Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाभाइरसः के बालबालिकालाई अरूसँग खेल्न दिनुपर्छ

  |      11:25:00   |  
symbolic image
symbolic image

चैत ९,  काठमाडौँ । के बालबालिकाहरू घरबाहिर गएर साथीहरूसँग खेल्न हुन्छ? कि सामाजिक दूरीको अर्थ उनीहरूको खेल समयको अन्त्य हो?

यदि क्याथरीन विल्सनले पछाडि फर्केर कुनै कुरा परिवर्तन गर्न सक्थिन् भने उनले छिमेकीको घरमा खाना खाने निम्तो अस्वीकार गर्थिन्।

दुई साताअघि इटलीमा कोरोनाभाइरसको सङ्क्रमण फैलिइरहेको तर सरकारले घरभित्रै बस्न सुझाव नदिएको बेला रोममा बस्ने यी दुई बच्चाकी आमालाई छिमेकीको घरमा दुई अन्य परिवारसँग सानो जमघटको निमन्त्रणा आयो।

मैले र मेरा श्रीमान्‌ले सोच्यौँ हामी कसैको घरमा त हो नि, ठूलो भिडमा जान लागेको होइन,उनले बीबीसीलाई बताइन्।

त्यो बेला इटालेली नागरिकसँग विवाह गरेकी अमेरिकी नागरिक विल्सनका बालबालिकाको विद्यालय बिदा भएको थियो।

त्यो बेला लाग्यो यो त सानो बिदा जस्तो हो।

तर अहिले जब कोरोनाभाइरस फैलिरहेको छ। उनलाई लाग्छ उनले आफ्नो परिवारलाई त्यहाँ लग्नु उचित थिएन।

केही दिनपछि इटलीको सरकारले घरबाहिर निस्कन प्रतिबन्ध लगायो जसको अर्थ थियो पार्क वा खेलस्थलमा पनि जान पाइँदैन।

ूयो पूर्ण प्रतिबन्ध बरू ठीक छ। कुनै निर्णय गर्ने बेलामा बालबालिका र साथीहरूको चुनौतीका माझ के गर्ने के गर्ने भन्ने हुँदैन, उनले भनिन्।

अभिभावकलाई तनाव
विश्वभरि अभिभावकहरूलाई विल्सनलाई जस्तै तनाव छ।

नेपाल जस्तै धेरै देशहरूमा बालबालिकाहरूको बिदा छ र इटलीमा जस्तो सरकारले घरबाहिर निस्कनै प्रतिबन्ध लगाएको छैन। तर स्वास्थ्य अधिकारीहरूले सामाजिक दूरीका कायम राख्न भनिरहेका छन्।

साथीहरूसँग टेबलटेनिस खेल्न हुन्छ कि हुँदैनरु एकछिन चौरतिर जानु हुन्छ कि हुँदैनरु साथीको घरमा खेल्न जान हुन्छ कि हुँदैन?


विल्सन परिवार
जोन्स हप्किन्स ब्लूमबर्ग स्कूल अफ पब्लिक हेल्थका सरुवा रोग विशेषज्ञ डा। केरी अल्टहफका अनुसार सामाजिक दूरीको अर्थ वयस्क र बालबालिका सबैजना कम्तीमा छ फीटको दूरीमा रहनु हो।

यसको अर्थ बास्केटबल वा फुटबलजस्ता खेलहरू खेल्न हुँदैन।

टेबलटेनिस र लुकामारीजस्ता खेलहरूमा दूरी रहन सक्ने भए पनि बालबालिकाहरूलाई दूरी बनाइराख्न लगाउनु असम्भव नै हुन्छ।

खेलको बेला कसैले पनि दूरी राख्दैन, खेलस्थलमा दूरीको अर्थ हुँदैन, उनी भन्छिन्।

र, भाइरसहरू सतहमा केही दिन बाँच्ने प्रमाणहरू भएका कारण खेलसामग्रीजस्ता धेरै छोइरहने खालका सतहहरूबाट टाढा रहनु नै उचित हुन्छ।

बालबालिकामा कोरोनाभाइरसको सङ्क्रमणले कमै वा कुनै लक्षण नदेखाउने र धेरै असर नगर्ने भए पनि उनीहरूले भाइरस सार्न सक्छन्।त्यसको अर्थ बालबालिकाहरू स्वस्थ देखिए पनि उनीहरूले समुदायमा अन्यलाई भाइरस सार्न सक्छन्।

अभिभावकहरूले पनि आफ्नो ख्याल राख्नुपर्ने बेला हो, डा। केरी अल्टहफ भन्छिन्।

स्थानीय सरकारहरू सामाजिक दूरीको अर्थ बुझाउन सक्रिय हुनुपर्ने डा। क्याथरिन सेम्राउ भन्छिन्।

हामी अहिले जे गर्छौँ त्यसले अबको दुई(चार हप्तापछि हामी के गर्छौँ भन्ने कुरालाई असर गर्छू उनले भनिन्।

डा। सेम्राउका अनुसार सरकारले आवतजावतमै प्रतिबन्ध नलगाए पनि अहिलेको अवस्थामा मानिसहरूले सकेसम्म कम स्थानमा कम समयका लागि मात्रै निस्कनुपर्छ।

डा। अल्टहफले भने आगामी दिनहरूमा अझ धेरै प्रतिबन्ध लाग्न सक्ने आशङ्का गर्दै अभिभावकहरूले बालबालिकालाई कसरी सम्हाल्ने भन्ने योजना बनाउनु जरुरी छ।

उनीहरू दुवैजना सामाजिक दूरीको अर्थ असामाजिक हुनु नरहेको बताउँछन् र बाहिर निस्कन अथवा फोन र अनलाइनमार्फत्‌ साथीभाइ र परिवारजनसँग सम्बन्ध राखिरहनुपर्ने बताउँछन्।

सामाजिक दूरी राख्दै कसरी रमाउने?
खेलस्थलजस्ता स्थानमा नजानुहोस्, तर बाहिर निस्कनुहोस् र प्रकृतिमा आनन्द लिनुहोस्। हिँड्नुहोस् वा साइकल चलाउनुहोस्।

इन्टरनेटमा साथीहरू र परिवारका अन्य सदस्यहरूसँग सम्पर्क राखिरहनुहोस्।

बालबालिकालाई चित्रकलाजस्ता सिर्जनात्मक काम गर्न दिनुहोस्।


चित्रकलाजस्ता सिर्जनात्मक काममा बालबालिकालाई प्रोत्साहन गर्न विज्ञहरूले सुझाएका छन्
टोरन्टो विश्वविद्यालयकी एन्जेला पाइलका अनुसार बालबालिकालाई आफ्नो कल्पनाशीलता प्रयोग गरेर मनलाग्दो खेल्न दिनु महत्त्वपूर्ण हुन्छ।

बालबालिकाहरू कल्पना गरिएका अवस्था र ठाउँमा खेलिरहेका हुन्छन् र त्यस्तो खेलका लागि उनीहरूका साथीहरूसँग स्काइपजस्ता माध्यमबाट खेल्न सक्छन्।

सामाजिक दूरी बनाउन आग्रह गरिएको आफ्नो शहरमा सात वर्षीया छोरीसँग खेल्न पाइनले विभिन्न प्रयोग गरेकी छन्।

हामी घरमै खेल्छौँ, घुम्न बाहिर निस्कन्छौँ, साइकल चलाउँछौँ र अन्य त्यस्तै खेल खेल्छौँ जसका लागि खेलस्थलमा जानु पर्दैन र अरू मानिसहरूको सम्पर्कमा पनि आउनु पर्दैन।बीबीसी

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement