Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाभाइरसस् भारतीय महिलाले बनाइन् परीक्षण किट,

  |      12:34:00   |  
कोरोनाभाइरसस् भारतीय महिलाले बनाइन् परीक्षण किट,

►गीता पाण्डेय
चैत १८, काठमाडौँ । कोभिड(१९ विरुद्धको सङ्घर्षमा नयाँ आशा
कोरोनाभाइरसविरुद्धको लडाईँमा निकै कम मानिसहरूको स्वास्थ्य परीक्षण गरेको विषयलाई लिएर भारतले आलोचना बेहोर्दै आएको छ।

तर एकजना गर्भवती महिला भाइरसविद्ले बच्चा जन्माउनु केही घन्टाअघि परीक्षण कीट निर्माण गरेकाले अब स्थितिमा परिवर्तन हुने देखिएको छ।

भारतमा पहिलोपटक बनेको कीट बजारमा बिहीवारदेखि पुगेको छ। त्यसले मानिसहरूमा कोभिड(१९ भए नभएको पुष्टि गर्ने परीक्षणको दर बढाउन सकिने आशा जगाएको छ।

पश्चिमी सहर पुणेस्थित माइल्याब डिस्कभरी परीक्षण कीट बनाउने र बेच्ने अनुमति पाउने भारतको पहिलो कम्पनी भएको छ। उसले पुणे, मुम्बई, दिल्ली, गोवा र बङ्गुलुरूस्थित प्रयोगशालाहरूमा १५० वटा पहिलो परीक्षण कीटको पहिलो उत्पादन पठाएको छ।

माइल्याब डिस्कभरीका मेडिकल मामिला निर्देशक डा। गौतम वानखेडेले बीबीसीलाई भने, हाम्रो उत्पादन समूहले हप्ताभरि नै काम गरिरहेको छ र अर्को खेप पनि पठाउँछौँ।

एचआईभी र हेपाटाइटिस बी र सीका निम्ति परीक्षण कीट बनाउने गरेको मोलिक्युलर डाइगनोस्टिक कम्पनीले पनि कोभिड(१९ को परीक्षण कीट एक सातामा एक लाखसम्म आपूर्ति गर्न सक्ने जनाएको छ।

आवश्यकता परेमा दुई लाखसम्म निर्माण गर्न सक्ने उसको भनाइ छ।

माइल्याबले बनाएका प्रत्येक कीटले एक सयवटा नमुना परीक्षण गर्न सक्छन् र त्यसको मूल्य १२ सय भारतीय रूपियाँ पर्छ। भारतले बाहिरबाट ल्याउने कीटको मूल्य ४५ सयको तुलनामा त्यो करिब एक चौथाइ हुन आउँछ।

भेन्टिलेटरको विकल्पस् कोरोनाभाइरस सङ्क्रमितलाई सास फेर्न सघाउने उपकरण बन्दै
कोरोनाभाइरसबारे यस्ता दाबी नपत्याउनुहोस्
कीट बनाएलगत्तै बच्चा जन्माइन्


माइल्याबकी अनुसन्धान र विकास प्रमुख रहेकी भाइरसविद् मिनल दखावे भोसले भन्छिन्, आयात गरिने कीटले सात(आठ घन्टामा परीक्षणको परिणाम दिन्छ जबकी हाम्रो कीटले अढाई घन्टामै परीक्षणको परिणाम दिन्छ।

भोसलेले पाथो डिटेक्ट नाम दिइएको परीक्षण कीट तयार गरेको समूहको नेतृत्व गरेकी थिइन्। उनले कीर्तिमानी ढङ्गले छ हप्तामै कीट बनाएको बताइन्।

उनको आफ्नै समयसीमाका कारण वैज्ञानिकहरूले सङ्घर्ष गरिरहेका थिए। किनकि उनले गत साता मात्रै छोरी जन्माइन्। गर्भाधानसँग सम्बन्धित जटिलता उत्पन्न भएका कारण अस्पताल भर्ना भएर त्यहाँबाट निस्किएको केही दिन लगत्तै गत फेब्रुअरी महिनामा काम सुरु गरिएको थियो।

यो निकै सङ्कटकालीन स्थिति थियो त्यसैले मैले त्यसलाई चुनौतीको रूपमा लिएँ। मैले मेरो देशको सेवा गर्नुपर्छ, उनले परियोजना सफल तुल्याउन समूहका १० जना सदस्यले निकै कडा परिश्रम गरेको सुनाउँदै भनिन्।

अन्तिममा उनले बच्चालाई जन्म दिनु एक दिनअघि मार्च १८ मा न्याश्लन इन्स्टीच्युट अफ भाइरोलोजी ९एनआईभी० समक्ष मूल्याङ्कनको निम्ति कीट बुझाइन्।

त्यही साँझ अस्पतालमा शल्यक्रियाको निम्ति भर्ना हुनु एक घन्टाअघि उनले व्यावसायिक प्रयोजनको अनुमति लिन उक्त परियोजनाको प्रस्ताव भारतको नियामक निकाय ९सीडीएससीओ० मा बुझाएकी थिइन्।

