Advertisement
Advertisement
Advertisement
Advertisement

विद्यार्थीलाई भर्चुअल शिक्षामा प्रेरित गरिँदै

  |      16:12:00   |  
विद्यार्थीलाई भर्चुअल शिक्षामा प्रेरित गरिँदै

►प्रकाश सिलवाल

चैत १३, काठमाडौँ । लामो समय घरमा रहेका बेला बालबालिकाको सिकाइलाई सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकाय र विभिन्न संस्थाले विद्युतीय पठन सामग्रीतर्फ प्रेरित गरेका छन् ।

विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ बाट बच्न नेपालमा पनि ‘लकडाउन’ जारी भएको अवस्थामा शैक्षिक संस्था स्वतः बन्द भएकाले विद्यार्थीलाई आफ्नो कक्षा र रुचिअनुसार घरमै बसेर पढ्न मिल्ने भर्चुअल सामग्री सिफारिस गरिएको हो । पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रमका आधारमा यसअघि नै तयार गरिएका ती डिजिटल सामग्री विद्यार्थीले उपयोग गर्न सकुन् भनी मन्त्रालय मातहतको शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र ९शिक्षा विभाग० ले सूचित गरेको छ । ती सामग्रीको लिङ्क विभागको डब्लु डब्लु डब्लु डट डिओई डट जिओभी डट एनपी धधध।मयभ।नयख।लउ र केन्द्रको एमओइसिडिसी डट जिओभी डट एनपी mयभअमअ।नयख।लउ बाट सजिलै प्राप्त गर्न सकिनेछ ।

‘ओपन लर्निङ नेपाल’को साझा ई पार्टीमा माध्यमिक तहका सबै कक्षाका मुख्य विषय विज्ञान, गणित, अङ्ग्रेजी र नेपालीका पाठ सचित्र क्रमशः समावेश गरिएको छ । ती लिङ्कमा कक्षा ९ र १० का लाग ‘भर्चुअल क्लास अफ अल कम्पलसरी सब्जेक्ट्स, कक्षा ६ देखि ८ सम्मका लागि अङ्ग्रेजी, गणित र विज्ञानका सामग्री, ‘इ पाथ ः डिजिटल लर्निङ सामग्री, बालबालिकाका कथा र खेलहरु, ‘चिल्ड्रेन्स बुक’, ई पुस्तकालय ९निःशुल्क र खुल्ला डिजिटल पुस्तकालय० समावेश छन् ।

केन्द्रले विषम परिस्थितिका कारण विद्यालयहरु बन्द रहेको अवस्थामा बालबालिकाको पठनपाठन अवरुद्ध हुन नदिई बालबालिकाको सिकाइलाई निरन्तरता दिनका लागि मन्त्रालय मातहत विभिन्न निकायबाट निर्मित  वा अन्य स्रोतबाट उपलब्ध र ‘एजुकेसन क्लस्टर’द्वारा बालबालिकाको निमित्त उपयोगी ठानी सिफारिस गरिएका सामग्री उपलब्ध रहेको’ जानकारी दिएको हो । ‘एजुकेसन क्लस्टर’मा शिक्षामा काम गर्ने अन्तर्राष्ट्रिय दातृ निकायको पनि सहभागिता छ  ।

अप्ठेरो परिस्थितिमा पनि बालबालिकाको सिकाइलाई सहजीकरण गर्ने काममा विशेष गरी अभिभावकबाट र सम्बन्धित सबैबाट अग्रसरता प्रदर्शन गर्न पनि केन्द्रले अनुरोध गरेको छ । विभागका निर्देशक गेहनाथ गौतमले यस विषम स्थितिमा शिक्षक, अभिभावकलाई समेत उपयोगी हुने मनोरञ्जनसहित अनलाइन पोर्टल सामग्री निर्माणका लागि पनि कार्यदल गठन गरिएको जानकारी दिनुभयो । केन्द्रले २०७२ को विनासकारी भूकम्पपछिको अवस्थामा पनि विपद्बारे अध्ययन सामग्री र पोर्टल तयार गरेको थियो ।

निर्देशक गौतमले शिक्षकलाई जहाँ बसेर पनि अनलाइन र मोबाइलका माध्यमबाट आफ्ना विद्यार्थी हेरचाह गर्न सकिने भएकाले त्यसका लागि शिक्षकलाई आग्रह गर्नुभयो ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान ९सिजप० का अध्यक्ष नरेन्द्र डङ्गोलले सरकार र गैरसरकारी क्षेत्रबाट यस परिस्थितिमा शुरु गरिएका कदम सकारात्मक रहेको भन्दै विद्यालय जाँदा खास खास तालिका हुने तर घरमा बस्दा त्यस्तो समयतालिका नहुने हुँदा हामीले उनीहरुका लागि समयतालिका उनीहरुकै सहभागितामा बनाउनु जरुरी रहेको बताउनुभयो । “यसरी तालिका बनाउदा खेल्ने, खाने, पढ्ने, घरायसी काममा सहभागी तथा सहयोग, शारीरिक व्यायामको समय आदि समावेश गर्नुपर्छ ।” अध्यक्ष डङ्गोलले भन्नुभयो, “अहिलेको सामाजिक सञ्जालमा सङ्कटका बारेमा दिमागमा नकारात्मक असर पर्ने खालका सामग्री र मोबाइलमा उनीहरुलाई लत बसाउनुहुँदैन ।”

उहाँले बच्चा चकचके भयो भनेर उनीहरुलाई गाली नगरी उनीहरुसँग आफू पनि संलग्न भइदिँदा उसलाई हौसला मिल्ने भएकाले दिनभरि के के ग¥यो भनेर दैनिकी लेखाउँदा पनि उनीहरुमा सिर्जनशील विचारको विकास हुने जनाउनुभयो । सिजपले विद्यालय र बालबालिका शान्ति क्षेत्र भएकाले उनीहरुलाई घरैदेखि बालअधिकारको प्रयोग हुन सक्ने वातावरण सिर्जनाका लागि वकालत गर्दै आएको छ ।
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement