Advertisement
Advertisement
Advertisement
Advertisement

ग्याष्ट्रिकले धेरैलाई किन सताउँछ ?

  |      13:52:00   |  
वेब तस्विर
वेब तस्विर

पवित्रा सुनार

पुस २९, काठमाडौं । चिकित्सकका अनुसार ग्यास्ट्रिक मुख्यतः हाम्रो जीवनशैलीले निम्तिने समस्या हो । यसैकारण समयमै उपचार गरे ग्यास्ट्रिक निको पार्न सम्भव हुन्छ । सबैभन्दा राम्रो त ग्यास्ट्रिक लाग्न नदिनु नै हो । यसका लागि स्वच्छ र ताजा खाना खाने, सागसब्जी, फलफूल, भिटामिनयुक्त खानामा जोड दिने । कुनै जमघटमा होस् या खाना खाने बेलामा, खानाको प्रसंग चल्यो कि धेरै नेपाली ‘मलाई ग्यास्ट्रिक छ । यो खानु हुँदैन, त्यो खानु हुँदैन, यो बारेको छु, त्यो बारेको छु’ भनेर गुनासो गर्ने गरेको सुनिन्छ । जुनसुकै कारणले होस्, ग्यास्ट्रिक ग्यास्ट्राइटिस् हुनुमा धेरै जिम्मेवार हामी आफै हुने चिकित्सक बताउँछन् ।

 

के हो ग्यास्ट्रिक ?

हाम्रो आमाशयको माथिल्लो भाग झिल्लीले बनेको हुन्छ । आमाशयको भित्री भाग तथा डियुडे ९ठूलो आन्द्राको पहिलो भागमा सुन्निने अवस्था हो– ग्यास्ट्रिक । आमाशयमा हुने हाइड्रोलिक एसिड बढ्न गएमा या विभिन्न ढुसी तथा कार्सिजोनजन्य तत्वले सेलमा परिवर्तन आई हुने असरका कारण ग्यास्ट्रिक हुन्छ । ग्यास्ट्रिक दुई प्रकारका हुन्छन्।

१. एक्युड ग्यास्ट्रिक ९तत्कालै हुने र निको हुने० स्  विभिन्न अपच हुने खाना तथा दूषित खानाको कारणले तत्कालै हुन्छ । यस्तो ग्यास्ट्रिक सामान्य औषधि खाएमा दश दिनभित्रै निको पनि हुन्छ । कहिलेकाहीं औषधि विना नै सामान्य जीवनशैली अपनाउँदा पनि यस किसिमको ग्यास्ट्रिक निको हुन्छ ।

२. क्रोनिक ग्यास्ट्रिक ९लामो समयदेखि भएको ग्यास्ट्रिक० स् विभिन्न किटाणु र रसायनका कारण यस किसिमको ग्यास्ट्रिक हुन्छ । यो निको हुन समय लाग्छ । यसमा रोगको तह र कारणअनुसार फरक–फरक औषधि लामो समय सेवन गर्नु पर्छ ।

 

चिकित्सकका अनुसार नेपालमा ग्यास्ट्रिक हुनेको दर उच्च छ । वीर अस्पतालको ग्यास्ट्रो विभागका अनुसार वीरमा आउने कुल बिरामीको २० प्रतिशत मानिसमा ग्यास्ट्रिक भेटिने गरेको छ । ‘ग्यास्ट्रिक विभागबाहेक अन्य विभागमा उपचार गर्न आउनेमा पनि ग्यास्ट्रिक भइसकेको हुन्छ,’ ग्यास्ट्रो विभागका प्रमुख डा ।विद्यानिधि  पौडेलले भने ।   उनका अनुसार उपचार गर्न आएकामध्ये ५० प्रतिशतमा ग्यास्ट्रिक भेटिन्छ । विभागमा मासिक १ हजार जनामा ग्यास्ट्रिक प्रमाणित नै भएको हुन्छ । तीमध्ये धेरैजसो रोग छिप्पिसकेपछि आउने गरेको विभाग प्रमुख डा। पौडेल बताउँछन् । यो हिसाबले हेर्ने हो भने अन्य अस्पतालमा पनि यत्तिकै दरमा ग्यास्ट्रिकका बिरामी पुगेको हुन सक्ने चिकित्सकको अनुमान छ । नेपालभर ग्यास्ट्रिक बिरामीको संख्या कति छ भन्ने यकिन तथ्यांक भने छैन ।डा। पौडेलका अनुसार नेपालमा ग्यास्ट्रिक हुने प्रमुख कारणमध्ये एउटा कारण दूषित खाना देखिन्छ । दूषित खानामा हुने एचपाइलोरी ९हेलिकोपाइलोरी व्याक्टेरिया० किटाणुका कारणले ग्यास्ट्रिक हुन्छ ।