हामीसँग समयको दबाव थियो, डा। वानखेडे भन्छन् ( हाम्रो सम्मानको कुरा पनि थियो, पहिलोपटकमै हामीले सबै राम्रो गर्नु थियो र मिनलले हाम्रो प्रयासको अगुवाई गरिरहेकी थिइन्।

मूल्याङ्कनको निम्ति कीट बुझाउनुअघि उक्त समूहले परीक्षण ठीक र विधिसम्मत रहेको कुरा सुनिश्चित गर्न सबै मापदण्डको परीक्षण र पुनस् परीक्षण गर्नु पर्ने थियो।

एउटै नमुनालाई दशपटक परीक्षण गर्दा उही परिणाम आउनुपर्छू, भोसलेले भनिन्, र, हामीले त्यो सफलता पायौँ। हाम्रो कीट परिपूर्ण देखियो।

सरकारी मेडिकल अनुसन्धान परिषद् ९आईसीएमआर०ले सहमति दियो। उसले शतप्रतिशत परिणाम प्राप्त गर्ने भारतको एकमात्र कम्पनी माईल्याब भएको बतायो।

ुभारतको स्वास्थ्य प्रणालीमा ठूलो भ्वाङु

प्रशस्त मात्रामा परीक्षण नगरेको भनेर भारतको आलोचना हुँदै आएको छ। प्रति दश लाख जनसङ्ख्यामा ६।८ प्रतिशतमात्र परीक्षण दरका साथ भारत विश्वकै कम परीक्षण गरिने देशहरूमध्ये पर्छ।

सुरुमा भारतले उच्च जोखिम रहेका देशको यात्रा गरेका वा सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा रहेकाहरू वा कोरोनाभाइरसको परीक्षण गर्ने स्वास्थ्यकर्मीहरूको मात्र जाँच गर्ने कुरालाई प्राथमिकता दिएको थियो।

पछि उसले श्वासप्रश्वाससम्बन्धी गम्भीर रोग लागेर अस्पताल भर्ना भएका सबैको परीक्षण गरिनुपर्ने बतायो। तर सङ्क्रमितको दायरा दिनहुँ बढ्दै जाँदा सङ्क्रमितको सङ्ख्या निकै वृद्धि हुने ठानिएको छ।

पछिल्ला केही दिन भारतले परीक्षणको दर बढाएको छ। सुरुमा कोरोनाभाइरसको सङ्क्रमणको परीक्षणको निम्ति सरकारी प्रयोगशालालाई मात्र अनुमति दिइएको थियो।

तर अहिले थुप्रै निजी प्रयोगशालालाई पनि अनुमति दिइएको छ। र, भारतले अमेरिका, युरोपेली संघ र अन्य देशहरूबाट अनुमतिप्राप्त १५ वटा कम्पनीहरूलाई पनि कीट विक्री गर्ने अनुमति बिहीवार दिएको छ।

डा। वानखेडेले दिनहुँ आपूर्तिकर्ता र प्रयोगशालाको वृद्धिसँगै परीक्षण पनि तीव्र रूपमा बढ्ने बताए।

बढ्दो परीक्षण ठूलो सहयोगी बन्न सक्छ। तर विज्ञहरू भारतको स्वास्थ्य संरचनामा प्वालहरू रहेको र कोरोनाभाइरसको बढ्दो चुनौतीको सामना गर्न त्यो तत्काल टाल्नुपर्ने बताउँछन्।

पूर्व संघीय स्वास्थ्य सचिव सुजाथा रावको प्रश्न छ, दक्षिण कोरिया सानो छ तर त्यहाँ ६५० वटा परीक्षण प्रयोगशाला छन्, हामीसँग कति छन्रुू

अझै अपर्याप्त
भारतमा ११८ वटा सरकारी प्रयोगशाला रहेको जनाउँदै अधिकारीहरू ५० वटा निजीलाई पनि त्यसमा सहभागी गराइने बताउँछन्।

एक अर्ब ३० करोड जनसङ्ख्या भएको भारतको निम्ति त्यो आवश्यकताभन्दा निकै अपर्याप्त हो।

राव भन्छिन्, भारतले थप प्रयोगशालाको पहिचान गर्नुपर्छ। त्यसपछि त्यहाँ कीट पुर्‍याउनुपर्छ र प्राविधिकहरूलाई तालिम दिनुपर्छ। संरचना विस्तारमा समय लाग्छ।

जब परीक्षणको परिणाम आउन थाल्छ र यदि ठूलो सङ्ख्यामा मानिसहरूलाई सङ्क्रमण देखियो र अनि उनीहरूलाई अस्पताल भर्ना गर्नुपर्ने भयो भने त्यसपछि भारतले कठिनाइको सामना गर्नुपर्ने छ।

पूर्व स्वास्थ्य सचिव रावको भनाइ छ, देशमा सरकारी स्वास्थ्य सुविधाको हालतबारे थाहा छरु ती सबै सहरी क्षेत्रमा केन्द्रित छन्। ग्रामीण भारतमा निकै कम सुविधा छ। त्यो ठूलो चुनौती हुनेछ।

बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement