साउन १०, काठमाडौं । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गरिएको ‘श्रावण मेला २०८३’ भव्य रूपमा सुरु भएको छ । मेलाको पहिलो दिनमै ५ हजारभन्दा बढी दर्शकको उपस्थिति देखिएको आयोजकले जनाएका छन् ।
मेलाको औपचारिक उद्घाटन प्रमुख अतिथि जेनिशा मोक्तानले गरेकी थिइन । कार्यक्रम सञ्चालन खुुस्बु प्रधानले गरेकी थिइन , जसले दिनभर उत्साहपूर्ण वातावरण कायम रह्यो ।
क्लासिक्स प्रोजेक्ट्सको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको मेलामा मेहेन्दी मेला, भजन–संगीत कार्यक्रम तथा श्रावण बजार मुख्य आकर्षणका रूपमा रहेका थियो ।
श्रावण महिनाको सांस्कृतिक महत्त्व झल्काउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा विशेषगरी महिलाहरूको उल्लेख्य सहभागिता देखिएको छ । हरियो र रातो पहिरनमा सजिएका युवती तथा महिलाहरूले मेलाको रौनक थपेका छन् ।
सांगीतिक प्रस्तुतिहरूले पनि मेलालाई थप जीव्त बनाएका थिए। ‘द बेसमेन्ट’ ब्याण्डको लाइभ संगीत र ‘दि अडाप्टर्स नेपाल’को भजन कार्यक्रमले दर्शकलाई मनोरञ्जन दिएको थियो। साथै, खेल, उपहार वितरण र खुला नृत्यस्थलले पनि मेलाको माहोल झन् उत्साहपूर्ण बनाएको थियो।