यो किटाणु दूषित खाना खाएको व्यक्तिबाट अर्को व्यक्तिमा सर्दा संक्रमण हुन्छ । यो किटाणु आमाशयको भित्री झिल्लीमा लुकेर बस्छ । पछि गएर ग्यास्ट्रिक बनाउँछ । यो किटाणुका कारण ग्यास्ट्रिक हुने व्यक्ति ९० प्रतिशत छन् । विश्वभर ५० प्रतिशत यो किटाण्ुको कारण हुने ग्याष्ट्रिक छ । नेपालमा भएको  एक अध्ययन अनुसार एचपाइलोरी परिक्षण भएका मध्ये ३० प्रतिशतमा प्रमाणित भएको तथ्यांक छ । यही कारण पछिल्लो समय विवाह गर्नुअघि एचआइभीजस्तै एचपाइलोरी व्याक्टेरियाको परीक्षण गर्ने चलन बढेको डा। पौडेल बताउँछन् । ‘एचपाइलोरी टेस्ट गरेन भने पछि सर्न सक्छ भन्ने डरले यो परीक्षण गर्न थालेका छन्,’ उनले भने ।नियमित भोजनभन्दा फरक खाना खाँदा, बढी तारेको, भुटेको, पोलेका, ढुसी परेका खाना, अजिनोमोटो, बढी रसायन भएका खानेकुरा खानाले पनि आमाशयको कोषमा अम्लीय पदार्थ उत्पन्न गराई ग्यास्ट्रिक हुन्छ । पौडेलको अनुसार नेपालमा ठीक समयमा खाना नखाने प्रवृत्तिले पनि ग्यास्ट्रिकको समस्यालाई बढावा दिएको छ । त्यसैगरी अन्य रोगको बहानामा खाइने पेनकिलरजन्य औषधि, एन्टिबायोटिकजस्ता औषधिको बढी प्रयोगले पनि ग्यास्ट्रिक हुन्छ । पेटमा सुषुप्त अवस्थामा एचपाइलोरी किटाणु लुकेर बसेको अवस्थामा यी औषधिीहरू खाएमा उल्टै अम्लीय तत्वको मात्रा बढेर ग्यास्ट्रिक हुन्छ। जुसुकुनै कारणले ग्यास्ट्रिक भएको छ भने पनि पहिला त्यसको कारण पत्ता लगाई समयमै उचित उपचार गर्नुपर्ने चिकित्सकको सुझाव छ । समयमै यसको उपचार नभएमा पत्र हुँदै आमाशयमा घाउ हुन पुग्छ । यो घाउ पनि लामो समय रहिरह्यो भने क्यान्सरको रूप लिन्छ ।

