
Advertisement
Advertisement

बन्दाबन्दीको शान्तिमा चिरबिराउँदैछन् चराहरु

  |      11:25:00   |  
बन्दाबन्दीको शान्तिमा चिरबिराउँदैछन् चराहरु

►चन्द्रकला भण्डारी
वैशाख  ८,भद्रपुर ।   कोरोना भाइरसको महामारीले धरतीको सबैभन्दा चतुर प्राणी मानिस घरभित्रै बन्दी भएको एक महिना पुग्नै लाग्दा जङ्गलमा रम्दै आएका चराचुरुङ्गी भने शहर र सडकतिर निष्फिक्री कावा खाँदै स्वतन्त्रतापूर्वक चिरबिराउन थालेका छन् । मानौँ चराहरुका लागि यतिबेला हस्तक्षेपरहित अकल्पनीय आनन्दको स्वर्गानुभूति भइरहेको छ ।  

सडकमा यातायातका साधन गुडेका छैनन् । कलकारखानाले अहिले प्रदूषणकारी धुवाँ उडाएका छैनन् । हवाईजहाज र गाडीहरुको कर्कश आवाज पनि अहिले छैन । मानिसको हुल पनि छैन । प्रकृतिका अनुपम सङ्गीतकार मानिएका चराहरुको आह्लादकारी चिरबिर अहिलेको बन्दाबन्दीमा थुनिएको मान्छेको कानसम्म गुञ्जिरहेको छ । चराविद् देवेन्द्र खरेलका अनुसार स्वतन्त्रता रुचाउने पक्षीहरु मान्छेको चहलपहल नभएको अहिलेको अवस्थामा ज्यादै रमाएका हुन् । शहरका मुख्य बजार क्षेत्रमा ढुकुरका जोडीहरु ढुकुरकुर गर्दै प्रणयधुन सुनाइरहेको र सडकका सानाठूला रुखहरूमा अनेकौँ प्रकारका चराले बच्चा कोरलिरहेको उहाँले बताउनुभयो । उहाँले नेपालमा ८८६ प्रजातिका चरा भएको बताउनुभयो ।

“ध्वनि प्रदूषण घटेपछि चराले शान्ति अनुभूति गर्छन् र तिनीहरु उडेर, नाचेर र चिरबिराएर रमाउन थाल्छन्”, चराहरुको खोज, अनुसन्धान र फोटोग्राफी गरिरहनुभएका झापा मेचीनगरका खरेल भन्नुहुन्छ, “चैत–वैशाख धेरै चराले गुँड बनाउने र अण्डा कोरल्ने मौसम हो, लकडाउनले साह्रै राम्रो भएको छ ।” राजमार्ग र बजारभित्रका रुखमा यतिबेला शान्तपूर्वक चराले बच्चा कोरलिरहेको उहाँले जानकारी दिनुभयो । 

गर्मी चढेसँगै झापा, मोरङ, सुनसरी र सप्तरीका सिमसार क्षेत्रमा साइबेरिया, श्रीलङ्का र अफ्रिकाबाट समेत पाहुना चरा आइरहेका छन् । ती आगन्तुक चराचुरुङ्गीलाई बन्दाबन्दीले यसअघि कहिल्यै नपाएको स्वतन्त्रता र बच्चा कोरल्ने शान्त वातावरण दिएको नेपाल पक्षी संरक्षण सङ्घका आजीवन सदस्यसमेत रहनुभएका चराविद् खरेलको भनाइ छ । बन्दाबन्दीको अवस्थामा नन्दीजन्य सामग्रीको उत्खनन नभएका कारण पानीचरासमेत उन्मुक्त भएका छन् । हुटिट्याउँ, सिम कुखुरा, बट्टाई चरा खोलाका बगर र सिमखेततिर जताजतै देखा पर्न थालेका छन् । प्रजनन मौसममा लज्जालु स्वभावका चरालाई मान्छेबाट डरत्रास नहुँदा बच्चा कोरोल्न सजिलो भएको छ ।

जुरे कोइली, ठूलो जुरे कोइली, रङ्गीबिरङ्गी काजले चरा, सानो मयूर, निलपुच्छ«ेलगायतका दर्जनौँ नयाँ चरा यतिबेला झापाको घरगाउँ छेउछाउका साना वनमा भेटिने गरेको उहाँको भनाइ छ । ती चराले सडक आसपासमा रहेका रुखमा बच्चा कोरलिरहेका छन् । “बन्दाबन्दीले सडक सुनसान छन्, मान्छेको चहलपल छैन”, उहाँ भन्नुहुन्छ, “चराचुरुङ्गी साँच्चै रमाएका छन् । लज्जालु स्वभावका चराले यो समयमा सहजरूपमा बच्चा कोरलिरहेका छन् ।” 

उहाँले नदीनालामा उत्खनन रोकिएसँगै पानी सफा भएको र माछा, किरा, लेउ र अन्य जीवको आहारामा निर्भर बकुल्ला, टिकटिकेलगायतका चरा खोलाखोल्सीमा बढी देखिन थालेको बताउनुभयो । यी रैथाने चरासँगै विदेशबाट आएका रातो बकुल्ला, पहेँलो बकुल्लासमेत देखिन थालेका छन् । बन्दाबन्दीका कारण जमीनबाट हुने प्रदूषण घटेको र वातावरण सफा बनेकाले पनि चराका लागि तराई भूमि अनुकूल बनेको उहाँको भनाइ छ । 

बन्दाबन्दीमा जङ्गल पस्न निषेध गरिएको हुँदा झापाको बाँसबारी, पाँचपोखरी, थोप्लेविरान, हरियालीलगायतका दर्जनौँ सामुदायिक वनमा मान्छेको चहलपहल शून्य छ । लोपोन्मुख अवस्थामा पुगेका जङ्गलका रैथाने पक्षी मयूर, पानीहाँस र वन कुखुरा ९कालिज०हरु प्रशस्त देखिन थालेको छ । “म जङ्गलमा चराका नयाँ प्रजाति खोज्दै र क्यामेरामा कैद गर्दै हिँड्छु, तर भुइँमा चारो खोज्दै हिँड्ने यी चरा पहिला हत्तपत्त देखिँदैनथ्यो”, उहाँले भन्नुभयो, “आजकल जङ्गल छेउछाउ चर्न आएको प्रशस्त देखिन्छन् ।”

उहाँले कतिपय प्रजातिका चरा अझै पनि मानवाश्रित रहेको बताउनुभयो । उहाँका अनुसार भँगेरा, काग, रुप्पी, परेवालगायतका प्रजाति मानवमा आश्रित छन् । उनीहरु मान्छेले दिएका वा फ्याँकेको खानामा मै बाँचेका हुन्छन् तर, बन्दाबन्दीमा तिनीहरुले खुला परिवेश अनुभूति गरे पनि आहारका लागि सकस भोगिरहेको उहाँले बताउनुभयो । भीडभाडमा नडराउने बानी परिसकेका यी चरा मान्छेको घर आँगनमा आएर वा सडकमा फालेका खानेकुरा खाएर पेट भर्ने गर्दथे । यस्ता आश्रित चरा बन्दाबन्दीमा भोकले व्याकुल हुने गरेका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले रैथाने चराका लागि कार्यालय परिसरमा चारोको व्यवस्था गर्नुभएको छ । उहाँले दैनिकजसो बिहान कार्यालय परिसरमै चारो हालेर मानवाश्रित चरालाई सहारा दिँदै आउनुभएको छ ।
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement