Advertisement
Advertisement
Advertisement
Advertisement

विद्यार्थीले मिलेर बनाए सेनिटाइजर

  |      12:03:00   |  
विद्यार्थीले मिलेर बनाए सेनिटाइजर

►गोपालप्रसाद बराल 
चैत १२, महोत्तरी ।आफ्नै वस्तीको विद्यालयका विद्यार्थीले तयार गरेपछि महोत्तरीको वर्दिवास नगरपालिकामा सेनिटाइजर प्रयोगकत्र्ता बढ्दै गएका छन् ।  

कोरोना सन्त्रासबाट बच्न सरसफाइका लागि अति आवश्यकीय मानिएको सेनिटाइजर बजारमा नपाउँदा निरास भएका यहाँका सर्वसाधारणलाई अहिले आफ्नै नानीहरुको प्रयत्न उपयोगी बनेको हो । बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीले सेनिटाइजर बनाएर प्रयोगमा ल्याएका हुन् ।

विद्यालयका विज्ञान सङ्कायका कक्षा–१२ का विद्यार्थीले आफ्नै प्रयोगशालामा सम्बन्धित विज्ञ शिक्षकको प्रत्यक्ष नेतृत्वमा मापदण्डअनुसारको सेनिटाइजर बनाएर प्रयोगमा ल्याएका हुन् । विषय शिक्षक रसायनशास्त्री  गङ्गाप्रसाद  फुँयालको  नेतृत्वमा अम्बिका दाहाल, शिशिर भण्डारी, मञ्जिता बिष्ट र निलिफा रम्तेल सहभागी विद्यार्थी टोलीले सेनिटाइजर बनाउन सफलता पाएको हो ।

शिक्षक तथा रसायनशास्त्री फुँयाल र विद्यालयका  ल्याब इञ्चार्ज तथा विज्ञान शिक्षक अखलेश यादवले सेनिटाइजर बनाउन आफ्ना विद्यार्थीलाई सहजीकरण गर्नुभएको हो ।  विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार नै आफ्ना विद्यार्थीले सेनिटाइजर बनाएका रसायनशास्त्री पुयालको दाबी छ । 

सेनिटाइजर बनाउँदा ५७ दशमलव ४६ प्रतिशत इथानोल, दुई दशमलव ८७ प्रतिशत हाइड्रोजन पेरोक्साइड, एक प्रतिशत गिलसेरोल हुनुपर्ने मापदण्ड छ । त्यसैगरी इथानोल ९६ प्रतिशत, हाईड्रोजन पेरोक्साईड तीन प्रतिशत र  गिलसेरोल ९८ प्रतिशत गुणयुक्त रसायनिक पदार्थ हुनुपर्ने  मापदण्डअनुसार नै यी पदार्थको मिश्रणबाट आफ्ना विद्यार्थीले  सेनिटाइजर बनाएका फुँयाल र यादब बताउनुहुन्छ ।

विद्यार्थीले तयार गरेका सेनेटाइजरमा  छालालाई नरम, पोषणयुक्त बनाउन आफ्नै वरिपरि पाइने ओषधीय गुणयुक्त वनष्पति घ्यूकुमारीको झोल प्रयोग गरिएको छ । यसलाई इथानोलसँग निश्चित अनुपातमा मिश्रण गरिएको हुँदा स्तरीय सेनिटाइजर तयार भएको पुयालले बताउनुभयो । विद्यार्थीले तयार गरेका सेनिटाइजर अब नगर वस्तीका घरघरमा प्रयोग गर्न थालिएको छ । “बजारमा सेनिटाइजर नभएर अभाव खेप्नु परेका बेला हाम्रै नानीहरुले गुरुहरुको प्रत्यक्ष रेखदेखमा यो तयार गरेका छन्” विद्यालयका प्रधानाध्यापक दिपक बरालले भन्नुभयो, “विद्यालय बन्द भएपनि एकान्तवासमा सेनिटाइजर बनाउने काम प्रयोगशालामा जारी राखिने र स्थानीय मागअनुसार पूर्ति गरिने छ ।”

विद्यार्थीले तयार गरेका सेनिटाइजर बजारमा कसरी लैजाने भन्नेबारे औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढाकालसँग समन्वय गरिएको विद्यालय प्रशासनले जनाएको छ । यद्यपि रसायनशास्त्री शिक्षक फुँयाल र विज्ञान शिक्षक यादवको प्रत्यक्ष रेखदेखमा तयार गरिएको सेनिटाइजर नगरका वस्ती⁄वस्तीमा प्रयोगमा ल्याइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर खनालले विद्यालयले बनाएको सेनिटाइजर गाउँले र विद्यार्थीलाई वितरण गरेर कोरोना भाइरसबाट बचाउन सचेतनामूलक अभियानमा जुटिएको बताएका छन् । बजारमा नपाइरहेको अवस्थामा आफ्ना नानीहरुको मिहिनेतले राहत दिएको अहिले गौरीडाँडाका आम सर्वसाधारण बताउँछन् । विद्यार्थीले तयार पारेका सेनिटाइजर हिजो मङ्गलबार प्रयोगमा ल्याइएको हो ।

रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement