Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाभाइरसः लन्डनमा कोभिड(१९ बाट निको भइन् नेपाली महिला, यस्तो छ सुझाव

  |      10:41:00   |  
कोरोनाभाइरसः लन्डनमा कोभिड(१९ बाट निको भइन् नेपाली महिला, यस्तो छ सुझाव

चैत १४, काठमाडौँ । ब्रिटेनमा केही दिनअघि कोरोनाभाइरस सङक्रमित भएर अस्पताल भर्ना हुन पुगेकी एक नेपाली महिला अहिले निको भएकी छन्। उनले भोगाइ कस्तो रह्यो? नेपालमा लकडाउनु अर्थात् आ(आफ्नै घरभित्रै बस्न लगाइएका नेपालीहरूलाई उनको के कस्तो सुझाव छ?

हामीले उनको परिचय गोप्न राखेका छौँ। उनले आफ्नो अनुभवबारे बीबीसी न्यूज नेपालीका नेत्र केसीसँग कुराकानी गरेकी छिन्। त्यो कुराकानी सुन्न तपाईँले श्रव्य सामग्रीमा थिच्न सक्नुहुन्छ। उनी कसरी अचानक कोभिड(१९ की बिरामी हुन पुगिन्रु उनको भनाइको सम्पादित अंश पढ्नुहोस्।

म शुरूमा नियमित रूपमा काममा गएर आएँ र खाना खाएर सुतेँ। तर मध्यराति एकदम धेरै ज्वरो आयो। भोलिपल्ट म यहाँको ुवाक इनु क्लिनिकमा गएँ। त्यहाँ मलाई घरमै बस्ने सल्लाह दिइयो। त्यसपछि म घर आएर बसेँ। मलाई रुघाखोकी केही पनि लागेन। खाली टाउको मात्र दुख्ने समस्या थियो।

ओषधि खाँदा पनि ज्वरो घट्दै घटेन। म औषधि खाएर बस्न थालेँ। तर ज्वरो घट्दै घटेन अनि म फेरि त्यहीँ क्लिनिकमा गएँ। त्यहाँ मेरो खकारको नमुना लिइयो। त्यसपछि मलाई भोलिपल्ट फोन आयो अनि भनियो ुतपाईँलाई कोभिड पोजिटिभ देखियो। सास फेर्न गाह्रो छ भने अस्पताल आउनुहोस्ु।

म त्यसपछि अस्पताल गएँ। विशेष हेरचाह गर्ने एकाइमा मलाई राखियो। त्यहाँ विशेष चिकित्सक र स्वास्थ्यकर्मी मात्र जाने रहेछन्। उनीहरू त्यहाँ १५ मिनेटभन्दा बढी नबस्ने रहेछन्। उनीहरूले विशेष पोशाक लगाएका हुने रहेछन्। बुट, गाउन, मास्क, चस्मा, टाउको छोप्ने लगायत लगाएका हुन्थे। अरू बिरामीहरू पनि थिए। उनीहरूलाई मैले धेरै पसिना आएको देखेँ। उनीहरू धेरै नजिक आउँदैन्थे। एकजना एकदमै धेरै गम्भीर बिरामी पनि थिए।

कोरोनाभाइरस सङ्क्रमण हुनबाट कसरी जोगिने
कोरोनाभाइरसस् कोभिड(१९ का कारण चीनभन्दा स्पेनमा धेरै मानिसको मृत्यु
भाइरसबारे थाहा नहुने रहेछ
यो भाइरस कहाँ हुन्छ भन्ने नै थाहा नहुने रहेछ। त्यो अस्पतालमा बस्दा पनि मैले त्यस्तै पाएँ। यहाँ ब्रिटेनको सरकारले पनि ुसेल्फ(आइसोलेसनु अर्थात् एकान्तवासमैँ जोड दिएको छ। म पनि त्यहीँ भन्छु। भाइरस लागेको छ भने पनि पत्ता लगाउने समय लाग्ने रहेछ। मलाई यहाँ दश दिन पछि बल्ल जाँचियो र थाहा भयो।

त्यसैले एकदमै सावधानीपूर्वक बस्नुपर्छ। नेपालमा पनि सरकारले घरमै बस्न अनुरोध गरेको रहेछ। त्यसलाई पालना गरौँ। एकान्तवासमै बस्न सिकौँ। सरसफाइमा एकदमै ध्यान दिऔँ।

पाँच दिन त्यहाँ बसेपछि मलाई घर पठाइयो। अहिले मलाई केही आराम भएको छ। ज्वरो कम भएको छ। चिकित्सकले दुई खाले एन्टिबायोटिक्स औषधि दिएका छन्। त्यही खाएर बसेको छु। म अहिले तल्लो तलामा एकान्तवासमैँ छु। मेरो लागि पकाउने खाने छुट्टै छ। मेरो शौचालय पनि फरक छ। श्रीमान्‌ चाहिँ माथि बस्नु हुन्छ। 
बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement