Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाभाइरसः महारानी एलिजाबेथको दुर्लभ सम्बोधन, ‘सङ्घर्षमा हामी सफल हुन्छौँ’

  |      11:30:00   |  
कोरोनाभाइरसः महारानी एलिजाबेथको दुर्लभ सम्बोधन, ‘सङ्घर्षमा हामी सफल हुन्छौँ’

चैत २४, काठमाडौँ । ब्रिटेनकी महारानीले राष्ट्रका नाममा गरेको सम्बोधनमा कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा यूके सफल हुनेु बताएकी छन्।

दुर्लभ रूपमा दिइने त्यस्तो सन्देशमा महारानी एलिजाबेथले सरकारको नियम मानेर घरमै बस्ने मानिसहरूलाई धन्यवाद दिइन् र अरूका लागि सहयोग गर्न जुटेकाहरूकोु प्रशंसा गरिन्।

उनले ुप्रत्येक घण्टाु काम गरेर ूसामान्य अवस्थामा फर्किने समयको नजिक पुर्‍याउनेू अत्यावश्यकीय काममा खटेका व्यक्तिहरूलाई पनि धन्यवाद दिइन्।

यूकेमा कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४,९३४ पुगेका बेला उनको यस्तो सन्देश आएको हो।

फेरि भेट्नेछौँ
विन्जर क्यासलबाट सम्बोधन गर्दै महारानी एलिजाबेथ द्वितीयाले भनिन्स् हामीले विगतमा चुनौतीहरू भोगेको भए तापनि यो एकदमै फरक छ।

यस पटक विज्ञानको बृहत् विकास र हाम्रो करुणाभावसहित साझा प्रयत्नका लागि विश्वभरिका देशहरूसँग हामी मिलेका छौँ। हामी सफल हुनेछौँ र त्यो सफलता हामी सबैको हुनेछ।

हामीले अझ धेरै सहनुपरे पनि के कुरा सम्झेर सहज मान्नुपर्छ भने राम्रा दिनहरू फर्किनेछन्स् हामी फेरि आफ्ना साथीहरूमाझ हुनेछौँ, हामी फेरि हाम्रा परिवारसँग हुनेछौँ, हामी फेरि भेट्नेछौँ।

कोरोनाभाइरसको लक्षणलाई लिएर ब्रिटिश प्रधानमन्त्री अस्पताल भर्ना
ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण
गन्ध वा स्वाद थाहा नपाउनु के कोरोनाभाइरसको लक्षण हो
त्रियानब्बे वर्षीया महारानीले आफ्ना प्रियजनबाट अलग्गिने पीडादायी अवस्थाुबारे बोलिन् र अहिले जारी राख्न भनिएको व्यक्तिगत दूरीले दोस्रो विश्वयुद्धताका अन्यत्र सारिएका बालबालिकाहरू सम्झाएको बताइन्।

महारानीले सन्देश दिएको एक घण्टापछि डाउनिङ स्ट्रीटले प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल लगिएको घोषणा गरेको थियो।

दश दिनअघि कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि उनी एकान्तवासमा थिए।

आफ्नो सम्बोधनमा महारानीले नियम मानेर घरमै बसिरहेका सबैले जोखिममा रहेकालाई जोगाउन सहयोग गरेको र आफन्त गुमाएर पीडामा रहेका परिवारसँग सहानुभूतिू भएको बताइन्।

ूमिलेर हामी यो रोगसँग सङ्घर्ष गरिरहेका छौँ र म फेरि के आश्वस्त पार्न चाहन्छु भने हामी एकबद्ध र दृढ भयौँ भने हामीले यसलाई पार लगाउनेछौँ, उनले भनिन्।

उनले आत्मानुशासन र सङ्कल्पमा जोड दिँदै आफूले भविष्यमा यो चुनौती कसरी सामना गरेका थियौँ भन्नेमा सबैले गर्व अनुभूति गर्नेू पनि बताइन्।

महत्त्वपूर्ण र घतलाग्दो सम्बोधनु
विगतमा शाही भाषण र सम्बोधनका कारण केही जटिलता पनि उत्पन्न भएका थिए। कतिपय बेला प्रयोग भएका गलत शब्द र वाक्यांशले सन्देशलाई कमजोर पारेका थिए वा महत्त्वपूर्ण अवसर गुमेको थियो।

उदाहरणका लागि ( सन् १९९७ मा प्रिन्सेस अफ वेल्स डायनाको मृत्युपछि दिइएको सन्देश वा सन् २०११ मा आयरल्यान्डमा भएको भ्रमणका बेला महारानीले गरेको सम्बोधन।

अहिलेको सन्देश भने फरक रह्यो। मानिसहरूलाई आश्वस्त पार्न र प्रेरित गर्न यो एकदमै महत्त्वाकाङ्क्षी थियो।

यो सन्देश टेलिभिजन, रेडिओ र सामाजिक सञ्जालहरूमार्फत् प्रसारण गरिएको थियो।

ब्रिटेनका राजकुमार चार्ल्समा कोरोनाभाइरस सङ्क्रमण
कोरोनाभाइरसबाट बच्न ब्रिटेनका स्वास्थ्यकर्मी सुरक्षाका लागि प्लास्टिकको सहारा लिँदै
ूयो सम्बोधन गर्ने निर्णय डाउनिङ स्ट्रीटसँगको निकट परामर्शमा गरिएको थियो,ू बीबीसीका शाही संवाददाता निकोलस विट्चेलले भने।

यूकेका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले महारानीको सम्बोधन घतलाग्दो र महत्त्वपूर्णू भएको बताए।

कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि अलग्गै बसेका प्रिन्स अफ वेल्स चार्ल्स बाहिर निस्किएको एक साता पनि नहुँदै महारानीको यो सम्बोधन आएको हो।

मध्यमखालका लक्षणसहित सङ्क्रमण भएको पुष्टि भएपछि ७१ वर्षीय राजकुमार चार्ल्स सात दिनका लागि स्कटल्यान्डमा एक्लिएर बसेका थिए।
बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement