चैत २४, काठमाडौँ । नेपाल सरकारले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सञ्चालन गरेको अभियानमा देशभरि स्वास्थ्य स्वयंसेविका प्रयोग गर्ने निर्णय गरेको छ। तर स्वयंसेविका बनेर समुदायमा खटिने महिलाहरूले भने आफ्नो सुरक्षाको सुनिश्चिता खोजेको बताएका छन्।
स्थानीय स्तरमा पनि कोरोनाभाइरस सङ्क्रमण फैलिएको पाइएपछि सरकारले ५०,००० भन्दा स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो।
सरकारको त्यस्तो निर्णय सुनेपछि झापाकी सीता आचार्यले आफू बस्ने भद्रपुर नगरपालिकाका अन्य स्वयंसेविकाहरूसँग छलफल गरिन्।
छलफलमा उठेका कुरा सुनाउँदै उनले भनिन्, ूडाक्टर र नर्सलाई सुरक्षा सामग्री उपलब्ध गराउन नसकिराखेका बेला आफू असुरक्षित भएर कसरी हिँड्ने भन्नेमा सबै एकमत रह्यौँ।ू
नेपालमा कोरोनाभाइरस सङ्क्रमण दोस्रो चरण पुग्नुको अर्थ
लकडाउन कडा पार्ने, कोरोनाभाइरस परीक्षणमा तीव्रता दिने निर्णय
नुवाकोटकी अलिसा श्रेष्ठले अहिलेको अवस्थालाई असामान्य भन्दै स्वयंसेविकाहरूका मनोवैज्ञानिक र व्यावहारिक समस्या रहने बताइन्।
उनले भनिन्, ूयतिखेर परिवारले घरबाट बाहिर निस्किन पनि नदिने अवस्था छ। किनकि यस रोगको सङ्क्रमण परिवारमा मात्र नभएर समुदायसम्मै सजिलै फैलिन सक्ने सबैलाई थाहा छ।ू
सरकारले लकडाउनमा थप कडाइ गर्दै ूआफ्नो घरमा अरूलाई नबोलाउन र अरूकोमा नजानू भनेको बेला स्वयंसेविकाबाट त्यस्तो अपेक्षा गर्नु सहज नहुने श्रेष्ठको भनाइ छ।
स्वास्थ्य स्वयंसेविकाको भूमिका कस्तो हुन्छरु
सङ्क्रमण भएको शङ्का लागेका वा विदेशबाट आएका मानिसलाई क्वारन्टीनमा राख्ने काम अझ बढाउनुपर्ने भएकाले स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका सबैभन्दा महत्त्वपूर्ण मानिएको अधिकारीहरूको भनाइ छ।
कोरोनाभाइरस महामारी नेपालमा दोस्रो चरणमा पुगेको बेला त्यसलाई समुदायमा फैलिन रोक्नु अहिले सबैभन्दा ठूलो चुनौती मानिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटा भन्छन्, ूहरेकजसो वडामा हुने महिला स्वास्थ्य स्वयंसेविकाहरू हुनुहुन्छ। वहाँहरूको भूमिका सचेतना, निगरानी र अस्पताल रिफर गर्नेसम्म हुन्छ।आफू कार्यरत समुदायको सूक्ष्म जानकारी हुने हुँदा सङ्क्रमितहरू भेटिएका हकमा उनीहरूले त्यसअघि आउजाउ वा भेटघाट गर्ने ठाउँका मानिसहरू पहिचान गर्नु अत्यावश्यक हुने बताइन्छ।
त्यस्तो अवस्थामा सावधान हुन सिकाउने र आवश्यक परे लक्षणहरूको पहिचान गर्दै सही ठाउँमा पठाउन ती स्वयंसेविकाको भूमिका हुने प्रवक्ता देवकोटा बताउँछन्।
काममा पठाउनुअघि स्वयंसेविकाहरूकै जाँच हुनुपर्ने कुरा समेत उठेको छ। तर अहिलेसम्म त्यसबारे निर्णय नभएको मन्त्रालयका अधिकारीहरू बताउँछन्।
उनीहरूले पाउने सुविधा र बीमाबारे कार्ययोजना बनाएपछि मात्र निर्णय गरिने प्रवक्ता देवकोटाले बताए।
स्वास्थ्य स्वयंसेविका कति सुरक्षित होलान्रु
सङ्क्रमणरोग विशेषज्ञ डा। अनुप सुवेदीका भनाइमा अहिले सोचिएको भूमिकाअनुसार स्वास्थ्य स्वयंसेविकाहरू छ फूटभन्दा परै रहेर काम गर्ने भएकोले सुरक्षाका सामान्य सावधानी अपनाउँदा धेरै आत्तिनुपर्दैन।
त्यसैले वहाँहरूलाई यसबारे प्रशिक्षित गर्न सकिएको अवस्थामा स्यानिटाईजर र मास्कका भरमा सुरक्षित राख्न सकिन्छ, डा। सुवेदी भन्छन्।
पछि नजिक गरेर जाँचबुझ गर्नुपर्ने अवस्था आउँदा पन्जा, सुरक्षित रहने पहिरन ९गाउन०हरू पनि आवश्यक पर्न सक्छ।
कहाँ कति सङ्क्रमण र मृत्यु
नेपालमा कोरोनाभाइरस जाँच्न किन ुमान्यता नपाएकोु र्यापिड टेस्ट किट
अधिकारी एवं विज्ञहरूले अहिले स्वयंसेविकाहरूले आर्जन गरेको विश्वास र वहाँहरूको जानकारी एवं सूचना सञ्जाललाई स्वास्थ्यज्ञानभन्दा महत्त्वपूर्ण पुँजी मानेका छन्।
ूबिरामी जाँच्ने वा स्याहार गर्ने नभई सक्रिय रहेका घटनाहरू पत्ता लगाउने भएकाले व्यवस्थापन राम्रो हुँदा उनीहरूको भूमिकाले यस रोगको रोकथाममा ठूलो अर्थ राख्छ।
नेपालमा खोप कार्यक्रमको प्रभावकारिता र बाल तथा मातृमृत्युदर कम गर्नमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका विश्वमै प्रशंसनीय रहेको मानिन्छ।
बीबीसी