नेपालमा ग्यास्ट्रिकका कारण क्यान्सर हुनेहरूको संख्या पहिलाको तुलनामा कम हुँदै गएको चिकित्सक बताउँछन् । उपचारमा जाने चलन बढेकाले पहिलाको तुलनामा पेटको क्यान्सर भएर शल्यक्रिया गर्नुपर्ने बिरामी कम हुन थालेको  डा। पौडेलको अनुभव छ । तर ग्यास्ट्रिक हुनेको संख्या भने घटेको छैन । दूषित तथा रासायनिक खाना र फास्टफुडले ग्यास्ट्रिक निम्त्याउन मद्दत पुर्याइरहेका छन् । त्यसभन्दा पनि बढी समयमा सन्तुलित भोजन नगर्नाले ग्यास्ट्रिक हुने समस्या घट्न नसकेको चिकित्सक बताउँछन् ।सबै खालका ग्यास्ट्रिकले सामान्यतया उस्तै लक्षण देखाउँछन् । तर ग्यास्ट्रिकका कारण भने फरक हुन्छन् । कुनै ग्यास्ट्रिकले तुरुन्तै लक्षण देखाउँदैनन् । बरू इन्डोस्कोपी गरेर नमुना जाँच गर्न पठाउँदा ग्यास्ट्रिक भए नभएको पत्ता लाग्छ । वाकवाकी लाग्ने, कहिलेकाहिं पखाला लाग्ने, खान मन नलाग्ने, पेट फुल्ने, डकार आउने, अपच हुनेजस्ता ग्यास्ट्रिकका लक्षण हुन् । यी लक्षण देखिनेबित्तिकै उपचार गरेमा ग्यास्ट्रिकले अल्सर तथा क्यान्सरको रूप लिन पाउँदैन । इन्डोस्कोपी गरेर ग्यास्ट्रिकको अवस्था पत्ता लगाउन सकिन्छ भने  कतिपयको श्वासको जाँच ९बे्रथ युरिएच टेस्ट०, दिसा वा रगत जाँच गरेर पनि एचपाइलोरी किटाणु भए नभएको पत्ता लगाउन सकिन्छ । यी मध्ये सबैभन्दा भरपर्दो र कम खर्चिलो जाँच इन्डोस्कोपी भएको डा। पौडेल बताउँछन् । इन्डोस्कोपी परीक्षणले एकै पटकमा ग्यास्ट्रिकको अवस्था, कारण, पेटमा क्यान्सर, माल्टोमा, एडिनोकार्सिनोमा भए नभएको पत्ता  लगाउन सकिने उनको भनाइ छ ।

 

नेपालमा यो परीक्षण धेरैजसो अस्पतलामा उपलब्ध छन् । वीर अस्पतालमा रगत परीक्षण, इन्डोस्कोपी, दिसा जाँचको सेवा उपलब्ध छन् । युरिएच टेस्ट महँगो पर्ने र यसको विकल्पमा कम खर्चमा इन्डोस्कोपीबाटै पूरै रोग पत्ता लाग्ने भएकाले नराखिएको वीर अस्पतालको ग्यास्ट्रो विभागले  जनाएको छ । त्यसबाहेक आन्द्राको भित्री भागमा हु्ने अल्सर पत्ता लगाउने उपकरण इन्टरस्कोपी९आन्द्रामा पठाएर घाउ हेर्ने उपकरण वीर अस्पतालमै छ ।  ग्यास्ट्रिकको आधुनिक सबैजसो उपचार नेपालमै हुने भएकाले यसको उपचारका लागि बिदेसिनु नपर्ने चिकित्सक बताउँछन् । ‘पछिल्लो भन्दा पछिल्लो प्रविधि वीर अस्पतालमै उपलब्ध छ र जनशक्ति पनि,’

डा.पौडेलले भने चिकित्सकका अनुसार ग्यास्ट्रिक मुख्यतः हाम्रो जीवनशैलीले निम्तिने समस्या हो । यसैकारण समयमै उपचार गरे ग्यास्ट्रिक निको पार्न सम्भव हुन्छ । सबैभन्दा राम्रो त ग्यास्ट्रिक लाग्न नदिनु नै हो । यसका लागि स्वच्छ र ताजा खाना खाने, सागसब्जी, फलफूल, भिटामिनयुक्त खानामा जोड दिने । अर्थात् सन्तुलित भोजन गर्ने, नियमित भोजन गर्ने, धूमपान, मद्यपान नगर्ने,  ठीक समयमा खाना खाने, अनिँदो, भोको नबस्ने, शुद्ध पानी पिउने, पेनकिलरका कुनै पनि औषधि सकेसम्म प्रयोग नगर्ने, बेला–बेलामा एचपाइलोरी परीक्षण गर्ने, खाना खानेबित्तिकै नसुत्ने, नून कम खानेजस्ता जीनवनशैली अपनाएर ग्यास्ट्रिकबाट बच्न सकिने चिकित्सक बताउँछन् ।

 

यस्ता छन् ग्यास्ट्रिकबाट बच्ने थप उपाय:

– सन्तुलित भोजन खाने
– ठीक समयमा खाने
– कम्तीमा दिनको चारपटक खाने
– बढी नून, अजिनोमोटो भएको, पोलेको खानेकुरा नखाने
– बासी, ढुसी परेका खानेकुरा नखाने
– खाना खानेबित्तिकै नसुत्ने
– रक्सी, चुरोट नखाने
– खानामा हरियो सागसब्जी र फलफूललाई प्रशस्त मात्रामा समावेश गर्ने   

  नारी खबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement