Advertisement
Advertisement
Advertisement
Advertisement

यूरोप /अमेरिकामा झै लक्षणबिनै कोरोना पुष्टि भयो नेपालको पहिलो स्थानीय संक्रमितलाई

  |      17:18:00   |  
यूरोप /अमेरिकामा झै लक्षणबिनै कोरोना पुष्टि भयो नेपालको पहिलो स्थानीय संक्रमितलाई

चैत २२, काठमाण्डौ ।  अमेरिकी वैज्ञानिक तथा चिकित्सकहरुले गरेको एक अध्ययनबाट कुनै लक्षण नै नदेखिएका व्यक्तिहरुमा समेत कोरोना भाइरसको संक्रमण हुनसक्ने निश्कर्ष निस्किएको थियो । 


केही दिनअघि अमेरिकी रिसर्चरहरुले आफ्नो अध्ययनको निश्कर्ष सार्वजनिक गर्दै  भनेका छन्–‘हालसम्म विश्वमा भेटिएका कुल संक्रमितमध्ये २५ देखि ५० प्रतिशतसम्म त्यस्ता थिए, जसमा कुनै लक्षण नै थिएन ।’ 

अमेरिकामै पनि लक्षण नै नदेखिए पनि संक्रमण पुष्टि भएका संक्रमितको संख्या कुल संक्रमितमध्ये २५ प्रतिशतभन्दा बढी रहेको सो क्रममा बताइएको थियो । 


दुर्भाग्य नै मान्नुपर्छ, नेपालमा पुष्टि भएको पहिलो लोकल ट्रान्समिसनको केसमा पनि यस्तै भएको छ । अर्थात, दुबईबाट दिल्ली हुँदै काठमाण्डौ आएका कैलालीका ३४ वर्षीय युवककी भाउजूमा पनि कोरोना भाइरस पुष्टि भएको छ । तर, उनमा कोरोना संक्रमणको कुनै लक्षण नै थिएन । 

पारिवारिक सदस्यहरुले दिएको जानकारी अनुसार संक्रमित युवालाई भेटेको १२ दिनपछि उनकी भाउजूमा कोरोना संक्रमण पुष्टि भएको हो। 

‘उहाँलाई कोरोनाको लक्षण नै थिएन ।’ परिवारका एक सदस्यले भने–‘लक्षण बिना नै संक्रमण हुँदो रहेछ, हामी अचम्ममा छौ ।’ 


लक्षण नै नदेखिएकाहरुमा समेत कोरोनाको संक्रमण पुष्टि हुनुले भित्र भित्रै अवस्था सोचिएभन्दा जटिल छ कि भनेर आशंका गर्ने अवस्था आएको विज्ञहरु बताउँछन् । ‘संक्रमणको लक्षण नै देखिएकाहरुको समेत तीव्र गतिमा स्वास्थ्य परीक्षण हुन सकिरहेको छैन, यस्तो अवस्थामा लक्षण नै नदेखिएकाहरुमा संक्रमण फेला पर्नुले सरकारले व्यापक रुपमा नागरिकहरुको स्वास्थ्य जाँच गर्नुपर्ने आवश्यकतातर्फ इशारा गर्छ ।’ विज्ञ भन्छन्–‘अब कुनै ढिला नगरी संभावित सबै नागरिकहरुको स्वास्थ्य जाँच हुनुपर्छ । दैनिक दशौं हजारको जाँच गर्ने क्षमता विकास गर्न सकिएन भने अवस्था विकराल बन्न सक्छ ।’ 

यो घटना यसकारण पनि महत्वपूर्ण बन्यो कि यसबाटै नेपालमा कोरोना भाइरस संक्रमणको दोश्रो चरण सुरु भएको पुष्टि भएको छ । 

चिकित्सकहरुले संक्रमणको आयात हुने चरणलाई पहिलो चरण मान्छन् । जस्तो विदेशबाट आएका व्यक्तिहरुमा संक्रमण पुष्टि हुनु पहिलो चरण हो । 

विदेशबाट संक्रमण लिएर आएका ती व्यक्तिबाट स्थानीय रुपमा संक्रमण फैलिनु दोश्रो चरण हो । यो चरणमा संक्रमित व्यक्तिबाट उनीहरुका नजिकका व्यक्तिहरुमा संक्रमण सर्छ । 

स्वास्थ्य मन्त्रालयका विज्ञ डा। खेम कार्कीले आयातित संक्रमण पहिलो पटक स्थानीय रुपमा सरेको पाइएकोले यसलाई दोश्रो चरणको सुरुवात मानिएको प्रष्ट्याए । 

जब संक्रमित व्यक्तिको परिवारका सदस्य तथा नजिकका मान्छेहरुबाट समेत संक्रमण फैलिएर समुदायतर्फ जान थाल्छ, त्यो चरणलाई तेश्रो चरण मानिएको छ । 

तेश्रो चरण निकै खतरनाक चरण हो । तेश्रो चरण तीव्र बन्दै जाँदा भाइरस संक्रमणले महामारीको रुप लिन थाल्छ, जसलाई विश्व स्वास्थ्य संगठनले चौथो अर्थात महामारीको चरण भनी परिभाषित गरेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement