Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाभाइरसस् सन्तानब्बे वर्षीया महिला भइन् सङ्क्रमणमुक्त

  |      13:56:00   |  
कोरोनाभाइरसस् सन्तानब्बे वर्षीया महिला भइन् सङ्क्रमणमुक्त

चैत १३, काठमाडौँ । दक्षिण कोरियामा एक ९७ वर्षीया महिला कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएको समाचार संस्था योन्हाप न्यूजले जनाएको छ।

ती महिलाबारे थप जानकारी दिइएको छैन, तर यसलाई वृद्धवृद्धाको हकमा झन् घातक मानिएको कोरोनाभाइरसविरुद्धको सकारात्मक समाचार भनिएको छ।

उनी कोभिड(१९ रोगबाट निको हुने सबैभन्दा वृद्ध व्यक्ति बनेकी छन्।

यसअघि चीनले मार्चमा १०० वर्षीय पुरुष कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएको बताएको थियो।

चेतावनी
जापानको राजधानी टोक्योका अधिकारीहरूले शहरवासीहरूलाई सप्ताहान्तमा घरभित्रै बस्न आग्रह गर्दै त्यहाँ सङ्क्रमण ह्वात्तै बढ्न सक्ने चेतावनी दिएका छन्।

बुधवार ४१ नयाँ सङ्क्रमण पुष्टि भए पनि टोक्योमा अन्य ठूला शहरमा जस्तो प्रतिबन्धहरू लागेका छैनन्।

कोरोनाभाइरस फैलिएपछि दक्षिण कोरियामा कार्यरत नेपाली नागरिक पनि ुभयभीतु

दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या दोबर

तर गर्भनर युरिको कोइके भन्छिन्स् ूहामी सबैजनालाई कुनै पनि अवस्थामा अत्यावश्यक नभई यो साता घरबाहिर ननिस्कन अनुरोध गर्छौँ।ू
उनले सबैलाई घरैबाट काम गर्न र राति पनि ननिस्कन आग्रह गरिन्।

जापानमा १,२०० जनामा सङ्क्रमण देखिएको छ भने ४३ जनाको मृत्यु भइसकेको छ।

दक्षिण एशियामा के भइरहेको छरु
भारतमा बिहीवार २१ दिने लकडाउनको दोस्रो दिन हो। त्यहाँ ५५० जनाभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको र १० जनाको मृत्यु भइसकेको छ।

पाकिस्तान दक्षिण एशियाकै सबैभन्दा बढी सङ्क्रमण भएको देश हो। त्यहाँ १,००० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको छ जसमध्ये चार सय सिन्ध प्रान्तमा रहेको छ।

बाङ्ग्लादेशमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। सङ्क्रमितहरूको सङ्ख्या ३९ पुगेको छ। तर गत २४ घण्टामा त्यहाँ आन्तरिक उडान र सार्वजनिक यातायात बन्द गरेपछि नयाँ सङ्क्रमित भेटिएका छैनन्।

श्रीलङ्कामा बुधवार सङ्क्रमितको सङ्ख्या १०२ पुगेको छ र त्यहाँ अनिश्चितकालीन कर्फ्यु कायम छ।
बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement