चैत १६, काठमाडौँ । कोरोनाभाइरस सङ्क्रमणको महामारीलाई दृष्टिगत गर्दै विश्वका थुप्रै देशले अहिले मानिसहरूलाई घरबाहिर निस्किन र हिँडडुल गर्नमा प्रतिबन्ध लगाएका छन्।
यससँगै अत्यावश्यक काम पर्दाबाहेक मानिसहरू आ(आफ्ना घरभित्रै सीमित हुनुपरेको छ।
भेटघाट र सामाजिक गतिविधिहरू बन्द हुनुका साथै आफ्ना व्यापार, व्यवसाय पनि प्रभावित हुँदा मानिसहरूको मानसिक स्वास्थ्यमा असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ।
यो पृष्ठभूमिमा तनावको स्थिति आउन नदिन मानिसहरूले घरभित्रै रचनात्मक कामहरू गरेर आफूलाई व्यस्त राख्न सक्ने मनोचिकित्साविद्हरू बताउँछन्।
विकल्प
मनोचिकित्साविद् डा। नर्मदा देवकोटा अचानक आइपरेको कोरोनाभाइरस महामारीको अवस्थालाई स्वीकार्नुको विकल्प नरेहको बताउँछिन्।
त्यसमा सहमति जनाउँदै अर्का मनोचिकित्साविद् डा। अरुण कुँवर थप्छन्, यो अवस्था मान्छेले चाहेर आएको होइन। अतः यसलाई स्वीकार्दै अगाडि बढ्नुको विकल्प छैन।
अधिकांश मानिसहरू घरभित्रै सीमित हुनु परेको पृष्ठभूमिमा दिनचर्यामा केही परिवर्तन ल्याउनुपर्ने डा। देवकोटाको सुझाव छ।
लामो सास लिने तरिकाहरू सिक्ने हल्का शारीरिक व्यायाम गर्ने गीत सङ्गीत सुन्ने गर्नुपर्छ। यी कुराले हामीलाई शान्त बनाउन मद्दत गर्छन्,उनी भन्छिन्।
त्यसबाहेक घरको सरसफाइ गर्नुका साथै बगैँचामा फूलहरूको स्याहार गर्ने जस्ता काममा पनि मानिसहरूले आफूलाई व्यस्त राख्न सक्ने डा। कुँवर सुझाउँछन्।
मनोचिकित्साविद्हरूका अनुसार आफूलाई मानसिक तनाव भएको खण्डमा परिवारका सदस्य अथवा मिल्ने साथीसँग कुरा गर्न सकिन्छ।
घरमा अपाङ्गता भएका वा अन्य समस्या भएका सदस्य भए उनीहरूलाई चाहिने औषधि लगायत आधारभूत सामानहरू उपलब्ध गराइदिनुपर्ने डा। कुँवर बताउँछन्।
त्यसका साथै अहिले कोरोनाभाइरससम्बन्धी विभिन्न भ्रामक सूचनाहरू आइरहेको पृष्ठभूमिमा त्यस्ता कुराबाट आफूलाई टाढा राख्नुपर्ने मनोचिकित्साविद्हरूको सुझाव छ।
डा। कुँवर भन्छन्, ूसमाचार हेर्नुपर्नेछ भने एउटा निश्चित समय तोकेर त्यही बेला हेर्दा हुन्छ। कोरोना(कोरोना गरेर मात्रै बस्नुभएन।
आफ्नो मानसिक स्वास्थ्यलाई ठिक राख्न मनोबल घट्न नदिने र नकारात्मक सोच आउन नदिनेतर्फ मानिसहरूले ध्यान दिनुपर्नेमा मनोचिकित्साविद्हरूको जोड छ।
बीबीसी